विश्व वातावरण दिवसको अवसरमा बुद्ध स्थल प्राचीन कपिलवस्तुको निग्रोधराम कुदानमा सरसफाइ अभियान चलाइएको छ ।
‘प्लाष्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व ’ भन्ने नारा सहित निग्रोधराममा डिभिजन वन कार्यालय कपिलवस्तुको अगुवाइमा सरसफाइ अभियान चलाइएको हो ।
निग्रोधराम बुद्धले बुद्धत्व प्राप्त गरे पछि आफ्नो परिवारलाई पहिलो पटक भेटेको स्थल हो । अभियानमा डिभिजन वन कार्यालयका कर्मचारी, साझेदारी र सामुदायिक वनका कर्मचारी र पदाधिकारीहरू सहभागी थिए । निमित्त डिभिजन वन अधिकृत मदन ढुंगानाले प्रकृतिमाथि मानिसले चाहिने भन्दा बढी दोहन र हस्तक्षेपले अहिले जलवायु परिवर्तन सहित धेरै समस्या उत्पन्न भएको बताए । बढ्दो प्लाष्टिकको प्रयोगले अहिले वातावरण प्रदूषणको समस्या बढ्दै गएको उनले बताए । प्लाष्टिकको प्रयोगमा रोक लगाउनु पर्ने र प्लाष्टिकको साटो अन्य विकल्प खोज्नु पर्ने बताए । सबै मिलेर आफ्नो समाजलाई स्वच्छ हराभरा राख्न वृक्षारोपण गरी वातावरणलाई सफा र स्वच्छ बनाउनु पर्ने उनले बताए ।
सो अवसरमा लुम्बिनी विकास कोषका परिषद् सदस्य गोपीकृष्ण शर्माले बुद्ध स्थल कुदानमा दिवसका अवसरमा गरिएको यो अभियानले राम्रो सन्देश गएको बताए । उनले सबै मिलेर वातावरणलाई सफा र स्वच्छ राख्नु पर्ने बताए । गाउँ समाजलाई सफा राख्ने दायित्व सबैको रहेको उनले बताए । उनले प्लाष्टिकको प्रयोगलाई निषेध गर्नु पर्ने बताए । यस्तै दिवस कै अवसरमा मायादेवी गाउँपालिको आयोजनामा पकडीमा सरसफाइ अभियान सहित वृक्षारोपण समेत गरिएको छ ।
अभियानमा इलाका प्रहरी कार्यालय पकडी र ट्राफिक प्रहरीको समेत सहभागिता थियो । गाउँपालिका अध्यक्ष वलीउदद्दीन मुसलमानले सबै मिलेर गाउँठाउँलाई सफा र स्वच्छ बनाउनु पर्ने बताए । यस्तै दलित सामाजिक विकास केन्द्र र सशस्त्र प्रहरीको आयोजनामा यशोधरा गाउँपालिका वडा नम्बर ८ खोरियामा वृक्षारोपण गरिएको छ ।