सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा बेपत्ता भएका दुई जना सशस्त्र प्रहरी अझै भेटिएका छैनन्। बेपत्ता भएकाहरू कोशी ब्यारेजमा रहेको ह्युम पाइपमा फसेको हुनसक्ने आशंका गरिएको छ।
सशस्त्र प्रहरी बलको मधेश प्रदेश कार्यालयबाट बिहीबार सप्तकोशी नदीमा उद्धार अभ्यासका लगि गोताखोरसहितको टोली सप्तकोशी नदीमा पुगेका थिए। अभ्यासका क्रममा सशस्त्र प्रहरी जवान हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका हुन्।
सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ५ जना गोताखोरसहितको तालिम प्राप्त टोली सप्तकोशी नदीमा अभ्यास गर्न गएका थिए। अभ्यासका क्रममा दुई जना नदीमा डुबेर बेपत्ता भएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए।