मानव र जनावरबिचको द्वन्द्व कम गर्नका लागि कोशी टप्पु वन्य जन्तु आरक्षको क्षेत्र विस्तार एक मात्र विकल्प रहेको स्थानीय अगुवाले बताएका छन् ।
आरक्ष क्षेत्रको विस्तार गर्दा आसपासका बासिन्दा रैथाने जङ्गली हात्ती, अर्नालगायतका अन्य जनावरबाट पीडित हुने क्रम रोकिने र आरक्षका जनावरका लागि आहारामा समेत समस्या नहुने स्थानीय अगुवाले बताएका हुन् ।
मुख्यतयः हात्ती र अर्ना जस्ता ठूला वन्यजन्तुहरूका लागि हालको आरक्ष क्षेत्र आवश्यक वासस्थानका लागि पर्याप्त नहुँदा यी जनावरहरूबाट स्थानीय जनताको बालीनाली नास, धनजनमा पार्ने असरका कारणले मानव वन्यजन्तु बिचको द्वन्द्व अप्रत्याशित रुपमा वृद्धि भएको छ । यसका कारण वन्यजन्तु र स्थानीय समुदाय दुवै जोखिममा रहेका छन् ।
बुधबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले आयोजना गरेको अन्तरक्रियामा स्थानीय अगुवा रविन घिमिरेले आरक्ष क्षेत्रको विस्तारबाहेक अन्य कुनै पनि विकल्प नभएको बताए । ‘अहिले भएको कोशी टप्पु आरक्षको क्षेत्र विस्तार गरेमा स्वाभाविक रुपमा आरक्षका जनावरका निम्ति त हित हुने नै छ, आसपासका बासिन्दा पीडित हुने क्रम पनि धेरै हदसम्म रोकिनेछ,’ उनले भने, ‘आरक्षको क्षेत्र विस्तार राजनीतिक दलका नेताले भोट बिग्रिन्छ भन्ने सोचले गर्दा समस्या भएको हो ।’
उनले आरक्षको क्षेत्र विस्तार गर्दा दक्षिणतर्फ कोशी ब्यारेजको पश्चिम क्षेत्र हुँदै सप्तरीको गोबरगढासम्म र उत्तरमा बराहक्षेत्रको माथिल्लो कुनासम्म विस्तार गर्न सकिनेछ । यस्तै, उदयपुर क्षेत्रमा पनि अहिले भएको आरक्ष क्षेत्रभन्दा केही पश्चिमसम्म विस्तार गर्न सकिने उनले सुल्झाए ।
संसदीय समितिलाई राष्ट्रिय निकुञ्ज ऐन, २०२९ धेरै पुरानो भएको र ऐन आफैमा बाँझेकाले गर्दा त्यसलाई सुधार गरी सरकारी निकायबिच समन्वय हुने गरिएको संशोधन गर्न सुल्झाए । ‘अहिलेको ऐनले सरकारी निकायबिच नै समन्वय नहुने खालको छ,’ उनले भने, ‘स्थानीय सरकार र प्रदेश सरकारले सहयोग गर्ने अवस्था भए त्यसलाई पनि स्वीकार गर्ने हुनुप¥यो नि।’
कोशी टप्पु वन्य जन्तु आरक्षमा मुख्य चुनौतीको रुपमा रहेको घरपालुवा जनावर छाड्नाले एकातिर अर्ना, जङ्गली हात्ती र चित्तलको आहारा संकटमा परेको छ । अर्कातिर आहारा सङ्कट हुँदा ती जनावर बेला–बेलामा मानववस्तीमा प्रवेश गरी विध्वंस मच्चाउँदा पनि मानव र जङ्गली जनावरबिच द्वन्द्व बढ्दो छ । त्यसैले गर्दा आरक्ष क्षेत्र आसपासका बासिन्दा र आरक्षका रैथाने जनावर दुवैका लागि क्षेत्र विस्तार उत्तम विकल्प रहेको स्थानीय अगुवाले बताए ।
‘आरक्षको क्षेत्र विस्तार हुँदा आरक्षमा रहेका हात्तीको समेत प्रजनन दर बढाउन सकिनेछ,’ स्थानीय पवन रौनियारले भने । उनले आरक्षको क्षेत्र विस्तार गरी यसलाई व्यवस्थित अनुसन्धान केन्द्रको रुपमा विकास गरेर लैजानुपर्ने सुल्झाए।
त्यसो त आरक्ष क्षेत्र विस्तार गर्नका लागि सरकारी अध्ययन टोलीले दस वर्ष अघि अध्ययन प्रतिवेदन तयार गरी बुझाएको थियो । सरकारले गठन गरेको इकोलोजिष्ट गोपालप्रकाश भट्टराईको अध्यक्षतामा नौ सदस्यीय सम्भाव्यता अध्ययन टोलीले २०७१ फागुन ८ गते राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभाग बबरमहलमा प्रतिवेदन बुझाएको थियो । तर, अझैसम्म निर्णय भएको छैन ।
समितिले कोशी टप्पुको क्षेत्र विस्तार उत्तरमा वराहक्षेत्र मन्दिर देखि झन्डै २.८ किलोमिटर दक्षिणसम्म अर्थात वैकल्पिक राजमार्गसम्म गरिनुपर्ने प्रस्ताव गरेको थियो । दक्षिणमा मौजुदा आरक्षको उत्तरी सिमाना भागलपुर पोष्टभन्दा पूर्व देखि उत्तर पूर्वी बिन्दु प्रकाशपुर सम्म प्रस्ताव गरेको थियो ।
यस्तै, पूर्वतर्फ आरक्षको उत्तर पूर्वी बिन्दु प्रकासपुर देखि सुरु भई कोशी नदीको पूर्वको २६.४० स्परको नोज हुँदै २९.८ स्परको नोज पुरानो बोरा बाध (हालको चाइनिज बाध) सम्म प्रस्ताव गरेको थियो ।
यस्तै, पश्चिमतर्फ चतरा हुँदै जोडिने वैकल्पिक राजमार्ग कोशी नदीको पुलको पश्चिमी किनाराबाट लालभित्ती हुँदै भागलपुर पोष्टभन्दा पूर्व आरक्ष सिमानासम्म सिफारिस गरेको थियो ।
अहिले कोशी टप्पु आरक्ष सुनसरीसहित सप्तरी र उदयपुरमा गरी एक सय ७५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । प्रस्तावित विस्तार गरिने क्षेत्रको क्षेत्रफल एक सय पाँच वर्ग किलोमिटर छ । प्रस्तावित कुल क्षेत्रफलमध्ये १४ वर्ग किलोमिटर ऐलानी जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ ।
वि.सं. २०३२ मा स्थापना गरिएको कोशी टप्पु क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो आरक्ष रहेको छ । यसलाई क्षेत्र विस्तार गर्दा मानव र जङ्गली जनावरबिच द्वन्द्व कम हुनुका साथै पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लैजानै पर्याप्त सम्भावना रहेको आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवले बताए ।
उनका अनुसार अहिलेको आरक्षको मुख्य समस्या सानो क्षेत्रफलसँगै छाडा चौपाया छाड्नु, अतिक्रमण, अर्नाको वंशाणुगत समस्या रहेको बताए । आरक्ष अर्नाको मुख्य वासस्थानको रुपमा रहेको छ । यहाँ यति बेला ५१४ वटा अर्ना रहेका छन् । आरक्षले स्थापनाकालमा ७६ वटा अर्नादेखि संरक्षण गदैं आएको छ । अर्नासँग स्थानीयले भैँसी छाडेर मिसिदा वंशाणु वृद्धिमा समस्या हुने गरेको वरिष्ठ संरक्षण अधिकृत यादवले संसदीय टोलीलाई जानकारी गराए ।
यस आरक्षमा पर्याप्त संख्यामा सिमसार रहेकाले ‘चराको स्वर्ग’ भूमि नामले चिनिँदै आएको छ। यहाँ नेपालमा पाइने कुल प्रजातिमध्ये ५३५ प्रजातिका चराहरू रहेका छन् । जसमा २०० प्रजाति हास प्रजातिका चराहरू रहेका छन् । विश्वमै सङ्कटापन्न सुचीमा रहेका २९ प्रजातिका चरा पनि पाइन्छन् ।
नेपालको पहिलो रामसार क्षेत्रका रुपमा वि.सं. २०४४ मा सूचीकृत गरिएको र सरकारले वि. सं २०६१ मा आरक्ष वरिपरिका २१५ बस्तीलाई समेटी एक सय ७३.५० वर्ग किलोमिटर क्षेत्रलाई कोश टप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र घोषणा थियो । आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा ४५ हजार हाराहारी बसोबास गर्छन् ।
आरक्ष क्षेत्र सानो क्षेत्रफल हुँदा समस्या हुनुमा अर्को समस्या सप्तकोसी नदीले धार परिवर्तन गर्दा पनि समस्या हुने गर्छ। कोशी नदीमा वर्षेनी आउने उच्च बाढीका कारण कुनै पनि समयमा अर्ना लगायतका नदी तटीय क्षेत्रमा विचरण गर्ने वन्यजन्तु बगाएर लैजाने खतरा छ ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले १२ वटा राष्ट्रिय निकुञ्जमध्ये ६ वटामा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गरी समस्या समाधान गर्न सरकारलाई दबाब दिने योजना रहेको समिति सभापति विमला सुवेदीले बताइन् । उनका अनुसार पहिलोपल्ट कोशी टप्पुबाट थालिएको यो कार्य ढोरपाटन, शुक्लाफाँटा, चितवन, बर्दिया र पर्सामा रहेका निकुञ्जको अनुगमन, अवलोकन र स्थानीयसँग संवाद गरी स्थानीयको मानव अधिकार रक्षा गर्ने ढंगले सरकारको ध्यानाकर्षण गराइने भएको छ।