जेठ सकेर असार महिना सुरु भई सक्दा पनि वर्षा नहुँदा धानको बीउ समेत छर्न नपाउँदा कृषकहरू चिन्तित बनेका छन् । आकाशमा कालो बादल मडारिन्छ, हल्का वर्षा मात्र हुन्छ । लामो समय देखि पर्याप्त वर्षा समेत भएको छैन । वर्षा नहुँदा धानको बीउ समेत छर्न नपाएर चिन्तित बनेको यहाँका कृषकहरू पानीको माग गर्दै तौलिहवा स्थित तालेश्वर महादेवको मन्दिरमा पूजापाठ गरेका छन् । पम्पीङ सेट, माटर बाट सिचाई गरी धानको बीउ छरे पनि चर्को घामले गर्दा ब्याड समेत डढेको छ ।
धान रोप्ने समयमा बीउ समेत छर्न नपाएर आत्तिएका कृषकहरू पानीको पुकार गर्दै सो मन्दिरमा पुगेका हुन। साे मन्दिरमा दिनहुँ जसो जिल्लाका विभिन्न स्थानबाट हजार बढी भक्तजनहरु पानीको पुकार गर्दै आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार कसौधनले बताए । ‘प्रायजसो सोमबारका दिन भीड लाग्ने मन्दिरमा अहिले भने पानीको माग गर्दै दैनिक हजार बढी भक्तजनहरु आइरहेका छन्।’ जेठ बितिसक्दा पनि पानी नपरे पछि विशेष गरेर जिल्लाको उत्तरी भेगमा पर्ने आधा दर्जन गाउँका थारु महिलाहरु मन्दिरमा आउने गरेका छन् ।
वर्षाको कामनाका लागि सोमबार गाउँका ३ सय बढी महिलाहरूसँग मन्दिरमा पुगेकी बुद्धुभमी नगरपालिका– २ बक्डरीया गाउँ की एनिया थारुले मन्दिरमा एक लिटर दूध चढाएर पूजापाठ गरेको बताईन । ‘जेठ बित्दा समेत पानी परेन, बीउ समेत छर्न पाइएन, त्यसैले शिवको शरणमा पुगेका हौ,’ उनले भनिन ‘शिवजीले हाम्रो कामना अवश्य सुन्नु हुन्छ, केही दिन मै वर्षा हुन्छ । ’ यस्तै २० किलोमिटर यात्रा तय गएर शनिवार मन्दिर पुगेकी बाणगंगा नगरपालिका– ३ गंगालीया गाउँकी सूजना थारुले आफूहरूको पुकार सुनेर भगवान शंकर पानी पार्ने विश्वास व्यक्त गरिन । ‘पानी नपर्दा यसरी नै पुस्तौँ देखि शिवको शरणमा पूजापाठ गर्ने परम्परा रहेका बताउँदै उनले अबको एक हप्ता भित्रै शिवले वर्षा गराएर आफूरुको कामना पुरा गर्ने बताईन ।
जिल्लाको कुल खेतीयोग्य जमिन मध्ये ७१ हजार हेक्टरमा धान खेती गरिने भए पनि २० प्रतिशतको हाराहारीमा मात्र सिँचाइ सुविधा रहेको कृषि ज्ञान केन्द्रे जनाएको छ । लामो समयको खडेरीले नदीनाला, पाखेरी, कुलो ,नहरमा पानी सुकेकोले समेत कृषकहरु थप मर्कामा परेका छन् । गत बर्ष जेठ अन्तिमबाट रोपाई सुरु भएको थियो तर यस बर्ष कृषहरूले छिटपुट बाहेक बीउ समेत छर्न पाएका छैनन् । उता जिल्लाको विभिन्न स्थानमा रहेका शिवमन्दिरहरुमा पानीको माग गर्दै अखण्ड कीर्तन समेत सुरु गरिएको छ । गाउँ गाउँमा भक्तजनहरु जम्मा भई पानीको माग गदै भजन, कीर्तन, पूजापाठ गर्ने गरेका छन् । पूजापाठ, कीर्तनले समेत पानी नपरे जिल्लामा भ्यागुताको विवाह गराउने, महिलालाई हलो जोत्न लगाउने, जन प्रतिनिधि र गाउँका ठुलो बडालाई बाँधेर नुहाई दिने समेत चलन छ ।