मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु
०९ जेष्ठ २०८२
•
२ मिनेट पाठ
मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु
मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु भएको छ। शुक्रबार जनकपुरधामस्थित मिथिला यात्री निवासमा चार सुरक्षा निकायको बैठक सुरु भएको हो।




गृहमन्त्री रमेश लेखकको आतिथ्यमा मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्रालयले आयोजना गरेको बैठकमा नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, नेपाली सेनाका रथी निर्मलकुमार थापा, मध्य पूर्वी पृतना हेडक्वार्टरका पृतनापती कृष्णबहादुर जिसी, एनडिआरआरएमएका प्रमुख दिनेश भट्ट, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रदेशका डिआइजी, ८ वटै जिल्लाका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको छ।

उद्घाटन सत्रमा गृहमन्त्री लेखकले अपराध नियन्त्रण गर्न सुरक्षा निकाय अधिकारीलाई निर्देशन दिएका छन्। सबै प्रदेशमा भइरहेको सुरक्षा बैठक सार्थक हुनुपर्ने उनले बताए।

'छलफल मात्रै गरेर हुन्न उपयोगिता पनि देखिनुपर्छ,' उनले भने, 'अपराध नियन्त्रण गर्न सुरक्षा निकायले थप मेहेनत गर्नु पर्ने देखिन्छ।'

मधेशमा ड्रग्सको नियन्त्रण, सडक दुर्घटना, आत्महत्या, साइबर क्राइम मुख्य समस्याको रूपमा देखिएको उनले बताए। 'चोरी निकासी पनि धेरै मात्रामा भइरहेको छ। राजस्व घटिरहेको छ,' उनले भने,' यसको नियन्त्रण गर्न पनि मेहेनत गर्न लग्नुहोला।'

मधेश प्रदेशको मुख्यमन्त्री सतीशकुमार सिंहले उद्दघाटन सत्रमा आफ्नो धारणा राख्दै प्रहरी समायोजन अगाडि बढाउन आग्रह गरे। 'प्रहरीबिना काम गर्न अति नै कठिनाइ भएको छ,' उनले भने, 'हामीले अस्पताल अनुगमनको सुरुवातमा प्रहरीको साथ पाएर अवैध रूपमा संचालित अस्पतालहरू बन्द गराएका थियौँ। तर प्रदेश सरकारको प्रहरी नहुँदा अहिले पुनः ती अस्पतालहरू सुचारु भएको छ।'

'सुरक्षा निकायहरूको बस्ने आवासको अवस्था पनि बिजोग रहेको छ। त्यस्ता प्रहरी चौकी निर्माणमा संघीय सरकारले ध्यान दिएको छैन,' उनले थपे, 'मधेश प्रदेश सरकारको स्रोतसाधनले सम्भव छैन।' 

भारतबाट आयात भइरहेको विषादी सामग्रीहरू रोक्न प्रहरीलाई ध्यानाकर्षण गराए। कुखुरा, अण्डा र माछामा आत्मनिर्भर भए पनि भारतबाट विषादीसहितको सामान प्रहरीकै मिलोमतोमा आउने गरेको उनले जिकिर गरे।
अर्को समाचार
मधेस प्रदेश सभा लगातार अवरूद्ध, छैटौँ दिन पनि बैठक स्थगित
२८ असार २०८२
•
१ मिनेट पाठ
मधेस प्रदेश सभा लगातार अवरूद्ध, छैटौँ दिन पनि बैठक स्थगित
प्रतिपक्ष दलको अवरोध कारण प्रदेशसभाको बैठक छैटौँ दिन पनि स्थगित भएको छ । बजेटमाथि छानबिन गर्न बनाइएको कार्यदलमा मन्त्रीको नाम राखेपछि प्रतिपक्षी दलहरूले शनिबार बसेको बैठकमा अवरोध गरेका हुन् । 




आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमानमाथि छलफल क्रममा उठेको विषयमा जवाफ दिन सभामुख रामचन्द्र मण्डलले अर्थमन्त्री सुनिल कुमार यादवलाई अनुमति दिएसँगै  विपक्षी दलका सांसदहरूले रोस्ट्रम घेराउ गर्न पुगेका थिए । त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

बैठक सुरुमै माओवादी नेता युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा देखिएको त्रुटि सच्याउन सभामुखको संयोजकत्वमा बनाएको कार्यदल प्रतिपक्षी असहमति जनाएर विरोध गरेका थिए। 

छानबिन कार्यदलमा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवको नाम राखेपछि विवाद हुँदै आएको छ। छानबिन कार्यदलमा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवको नाम राखेपछि विपक्षी दलहरूले विरोध जनाएका छन्। कार्यदलबाट मन्त्री नाम नहटाएसम्म अवरोध जारी राख्ने ६ वटा प्रतिपक्ष दलले बताउँदै आएका छन्।

सभामुख रामचन्द्र मण्डलले कार्यदलमा मन्त्रीको नाम राख्नु ठिक नभए पनि सरकारलाई अल्पमतमा राखेर बनाइएको कार्यदल पनि नयाँ अभ्यास रहेको बताए। कार्यदलको समय कम रहेको भन्दै उनले संयोजक पदबाट राजीनामा दिएका छन्।

कार्यदलका सदस्यहरूमा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशिष यादव, माओवादी सांसद जवाहरलाल कुशवाहा, नेकपा एसका प्रमुख सचेतक कनिष पटेल, सत्तापक्षबाट एमालेका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव र नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण यादव रहेका छन्।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
यो पनि पढौँ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस