मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५, डाईभरडाँडास्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार दिउँसो बसको ब्रेक फेल हुँदा श्रृंखलाबद्ध दुर्घटना भएको छ। दुर्घटनामा परी १० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार दिउँसो करिब ३:२० बजे बिरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख २९७० नम्बरको यात्रुवाहक बसको ब्रेक फेल भएको थियो।
अनियन्त्रित बनेको बसले सुरुमा विपरित दिशाबाट आइरहेको एउटा अनटेस्ट कारलाई ठक्कर दियो। त्यसलगत्तै बसले आफ्नो अगाडि गइरहेको ना ८ ख ४४० नम्बरको ट्याङ्करलाई समेत पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
श्रृंखलाबद्ध ठक्करपछि पनि नरोकिएको बस घटनास्थलबाट करिब सय मिटर पर पुगेर सडक छेउको रुखमा ठोक्किएपछि रोकिएको थियो।
दुर्घटनामा बसमा सवार ४ जना र कारमा सवार ६ जना गरी कुल १० जना घाइते भएका छन्। उनीहरु सबैलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ भने ४ जनाको अवस्था सामान्य छ। दुर्घटनामा कारमा बढी क्षति पुगेको छ भने ट्याङ्करको पछाडिको भागमा सामान्य क्षति भएको छ।
घटनास्थलमा प्रहरीले सवारी आवागमनलाई सहज बनाउँदै घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।
त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...