सर्वोच्च अदालतले मुद्दामा सम्बन्धित मिसिल र कागजात माग्ने आदेश गर्दा अटेर गरेपछि उद्योग विभागका महानिर्देशकलाई एक हजार रूपैयाँ जरिवाना गर्ने आदेश गरेको छ। सर्वोच्चले मुद्दामा मिसिल पठाउन अटेर गरेपछि कानुनअनुसार जरिवानाको आदेश गरेलगत्तै सम्बन्धित मुद्दाको मिसिल विभागले अदालतमा पठाएको थियो।
न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नृपध्वज निरौलाको संयुक्त इजलासले वैशाख ९ मा विभागका महानिर्देशकलाई जरिवाना गर्ने आदेश गरेको हो। लामो समयदेखि मागेको फाइल नआउँदा मुद्दा छिन्नमा ढिलाइ भइरहेकाले अदालतले जरिवानाको आदेश गरेको र त्यसपछि मात्रै आएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।
यो मुद्दा टाइगर ब्रुअरी इन्डस्ट्रिज प्रालिको ट्रेडमार्कसँग सम्बन्धित छ। यो मुद्दामा सोमबार सुनुवाइ सकिएपछि असार १७ का लागि निर्णय सुनाउने मिति तोकिएको छ। मुद्दामा उद्योग मन्त्रालय, विभाग लगायत विपक्षी रहेका छन्। २०७३ साल मंसिर १२ गते सर्वोच्चमा ट्रेडमार्कसम्बन्धी मुद्दा दर्ता भएको थियो।
मुद्दामा सुनुवाइ भएपछि अदालतले २०८१ मंसिर १२ मा उद्योग विभागको औद्योगिक सम्पत्ति शाखामा मुद्दासँग सम्बन्धित केही फाइल माग गर्ने आदेश गरेको थियो। विभागले त्यसको चार महिनापछि अर्थात् चैत २२ मा ‘खोजी कार्य जारी रहेको भन्ने’ जवाफ अदालतमा पत्रमार्फत पठाएको थियो। त्यसपछि अदालतले २०८१ चैत २५ र २०८२ वैशाखमा फाइल खोजेर पेसीअगावै अनिवार्य पठाउन अदालतले अर्को आदेश गरेको थियो।
‘फाइल पेसीअगावै पठाउनु र पठाउन नसकिने भए त्यसको युक्तियुक्त र स्पष्ट कारण खुलाई जवाफ पठाउनू भनी उद्योग विभागका महानिर्देशकलाई सम्बोधन गरी अदालतबाट आदेशसहितको पत्राचार भएको थियो। त्यसपछि माग भएको मिसिल र जवाफ केही पनि अदालतमा पठाइएन। आदेशमा महानिर्देशकको नाम भने तोकिएको छैन। विभागमा हाल राजेश्वर ज्ञवाली महानिर्देशक रहेका छन्।
त्यसपछि अदालतले एक हजार रूपैयाँ जरिवाना गर्ने आदेश गरेको हो। ‘उद्योग विभागका महानिर्देशकबाट न्याय प्रशासन ऐन २०७३ को दफा (३४)(१)को उल्लंघन भएको स्पष्ट देखिँदा निजलाई सोही दफा ३४(२) बमोजिम एक हजार रूपैयाँ जरिवाना गरिदिएको छ’, आदेशमा भनिएको छ।
यो आदेश प्राप्त भएको सात दिनभित्र माग भएको मिसिल खोजी मिसिल कागजातसहित र प्राप्त हुन नसकेमा सोको स्पष्ट कारणसहितको जवफासमेत लिई आफैं पेसीका दिन इजलाससमक्ष उपस्थित हुन उद्योग विभागका महानिर्देशकलाई जानकारी दिन आदेशमै भनिएको थियो।
ऐनको दफा ३४(१) मा ‘अदालत, न्यायिक, अर्धन्यायिक निकाय वा अधिकारीले मुद्दामा प्रमाणका निमित्त कुनै मिसिल, लिखत वा विवरण पेस गर्न वा पठाउन कुनै कार्यालयलाई आदेश दिएमा वा कुनै कुराको स्पष्टीकरण वा जवाफ मागेमा त्यस्तो कार्यालयले तुरुन्त त्यस्तो आदेशको पालन गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ।
उपदफा २ मा ‘अदालतले माग गरेको मिसिल, लिखत वा जवाफ कुनै कार्यालयले प्रचलित कानुनबमोजिमको वा अदालतले तोकेको अवधिभित्र नपठाएमा अदालतले सम्बन्धित कार्यालयको प्रमुख वा कर्मचारीलाई पटकैपिच्छे एक हजारदेखि दश हजार रूपैयाँसम्म जरिवाना गर्न सक्ने छ’ भन्ने व्यवस्था छ।
असार मसान्तसम्ममा आठ वर्ष पुराना मुद्दा शून्यमा झार्ने अभियानका साथ सर्वोच्चले मुद्दा छिन्दै छ। वर्षौंदेखि सरकारी कार्यालयलगायत सम्बन्धित निकायले मुद्दामा मगाइएका कागजात नपठाउँदा अल्झेका मुद्दामा समेत फरक ढंगबाट काम भइरहेको प्रवक्ता कुइँकेलले बताए।
यसअघि पनि सर्वोच्चले भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दामा मागिएको फाइल नपठाएपछि तत्कालीन सचिवसहितका कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाउन आदेश गरेको थियो। फैसलामा ढिलाइ हुनुमा मुद्दाका सरोकारवाला पनि जिम्मेवार देखिन्छन्।
२०७६ सालमा सर्वोच्चले अख्तियारलाई पूर्वगृहमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दासँग सम्बन्धित अभिलेख मागेको थियो, तर अख्तियारले अभिलेख दिन घिङन्याइँ गरेको भन्दै सर्वोच्चले कारबाही प्रक्रिया अघि बढाउन आदेश गरेको थियो। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले अदालतले मागेको अभिलेख उपलब्ध गराउन अख्तियारले घिङन्याइँ गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो।