चितवनको इच्छाकामना गाउँपालिका–१, कोलभञ्ज्याङका ६० वर्षीय जितबहादुर प्रजापति र ३२ वर्षीय निमबहादुर चेपाङ यतिबेला जुम्लाको सदरमुकाम खलङ्गामा दार (गिठी) को काठबाट बनेका ठेकी बेच्न व्यस्त छन्। आम्दानीको स्रोत जुटाउन उनीहरू मुग्लिनबाट ५ हजार रुपैयाँ भाडा तिरेर जुम्ला आइपुगेका हुन्।
बिहानदेखि बेलुकासम्म ठेकी बेच्दै हिँड्ने उनीहरूको दैनिकी हो। ‘आम्दानीको अरु स्रोत छैन, यही ठेकी बेचेर घर खर्च र बालबालिकाको पढाइ, पोसाक जुटाउनुपर्छ,’ जितबहादुरकी ५५ वर्षीया श्रीमती गोरीमाया चेपाङले भन्छिन्।
उनीहरूले जुम्लाका विभिन्न चोकमा ठेकी बेच्दै आएका छन्। सहरभन्दा गाउँका, विशेषगरी गाईभैँसी पाल्ने घरपरिवारमा ठेकीको माग बढी रहेको उनीहरूको अनुभव छ।
जितबहादुरले तीन दिनमा ३० हजार रुपैयाँ बराबरको र निमबहादुरले २५ हजार रुपैयाँ बराबरको ठेकी बिक्री गरिसकेका छन्।
‘आधा मानेदेखि पाँच माने सम्मका ठेकी छन्, साइजअनुसार ५ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म मूल्य पर्छ,’ निमबहादुरले सुनाए।
बाउबाजेले गर्दै आएको पेसालाई निरन्तरता दिएको बताउँदै उनले विदेश (दुबई) मा तीन वर्ष बस्दा पनि पार नलागेपछि यही पेसाले राम्रो भइरहेको सुनाए। उनीहरूले दैनिक ५ वटासम्म ठेकी बनाउन सक्छन् र बिक्रीका लागि स्याङ्जा, पर्वत, बागलुङजस्ता जिल्लाहरूमा पनि पुग्ने गरेका छन्।
आधुनिकताले हरायो ठेकीको चलन
एकातर्फ चितवनका चेपाङ समुदाय ठेकी बेच्न जुम्ला पुगेका छन् भने अर्कोतर्फ जुम्लामै भने दही जमाउन र मोही पार्न काठको ठेकीको प्रयोग घट्दै गएको छ। चन्दननाथ नगरपालिका–४ का जगदीश चौलागाईका अनुसार, अहिले सिल्भरका भाँडाको प्रयोग बढ्दो छ।
‘हाम्रो पालामा एउटै परिवारले ५/१० वटा गाई, भैँसी पाल्थे, दूध, दही ठेकीमै राख्ने चलन थियो,’ उनले पुराना दिन सम्झिँदै भने, ‘अहिले गाईभैँसी पनि पाल्दैनन्। बुढापाकाले सिल्भरको भाँडोमा खाँदा रोग लाग्छ भन्थे, तर अहिले त्यही बढी प्रयोग हुन्छ।’
उनले काठको भाँडाको दूध, तामाको भाँडाको पानी र फलामको ताप्केमा तताएको दूध खानु स्वास्थ्यका लागि राम्रो मानिने पुरानो मान्यता हराउँदै गएकोमा चिन्ता व्यक्त गरे।