कर्णालीमा नौ वर्षमा एक सय ७२ सुत्केरीको मृत्यु
२५ चैत्र २०८२
•
४ मिनेट पाठ
कर्णालीमा नौ वर्षमा एक सय ७२ सुत्केरीको मृत्यु
जुम्लाको तिला गाउँपालिका - ३ की १८ वर्षीया अस्मिता नेपाली सुत्केरी सेवाका लागि गत फागुन २५ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगिन्। बेथा लागेको लामो समयपछि अस्पताल पुर्‍याउँदा उनको स्वास्थ्य अवस्था नाजुक भइसकेको थियो । अस्मिता शिशुलाई जन्म त दिइन् तर आफ्नो ज्यान गुमाउन बाध्य भइन्।




स्वास्थ्य थप जटिल बनेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई प्रदेश अस्पताल सुर्खेतसम्म पुर्‍याए पनि प्रदेश अस्पतालले उनलाई मृत घोषणा गर्‍यो। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डाक्टर कमल थानीले धेरै प्रयास गरे पनि अस्मितालाई बचाउन नसकिएको बताए। ‘मिर्गौला र फोक्सोमा समस्या थियो’, उनले भने, ‘तीन दिनसम्म आइसियुमा राखेर उपचार गरिएको थियो।’

यस्तै एक वर्षअघि जुम्लाको तातोपानी– १ राकागाउँकी ३० वर्षीया मुगा शाहीको अस्पताल पु¥याउनेबित्तिकै मृत्यु भयो। नवजात शिशुसमेत बचेन । उनलाई बेथा लागेपछि घरमै सुत्केरी गराउन खोजिएको थियो । एक्कासि बेहोस भएपछि अस्पताल पुर्‍याएर आइसियुमा राखेर उपचार गरिए पनि ज्यान बचेन। चिकित्सकका अनुसार भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि केही सिप लागेन । शिशुको त बाटोमै मृत्यु भइसकेको थियो । जिल्लामा सुत्केरी बेथा लाग्नेबित्तिकै प्रसूतिका लागि अस्पताल लैजाने चलन छैन। झन् धामीझाँक्रीको भर पर्दा स्वास्थ्य अवस्था जटिल बन्ने गरेको छ। ‘गर्भवतीलाई ढिलो गरी अस्पताल पुर्‍याउँदा आमा र बच्चा जोखिममा पर्ने गरेका छन्’, चिकित्सकहरू भन्छन्।

आमा र बच्चालाई सेक्न बालिएको आगोका कारण धुवाँमा निसास्सिएर गत वर्ष साउनमा जुम्लाको पातारासी– ६ बाता गाउँकी २२ वर्षीया मायालक्ष्मी महाताराले ज्यान गुमाइन्। उनी ११औं दिनकी सुत्केरी थिइन् । कोइलाको धुवाँमा निसास्सिएकी उनको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो। भौगोलिक विकटता, परम्परागत सोच र प्रभावकारी प्रसूति सेवा नहुँदा बर्सेनि जिल्लाका गर्भवती र सुत्केरीले ज्यान गुमाइरहेका छन्। अहिले पनि धेरैजसो घरमै सुत्केरी हुने गरेका छन्।

बर्थिङ सेन्टर नजिकै रहेका बस्तीमा पनि सेवा प्रभावकारी छैन। केही बर्थिङ सेन्टर टाढा भएकाले भूतप्रेत लाग्ने भन्दै सुत्केरी गराउन स्वास्थ्य संस्थामा नलैजाने चलन छ। जुम्लाका दुर्गम क्षेत्रमा गर्भवती महिला भगवान् भरोसामा बाँचिरहेको स्थानीय बताउँछन् । ‘दुर्गममा न स्वास्थ्य संस्था नजिक छन्, न स्वास्थ्यकर्मी नै बेलैमा भेटिन्छन्’, एक स्थानीय भन्छन्, ‘बेलैमा स्वास्थ्यकर्मी भेटिएनन् भने औषधि अभावले समस्या हुन्छ ।’ गाउँका आधा दर्जनभन्दा बढी गर्भवतीलाई बर्थिङ सेन्टर लैजाने क्रममा बाटोमै सुत्केरी भएका उदाहरण छन्।

यता कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो नौ वर्षमा १ सय ७२ सुत्केरीको मृत्यु भइसकेको छ। आर्थिक वर्ष २०७०/७१ मा ३३ सुत्केरीको मृत्यु भएको थियो भने तीन वर्षअघि १७ जनाले ज्यान गुमाएका थिए। गत आर्थिक वर्षमा १४ र चालु आर्थिक वर्षमा नौजनाको मृत्यु भएको तथ्यांक छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको अध्ययनअनुसार २३.६ प्रतिशत परिवार मात्र आधा घन्टामा स्वास्थ्य संस्था पुग्न सक्छन्। अर्थात् झन्डै तीन–चौथाइ परिवारका लागि स्वास्थ्य सेवा अझै पहुँचबाहिर छ । कर्णालीमा ३ लाख ७१ हजार १ सय २५ घरपरिवार छन् भने १६ लाख ९४ हजार ८ सय ८९ जनसंख्याका लागि १ सय ८४ चिकित्सकको दरबन्दी छ । प्रदेशभर ३ सय ५९ बर्थिङ सेन्टर छन्, तर दक्ष जनशक्ति, उपकरण र नियमित सेवा अभाव छ।

आर्थिक वर्ष २०७४/७५ अघिसम्म संघीय स्वास्थ्य मन्त्रालयमार्फत जोखिममा परेका गर्भवतीका लागि ‘एयर लिफ्टिङ’ सेवा सञ्चालनमा थियो। पछिल्लो तीन वर्षमा एक सय ५८ जनाको उद्धार गरिएको तथ्यांक छ। नवजात शिशुको मृत्युदर पनि चिन्ताजनक छ। पछिल्ला ४ वर्षमा ७ सय ७७ नवजात शिशुको मृत्यु भएको छ। गत आर्थिक वर्षमा मात्र १ सय ९९ शिशुको मृत्यु भयो । कर्णाली प्रदेश योजना आयोगको प्रथम पञ्चवर्षीय योजनाअनुसार नवजात शिशु मृत्युदर प्रतिहजार २९ छ; जुन राष्ट्रिय औसतभन्दा उच्च हो । स्वास्थ्य बिमामा २९ प्रतिशत नागरिक मात्र सहभागी छन् । स्वास्थ्य सेवातर्फ ९ सय ८ दरबन्दीमध्ये ४ सय ६३ जना मात्र कार्यरत छन्। १ सय ८४ चिकित्सकको दरबन्दी भए पनि करारबाहेक ३२ दरबन्दी मात्र पूर्ति भएका छन्। चिकित्सक टिकाउन ७५ देखि १ सय ५ प्रतिशतसम्म भत्ता व्यवस्था गरिएको छ।

प्रदेशमा १२ सरकारी अस्पताल र १३ प्राथमिक स्वास्थ्य केन्द्र छन्। प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहेक अन्य अस्पतालमा नियमित चिकित्सक पाउन कठिन छ। ७९ स्थानीय तहमध्ये ३१ तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन्। २५ नगरपालिका, ५४ गाउँपालिका र ७ सय १८ वडा रहेको प्रदेशका १ सय १७ वडामा स्वास्थ्यचौकी छैन। जुम्लामा नयाँ आधारभूत स्वास्थ्य केन्द्र स्थापना भए पनि दरबन्दी पूर्ति हुन सकेको छैन।
अर्को समाचार
कर्णालीमा सुत्केरीले सास्ती पाउने कहिलेसम्म ?
११ फागुन २०८२
•
५ मिनेट पाठ
कर्णालीमा सुत्केरीले सास्ती पाउने कहिलेसम्म ?
हरेक निर्वाचनमा अधिकांश राजनीतिक दलले कर्णाली प्रदेशका समस्यालाई घोषणापत्र र चुनावी अभियानमा उठाए पनि दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था सुधार हुन सकेको छैन। कागजमा प्राथमिकतामा परे पनि व्यवहारमा कर्णाली अझै राज्यको पहुँचबाट टाढा देखिन्छ। भौगोलिक विकटताका कारण समयमै औषधि पुग्दैन, दरबन्दीअनुसार जनशक्ति उपलब्ध छैन। प्रभावकारी स्वास्थ्य सेवा नपाउँदा यहाँ उपचारभन्दा भाग्यमाथि निर्भर रहनुपर्ने अवस्था छ-बाँच्ने कि नबाँच्ने भन्ने दोधारमै जीवन अडिएको छ।




जुम्लाको तिला गाउँपालिका–९ माथिल्लो खोप्रीकी २७ वर्षीया रमिता थापालाई दुई साताअघि सुत्केरी व्यथा लाग्यो। आफन्तले स्ट्रेचरमा बोकेर बर्थिङ सेन्टर रहेको राँसा स्वास्थ्यचौकीतर्फ लगे। बाटोमा झन्डै दुई फिट हिउँ जमेको चायापाटन क्षेत्रमा पुग्दा नै सुत्केरी भइन्। शिशुको नाभी ढुंगाले काटियो। यो घटना अपवाद होइन, कर्णालीको यथार्थ हो।

गत असोज १६ गते जुम्लाको सिंजा गाउँपालिका–६ जोडुगाउँमा पनि यस्तै घटना भयो। २३ वर्षीया अमला बुढा (शाही) जंगलमै बेहोस भइन्। एक महिनाअघि खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो सन्तान जन्माएकी उनी नवजात शिशुसहित घर फर्किँदै थिइन्। खलंगाबाट जोडुगाउँ पुग्न ५–६ घन्टाको पैदल यात्रा गर्नुपर्छ। उकालो–ओरालो, घना जंगल र चट्टानी बाटो पार गर्ने क्रममा अचानक अत्यधिक रक्तस्राव, पेट दुख्ने, आँखा धमिलो हुने र शरीर काम्ने समस्या देखियो।

संयोगवश बाटो हुँदै गइरहेका पत्रकार गोल्डेन बुढा, विवेन्द्र नेपाली र स्थानीयले सहयोग गरे। पानी छम्केर होसमा ल्याइयो, विवेन्द्रले अमलालाई पिठ्युँमा बोके, गोल्डेनले शिशु बोके। केही समय ढिला भएको भए अवस्था जटिल हुन सक्थ्यो। जंगल पार गरेपछि स्ट्रेचरको सहायताले अमलालाई आफन्तको घर पुर्‍याइयो। सडक पहुँच नहुँदा सुत्केरी महिला र नवजात शिशुले ज्यानको जोखिम मोल्नुपरेको परिवारले बताएको छ।

यी प्रतिनिधि घटना मात्र हुन्। जुम्लाका धेरै बस्ती अझै सडक सञ्जालबाट टाढा छन्। एम्बुलेन्स पुग्दैन, स्वास्थ्य संस्था दूरीमा छन्, गर्भवती महिलाले समयमै सेवा पाउँदैनन्। संविधानले सुनिश्चित गरेको सुरक्षित मातृत्वको अधिकार हिउँ र जंगलमै अल्झिएको जस्तो देखिन्छ। आधारभूत पूर्वाधार अभावले सुत्केरी, बिरामी, वृद्धवृद्धा र बालबालिका जीवन–मृत्युको सीमामा छन्।

तीन महिनाअघि मुगुमा छायानाथ रारा नगरपालिका, मुगमकार्मारोङ र खत्याड गाउँपालिकामा मौसमी लु फैलिएर झन्डै चार सय जना बिरामी भए। स्थानीय स्वास्थ्य केन्द्रमा जनशक्ति अभाव हुँदा जिल्ला अस्पताल र प्रदेश स्वास्थ्य निर्देशनालयबाट खटिएको चिकित्सक टोलीले मात्र प्रकोप नियन्त्रणमा ल्यायो। समयमै टोली नपुगेको भए क्षति कति हुन्थ्यो भन्ने प्रश्न उठ्छ।

कर्णालीमा समयमै उपचार नपाएर पछिल्ला ९ वर्षमा १ सय ७२ सुत्केरीको मृत्यु भएको छ। स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७०/७१ मा ३३ सुत्केरीको मृत्यु भयो। तीन वर्षअघि १७ जनाले ज्यान गुमाए। गत आर्थिक वर्षमा १४ र चालु आर्थिक वर्षमा ९ जनाको मृत्यु भएको तथ्यांक छ। संख्या घटे पनि एक जनाको मृत्यु पनि गम्भीर चिन्ताको विषय हो।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको अध्ययनअनुसार २३ दशमलव ६ प्रतिशत परिवार मात्र आधा घन्टामा स्वास्थ्य संस्था पुग्न सक्छन्। अर्थात् झन्डै तीन चौथाइ परिवारका लागि स्वास्थ्य सेवा अझै पहुँचबाहिर छ।

कर्णालीमा ३ लाख ७१ हजार १ सय २५ घरपरिवार छन्। १६ लाख ९४ हजार ८ सय ८९ जनसंख्याका लागि १ सय ८४ चिकित्सकको दरबन्दी छ। प्रदेशभर ३ सय ५९ बर्थिङ सेन्टर छन्, तर दक्ष जनशक्ति, उपकरण र नियमित सेवा अभाव छ।

आर्थिक वर्ष २०७४/७५ अघिसम्म संघीय स्वास्थ्य मन्त्रालयमार्फत जोखिममा परेका गर्भवतीका लागि ‘एयर लिफ्टिङ’ सेवा सञ्चालनमा थियो। पछिल्ला तीन वर्षमा १ सय ५८ जनाको उद्धार गरिएको तथ्यांक छ।

नवजात शिशु मृत्युदर पनि चिन्ताजनक छ। पछिल्ला ४ वर्षमा ७ सय ७७ नवजात शिशुको मृत्यु भएको छ। गत आर्थिक वर्षमा मात्र १ सय ९९ शिशुको मृत्यु भयो। कर्णाली प्रदेश योजना आयोगको प्रथम पञ्चवर्षीय योजनाअनुसार नवजात शिशु मृत्युदर प्रतिहजार २९ छ, जुन राष्ट्रिय औसतभन्दा उच्च हो।

स्वास्थ्य बीमामा २९ प्रतिशत नागरिक मात्र सहभागी छन्। स्वास्थ्य सेवातर्फ ९ सय ८ दरबन्दीमध्ये ४ सय ६३ जना मात्र कार्यरत छन्। १ सय ८४ चिकित्सकको दरबन्दी भए पनि करारबाहेक ३२ दरबन्दी मात्र पूर्ति भएका छन्। चिकित्सक टिकाउन ७५ देखि १ सय ५ प्रतिशतसम्म भत्ता व्यवस्था गरिएको छ।

प्रदेशमा १२ सरकारी अस्पताल र १३ प्राथमिक स्वास्थ्य केन्द्र छन्। प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेक अन्य अस्पतालमा नियमित चिकित्सक पाउन कठिन छ। ७९ स्थानीय तहमध्ये ३१ तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन्। २५ नगरपालिका, ५४ गाउँपालिका र ७ सय १८ वडा रहेको प्रदेशका १ सय १७ वडामा स्वास्थ्यचौकी छैन।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ लेपर गाउँका स्थानीयका अनुसार कतिपय स्थानमा स्वास्थ्य केन्द्र नै छैन, भएका ठाउँमा पनि भौगोलिक विकटता बाधक छ। आवतजावतकै क्रममा सुत्केरी हुनुपर्ने अवस्था छ।

पातारासी गाउँपालिका, जुम्लाका स्वास्थ्य शाखा प्रमुख रतन बुढाथापाका अनुसार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको देखिए पनि व्यवहारमा पर्याप्त सेवा उपलब्ध छैन। जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माका अनुसार नयाँ आधारभूत स्वास्थ्य केन्द्र स्थापना भए पनि दरबन्दी पूर्ति हुन सकेको छैन।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ प्रमुख सविता खड्काका अनुसार गर्भावस्थामा आवश्यक औषधि नियमित नखाने, महिलाले स्वास्थ्यसम्बन्धी निर्णय आफैँ गर्न नसक्ने र स्वास्थ्य संस्थामा जान परिवारको निर्णय कुर्नुपर्ने अवस्था पनि जोखिमको कारण हो। प्रतिष्ठानका अस्पताल निर्देशक डा. कमल थानीले भौगोलिक विकटताले बिरामीलाई समयमै स्वास्थ्य संस्थामा पुर्‍याउन कठिनाइ हुने बताएका छन्।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस