काठमाडौं जिल्ला अदालत परिसरबाटै एक जना थुनुवा हतकडीसहित फरार भएका छन्।
चोरीको अभियोगमा पक्राउ परेका पश्चिम रुकुमका २१ वर्षीय दशरथ शाही (उर्फ निराजनजंग ठकुरी) आइतबार बयानका लागि अदालत लगिएको बेला भागेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, शाहीलाई चोरीको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेले गत जेठ ३० गते पक्राउ गरिएको थियो।
अनुसन्धान पूरा भएपछि आइतबार बयानका लागि अदालतमा पेस गरिएको थियो। प्रहरीका अनुसार शौचालय जान्छु भनी हिँडेका उनी त्यहिँबाट फरार भएका हुन्।