सुनसरीको बर्जु गाउँपालिकास्थित बर्जु तालको विकास गर्ने नाममा जनताको जग्गा हडप्ने प्रयास भएको भन्दै स्थानीयले विरोध जनाएका छन्। बर्जु तालको विकास गर्ने भन्दै ताल आसपासका किसानको १ सय ९ विगा जग्गा अधिग्रहण गर्न खोजिएपछि स्थानीयले विरोध गरेका हुन्।
उनीहरूले निजी कम्पनीसँग मिलेर स्थानीय जनताको उठिबास लगाउने प्रयास भइरहेको आरोपसमेत लगाएका छन्। स्थानीय किसानको १ सय ९ विघा धानखेत अधिग्रहण गरे त्यहाँका २ सय ५० घरधुरी किसानहरू विस्तापित हुने उनीहरूले बताएका छन्। निजी कम्पनीलाई आफ्नो जग्गा कुनै पनि हालतमा लिजमा नदिने उनीहरूले अडान लिएका छन्। स्थानीयले बर्जु ताल चराहरूको बासस्थान भएको र सिमसार क्षेत्र पनि भएकाले तालको आसपासमा विकासका नाममा भौतिक संरचना निर्माण गरे चराको बासस्थानमा असर पर्ने बताएका छन्।
बिहीबार बर्जु गाउँपालिका घेराउ गर्दै स्थानीयको जग्गा हडपेर किसानहरूको उठिबास लगाउने प्रयास सफल हुन नदिने उनीहरूले स्पष्ट पारेका छन्। स्थानीय महेन्द्र पण्डितले पहिले पनि २९ विघा निजी जग्गा ताल बनाउने नाममा हडपेको र फेरि विकासका नाममा १ सय ९ विघा जग्गा हडप्न खोजेपछि त्यसको विरोध गरेको बताए। ‘पहिले पनि ताल बनाउने भन्दै २९ विघा निजी जग्गा हामीले दिएका थियौं,’ उनले भने, ‘अहिले फेरि विकासका नाममा १ सय ९ विघा जग्गा लिने प्रयास भइरहेको छ।’
उनले निजी कम्पनीलाई कुनै पनि हालतमा जग्गा लिजमा नदिने स्पष्ट पारे। बर्जु ताल संरक्षण समितिका सदस्य मनोजकुमार चौधरीले विकास हुनु पर्ने तर, विकासका नाममा किसानको जग्गा अधिग्रहण गरेर निजी कम्पनीलाई दिन नहुने बताए।
किसानको जग्गा अधिग्रहण नगरी तालकै जग्गालाई विकास गर्न र लिजको अवधि सकिएपछि ताल संरक्षण समिति वा स्थानीय सरकारलाई फिर्ता गर्नुपर्ने स्थानियको माग रहेको चौधरीको भनाइ छ। उनले भने, ‘तालकै १ सय ५२ विघा जग्गा रहेकाले त्यही जग्गामा प्रकृतिक सम्पदालाई असर नपर्ने गरी विकास गर्नु पर्छ किसानको जग्गा हडप्न पाइँदैन।’
स्थानीयले विकासका नाममा किसानको जग्गा नहडप्न बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ रायलाई ज्ञापन पत्रसमेत बुझाएका छन्।