नेपालमा ‘मलाहा बिरालो’ बढीमा ५ सय रहेको तथ्य सार्वजनिक गरिएको छ।
नेपालमा पाइने १३ वटा जङ्गली बिरालो प्रजातिहरूमध्ये ‘मलाहा बिरालो’ चितवन राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्य जन्तु आरक्ष र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढी रहेको जानकारी दिइयो।
नेपालबाट पहिलो पटक ‘मलाहा बिरालो’ मा विद्यावारिधि गरेकी रमा मिश्रका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९ देखि २५ वटासम्म भेटिएका छन्।
मिश्रले स्नातकोत्तर गर्ने क्रममा सन् २०१२ मा गरेको अनुसन्धानका बेला ती ‘मलाहा बिरालो’ फेला परेका हुन्। यस्तै, कोशी टप्पुमा सन् २०२१ को अनुसन्धानमा २० वटा भेटिएको उनले बताइन्। शुक्लाफाँटामा सन् २०२१ मै गरिएको अनुसन्धान अनुसार ९ वटा भेटिएका थिए।
वाइल्ड केयर नेपाल संस्थाको आयोजनामा ‘मलाहा बिरालो’ बारे कोशी टप्पु वन्य जन्तु आरक्षमा आयोजित कार्यक्रममा मिश्रले ‘मलाहा बिरालो’ समुन्द्र सतहदेखि तीन सय मिटर उँचाइसम्म पाइने गरेको बताइन्।
वाइल्ड केयर नेपालका डाइरेक्टर समेत रहेकी मिश्रका अनुसार यो ‘मलाहा बिरालो’ मोरङ, महोत्तरी, कपिलवस्तु, बर्दियादेखि पश्चिमलगायतका स्थानमा पाइन्छ। मिश्रले सन् २०२० बाट विद्यावारिधि प्रारम्भ गरेर सकेकी हुन्।
अहिलेसम्मको अध्ययनका क्रममा ‘मलाहा बिरालो’ झण्डै ३२ प्रतिशत काँसघारी तथा पटेरी क्षेत्रमा भेटिएका छन्। यस्तै, २७ प्रतिशत पानी भएको क्षेत्रमा र बाँकी कृषि वा खेतबारीमा भेटिएका छन्।
नेपालसहित विश्वका भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, कम्बोडिया, थाइल्याण्ड र म्यानमार गरि आठवटा राष्ट्रमा ‘मलाहा बिरालो’ पाइन्छ। ‘मलाहा बिरालो’ को मुख्य थ्रेट भनेको मानव हो। साथै, वासस्थान विनाश, माछाको कमी र अन्य शिकारीहरूबाट खतरा हुने गरेको छ।
‘मलाहा बिरालो’ को प्रमुख आहार भ्यागुता, किरा, साना स्तनधारी, सर्प र चरा समेत हुन्। ‘मलाहा बिरालो’ को संरक्षणका लागि कोशी टप्पु वन्य जन्तु आरक्ष प्रशासनले कार्यक्रममै समेट्ने वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्र यादवले बताए।
उनका अनुसार ‘मलाहा बिरालो’ संरक्षणका लागि मानवीय सचेतना पनि आवश्यक छ। ‘कतिपयमा मलाहा बिरालोले स्थानीय किसानका पोखरीको माछा खान्छ भन्ने सोचले पनि विभिन्न उपाय अपनाएर मार्न सक्ने खतरा छ,’ उनले भने, ‘त्यही भएर स्थानीयमा सचेतना फैलाउनु आवश्यक छ।’
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौंमहानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।
त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...