चिनियाँ जासूसी सेवाका संस्थाहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)माथि ठूलो लगानी गर्न थालेका छन्। शोधकर्ताहरूले हालै चिनियाँ जनसेनाले पेटेन्ट दर्ता गरेका कागजातहरू अध्ययन गर्दा उनीहरूले एआईलाई आधार बनाएर नयाँ नयाँ औजार बनाउनेतर्फ अघि बढेको देखिएको छ।
जनसेनाले एआईका लागि आवश्यक लार्ज ल्याङ्वेज मोडल, नयाँ प्रविधि तथा त्यसमार्फत गरिने विश्लेषण गरी ठूलो तथ्यांकहरू जम्मा गर्ने र त्यसको निष्कर्ष निकाल्ने कुरामा निकै अघि बढिरहेको अध्ययनले देखाएको छ। त्यसका लागि मेटा, ओपन एआईहरू मात्र होइन, डीपसीक, झिपू एआई र अन्य मोडलहरू जनसेनाले प्रयोग गरिरहेको बताइएको छ।
उता अमेरिकी जासूसी संयन्त्र सीआईएले पनि बाहिर खुलासा नभएको तर भित्रभित्रै नयाँ एआई संयन्त्र बनाएको र त्यसमा प्रयोगमा ल्याइरहेको रेकर्डेड फ्युचरले जनाएको छ। यस्ता एआई औजारहरूमार्फत सीआईएले विदेशी नेताका कृत्रिम संस्करण बनाउने र उनीहरूको व्यवहार तथा निर्णयको सम्भावित आकलन गर्ने गरिरहेको समाचारमा जनाइएको छ।
हालै सीआईएको मुख्यालय पेन्टागनले आफ्ना तथ्यांकहरू सुरक्षित राख्न तथा कार्यक्षमता बढाउन भन्दै च्याटजिपिटीका निर्माता ओपन एआईले २० करोड डलरको सम्झौता हात पारेको छ। च्याटजिपिटीले अब पेन्टागनका लागि नयाँ नयाँ सोचहरू सोचिदिने, अपरेशनका आइडियाहरू दिने कामहरूसमेत गर्ने छ। साथै, आफूमाथि हुने साइबर आक्रमणहरू सक्रिय रूपमा समेत रोक्ने छ।
अबका दिनमा एआई नै जासूसीको नयाँ क्षेत्र बन्ने कतिपयको आकलन छ। जेनेरेटिभ एआई मोडलहरूले ठूला ठूला आकारका तथ्यांक, सूचनाहरूलाई केही सेकेण्डमा नै पढेर सूचनाहरू भेला पार्ने, तीमध्ये सबैभन्दा रोचक जानकारीलाई मानव जासूसहरूसमक्ष पुर्याउन प्राथमिकतामा राख्ने जस्ता कार्य गरिरहेका छन्।
चीनले एआईमा गरेको ठूलो लगानीलाई केही अमेरिकी अधिकारीहरूले आश्चर्यका रूपमा लिएका छैनन्। तर फ्युचर रिपोर्टले भने निकै रोचक तथ्यहरू बाहिर ल्याएको छ। जसअनुसार गएको अक्टोबरमा जासूसी विश्लेषणहरूलाई खार्नका लागि लार्ज ल्यांग्वेज मोडल तथा जेनेरेटिभ एआई सबैलाई एकैठाउँमा मिसाएर नयाँ विधि तयार पारिरहेको र त्यसका लागि अर्डियन्स साइन्स एन्ड रिसर्च एकेडेमीले पेटेन्ट दर्ता गरेको छ।
यो उपकरणले युद्धका बेला सेनाले आएका विश्लेषहरूलाई अझ शुद्धीकरण गर्दै त्यसको परिणामहरू सेनाका अधिकारीहरूलाई दिनेछ। यसबाट दुश्मन र दोस्त छुट्याउन सजिलो हुने अध्ययनमा संलग्न संस्था रेकर्डेड फ्युचरका अध्येताजो हाभरले बताएका छन्।
एआईलाई चीनले गम्भीरतापूर्वक लिइरहेको छ। डीपसीक बजारमा आउनेबित्तिकै उसले सूचनामाथि नियन्त्रण लिन थालिसकेको छ। रेकर्डेड फ्युचरको अध्ययनमा चीनको सेनाले सूचनामाथि तत्काल नियन्त्रण गर्ने र आफ्नो सूचनालाई प्रभावकारी माध्यमबाट अभिव्यक्त गर्न सक्ने क्षमता विकसित गरिसकेको छ।
प्रस्तुतिः अच्युत कोइराला