नेपाली वीरताको साक्षी सिन्धुलीगढीको ऐतिहासिक पदमार्ग संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाइमा शुक्रबार ‘गौरवको यात्रा’ पदयात्रा सम्पन्न भएको छ।
ऐतिहासिक क्षेत्रको संरक्षण गर्दै भावी पुस्तालाई यसको महत्त्वबारे जागरुक गराउन पदयात्रा आयोजना गरिएको नेपाली सेनाको श्री नम्बर ९ बाहिनी अड्डाले जनाएको छ।
बाहिनीपति सहायक रथी युवराज कार्कीका अनुसार सेनाले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत नै यस्ता ऐतिहासिक एकीकरण पदमार्ग संरक्षण अभियान सञ्चालन गर्दै आएको छ।
पदयात्रामा नेपाली सेनाका अधिकारी, बैंक तथा वित्तीय संस्था, उद्योग वाणिज्य संघ र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उत्साहजनक सहभागिता थियो । यसअघि सेनाले हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म पनि यस्तै पदयात्रा आयोजना गरेको थियो।
सिन्धुलीगढीमा वि.सं. १८२४ असोजमा कप्तान किनलक नेतृत्वको अङ्ग्रेज फौजमाथि गोर्खाली सेनाले वीरतापूर्ण विजय हासिल गरेको थियो।
वंशू गुरुङ नेतृत्वको गोर्खाली फौजले इस्ट इन्डिया कम्पनीका २,४०० सैनिकलाई पराजित गरेको थियो। जसमा १,६०० भन्दा बढी अंग्रेज सैनिक मारिएका थिए। यो जितलाई दक्षिण एसियामै इस्ट इन्डिया कम्पनीको पहिलो ठूलो पराजय मानिन्छ।
यस पदमार्गको ऐतिहासिकता वि.सं. १३६७ मा सिम्रौनगढका सेनाले समेत प्रयोग गरेको प्रमाणले थप पुष्टि गर्छ। सोही विजयको सम्झनामा र सिन्धुलीगढीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन हरेक वर्ष ‘विजय उत्सव’ समेत मनाइँदै आएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...