होटल व्यवसायीले खोज्न थाले ‘केज फ्री मासु र अन्डा’
११ जेष्ठ २०८२
•
३ मिनेट पाठ
होटल व्यवसायीले खोज्न थाले ‘केज फ्री मासु र अन्डा’
भरतपुर महानगरपालिका वडा नं १ स्थित पोखरा बसपार्कमा रहेको होटल इमेज सञ्चालनमा आएको २२ वर्ष पुग्यो। यो अवधिमा यस होटलका सञ्चालक राजेन्द्रकुमार पियालाई कुखुराको मासु र अन्डाको गुणस्तरीयता विषयमा त्यति थाहा थिएन। हिजोआज उनले कुखुराको मासु र अन्डाको गुणस्तरीयताका विषयमा ज्ञान लिन थालेका छन्। उनले साँघुरो ‘केज’ मा पालन गरिएका कुखुराको कुनै पनि उत्पादन सकेसम्म लिँदैनन्।




‘होटल व्यवसायी र उपभोक्तालाई ‘केज’ र ‘केज फ्री’ सम्बन्धी थाहा छैन’, उनले भने, ‘मैले पनि अहिलेसम्म सोधेको थिएन हिजोआज सोध्न थालेको छु।’ खुला खोरमा पालन गरिएका कुखुरालाई केज फ्री भन्ने गरिन्छ।

तनावरहित, मानवीय तरिकाले पालिका कुखुराको मासु र अन्डामा आवश्यक पोषणतत्व उच्च पाइने भएकाले व्यवसायीले फ्री केजको मासु र अन्डा खोज्न थालेका हुन्। होटल सुभम मेन हस्पिटालिटीका सञ्चालक पुजन कोइराला अहिलेसम्म कुखुराको मासु उत्पादनसम्बन्धी थाहा नभए पनि पछिल्लो समयमा बुझ्दै गएको बताए। ‘हामीलाई कुखुराको मासु भने पुग्थ्यो। खुला खोरमा पाले–नपालेको थाहा हुँदैन’, उनले भने, ‘हामीले हिजोआज सप्लायर्सलाई सोधेर कुखुराको मासु ल्याउने गर्दछौं।’

चितवनका किसानले उत्पादन गरेको वस्तुमा लेभलिङ नराख्दा उपभोक्ता पहिचान गर्न समस्या हुन्छ। सप्लायर्सहरूले ‘केज फ्री’ को वस्तुमा लेभलिङ राख्नुपर्ने उनले बताए। ‘हाम्रा होटलमा मासिक एक क्विन्टलभन्दा बढी कुखुराका मासु खपत हुन्छ। त्यो मासु सप्लायर्सबाटै ल्याउने हो’, उनले भने, ‘त्यसको लेभलिङ राख्ने हो भने उपभोक्ताले रोजेको किनेर खान पाउने थिए।’

अहिलेसम्म सप्लायर्सको विश्वासमा किन्ने गरेको उनले बताए। चितवनमा केही किसानले अन्डामा लेभलिङ गरे पनि मासुमा गरेका छैनन्।

खुला र केजमा पालिएका कुखुरा र त्यसको अन्डाको गुणस्तर फरक हुने गर्दछ। अहिले काठमाडौंमा जोन अन्डामा लेभलिङ गर्न थालिएको अन्डा उत्पादक किसान दीपक पाण्डेले बताए। यद्यपि पूरा मात्रामा लेभलिङ गर्न नसकिएको उनको भनाइ छ।

पाण्डेले १२ हजार लेयर्स कुखुरा पालेका छन्। चितवनमा ठुला किसानले ब्याट्रीकेजमा राखेर कुखुरापालन गर्दछन्, तर फ्री राखेर पालिएका कुखुराबाट उत्पादित अन्डाको गुणस्तर धेरै राम्रो हुने एनिमल नेपाल चितवनका कार्यक्रम संयोजक रामचन्द्र आचार्यले जानकारी दिए। ‘ब्याट्रीकेजको तुलनामा डबल समयसम्म बिग्रँदैन’, उनले भने, ‘विभिन्न अध्ययनले पनि पौष्टिक तत्व बढी हुने देखाएको छ।’

उनका अनुसार ब्याट्रीकेजमा पालिका कुखुराबाट उत्पादित अन्डामा भन्दा दुईतिहाइ बढी भिटामिन ए, तीन गुणा बढी भिटामिन ई, सात गुणा बढी बिटा क्यारोटिन, दोब्बर बढी ओमेगा, ६ गुणा बढी भिटामिन डीलगायतका पौष्टिक तत्व पाइन्छ। मानिसका आँखाका लागि चाहिने एन्टिअक्सिडेन्ट, लुटेन र जेक्साथिनसमेत केज फ्री अन्डाको पहेंलो भागमा बढी पाइएको उनले बताए।

एनिमल नेपालका अनुसार चितवनमा अन्डा उत्पादक किसान सयजनाको हाराहारीमा छन्। त्यसमध्ये १० जना किसानले केजमा कुखुरा पाल्दै आएका छन्। केजको उत्पादन ३० प्रतिशत रहेको छ। चितवनमा भरतपुर महानगरपालिकामा ३, खैरहनी नगरपालिकामा २, राप्ती, माडी र रत्ननगरपालिकामा एकएक स्थानमा ब्याट्रीकेजका रूपमा कुखुरापालन गरिएको छ।

बाँकी किसानले केज फ्रीमा पालन गर्दै आएका छन्। फ्री केजबाट उत्पादित अन्डाको गुणस्तरबारे जानकारी गराउन सके साना किसान र उपभोक्तालाई समेत फाइदा पुग्ने उनले बताए। केज फ्री अन्डामा पौष्टिक तत्व, एक्पार डेट र खान स्वादिलो हुन्छ।

एनिमल नेपालले केज फ्री अन्डाको लेभलिङ राख्नसमेत सहयोग गर्दै आएको छ। ‘विद्यालय, टोल विकास संस्था, आमा समुह तथा जनप्रतिनिधिमा फ्री केजसम्बन्धी जनचेतना जगाउने काम गरेका छौं’, आचार्यले भने, ‘नीति तथा कार्यक्रममा समेत पशु कल्याणसम्बन्धी समावेश गर्न अनुरोध गरिएको छ।’

केज फ्रीको अन्डा अलि मैलो हुने उनले बताए।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस