नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत
१७ असार २०८२
•
२ मिनेट पाठ
नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत
तस्बिर: दीपक केसी/यूएनडीपी।
समुदायलाई हिमताल विस्फोटनबाट हुने बाढीबाट बचाउन नेपालले हरित जलवायु कोष (जिसिएफ) बाट झन्डै ५ अर्ब रुपैयाँ (३ करोड ६२ लाख अमेरिकी डलर) बराबरको अनुदान प्राप्त गर्ने भएको छ।  




पपुआ न्यू गिनीमा जारी कोषको ४२औं बोर्ड बैठकले यो सहयोग अनुमोदन गरेको हो। यो सहयोग जिसिएफले मान्यता दिएको निकाय (एक्रीडेटेड इन्टिटी) यूएनडिपीमार्फत नेपाललाई उपलब्ध भएको हो। कोषको ५ अर्ब रुपैयाँ सहयोग र थप झन्डै २ अर्ब रुपैयाँ (१ करोड ४० लाख अमेरिकी डलर) बराबरको अन्य निकायको सह-लगानीसहित  यो परियोजना झन्डै ७ अर्ब रुपैयाँ बराबरको हुनेछ।

नेपाल सरकार, यूएनडिपी र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले यो परियोजनमा सहलगानी गर्नेछन् । यसबाहेक परियोजनाले समेटेका स्थानीय सरकारसहित अन्य सम्बद्ध विभाग, निकाय तथा मन्त्रालयले पनि परियोजनमा थप समान्तरीय लगानी (प्यारलल फाइन्यान्सिङ) गर्ने जिसिएफले जनाएको छ।  

परियोजनाअन्तर्गत हिमताल विस्फोटबाट हुने भौतिक क्षति रोक्न, सर्वसाधारणको जीवनयापनलाई सुरक्षित गर्न, जलवायुजन्य परिवर्तनबाट आउने बाढीबाट तल्लो नदी तटका समुदायलाई सुरक्षित राख्ने कार्यहरू सञ्चालन हुनेछन्। संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई हिमनदी संरक्षणका लागि अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउँदै गर्दा नेपालले यो अत्यन्त महत्त्वपूर्ण परियोजना हात पारेको छ।  

तस्बिर: यूएनडीपी फाइल।
यूएनडिपीसँगको साझेदारीमा जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा यो ७ वर्षे परियोजना सञ्चालन हुने यूनडीपी नेपालले जनाएको छ। यो परियोजनाले जोखिममा रहेका कोशी र गण्डकी जलाधार क्षेत्र (बेसिन) का २३ लाख सर्वसाधारणलाई सुरक्षित राख्न सहयोग गर्नेछ। नेपालको इम्जा हिमताललाई यसअघि विस्फोटनका जोखिमबाट बचाउन सम्भव भएको सफल अभ्यासलाई आधार मानेर यो परियोजनाको परिकल्पना गरिएको छ। विस्फोटको संघारमा रहेको इम्जा तालको पानीको सतहलाई नियन्त्रित निकासमार्फत  ३.४ मिटरले  घटाइएको थियो र हिमाली क्षेत्रको सबैभन्दा जोखिमपूर्ण स्थलमा रहेको आसन्न विपति टारिएको थियो।  

परियोजनाअन्तर्गत चारवटा उच्च जोखिमयुक्त हिमतालहरूको पानीको सतह घटाउने र पूर्वचेतावनी प्रणाली विस्तार गर्ने कार्य गरिनेछ। यसैगरी प्रकृतिमा आधारित समाधानअन्तर्गत १५० हेक्टरभन्दा बढी क्षेत्रमा रुखहरू रोपेर नदी किनारहरू सुदृढ गरिनेछ भने विपद् तयारी र जलवायु अनुकूलन क्षमता बढाउने कार्यक्रम पनि सञ्चालन गरिनेछ।  

हिमालय तात्दै गर्दा सिर्जना भएको संकट सम्बोधन गर्ने दिशामा यो ‘तत्कालको आवश्यकता र दूरदर्शी कार्य’ दुबै रहेको यूएनडिपी नेपालले जनाएको छ।  

‘नेपाल सरकारको नेतृत्वमा र विश्वव्यापी ऐक्यबद्धताद्वारा निर्देशित भएर यो विज्ञानमा आधारित परियोजना सञ्चालन हुनेछ,’ यूएनडीपी नेपालले आफ्नो फेकबूक पेजमा मङ्गलबार भनेको छ।  

झन्डै १ अर्ब ३० करोड अमेरिकी डलर रकम बराबरका कूल १९ परियोजनाहरू स्वीकृतिका लागि पपुआ न्यू गिनीमा जारी बैठकमा प्रस्ताव गरिएको छ। सोमबारदेखि सुरु भएको हरित जलवायु कोषको उक्त बोर्ड बैठक बिहीबारसम्म चल्नेछ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
यो पनि पढौँ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस