महेन्द्रबेंसीलाई धार्मिक पर्यटकीयस्थल बनाउन जोड
०७ जेष्ठ २०८२
•
३ मिनेट पाठ
महेन्द्रबेंसीलाई धार्मिक पर्यटकीयस्थल बनाउन जोड
धार्मिक पर्यटकीय क्षेत्रलाई पर्यटकमाझ चिनाउन सूर्योदय नगरपालिका वडा नं ४, ५ र ६ का वासिन्दा सक्रिय भएका छन्। उनीहरूले तीनै वडाको संगम र तीन खोलासमेत जोडिएको (त्रिवेणी) महेन्द्रबेंसीलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न प्रयास गरेका हुन्।




पर्यटकीय क्षेत्र कन्याम, हर्कटे, अन्तुडाँडा, फिक्कललगायतबाट नजिकै रहेको महेन्द्रबेंसी सिद्धिखोला, कन्याम र अन्तुखोलाको त्रिवेणी हो। ऐतिहासिक रूपमा पनि महत्त्वपूर्ण रहेको यो स्थानलाई हिन्दु, बौद्ध र किराँतलगायत धर्मावलम्बीले सामुहिक रूपमा प्रचारको प्रयास गरेका हुन्। यो स्थानलाई विशेषगरी धार्मिक क्षेत्रका रूपमा संरक्षण गर्ने र स्थानीय भौतिक पूर्वाधार विकासमा ध्यानाकर्षण गर्ने उनीहरूको लक्ष्य छ।

वनजंगल र जैविक विविधताले भरिपूर्ण यो स्थानको सौन्दर्यलाई समेत बजारीकरण गर्न आफूहरू जुटेको महेन्द्रबेंसी दुर्गाघाट सर्वधर्म त्रिवेणी धाम समितिका अध्यक्ष तिलक राईले जानकारी दिए। ‘यहाँको प्रचार गरी पर्यटकीय पूर्वाधार विकासबारे सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गर्न बहुधार्मिक, बहुसांस्कृतिक पूजापाठसमेत आयोजना गरिएको छ’, उनले भने, ‘पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकाससमेत आवश्यक छ। त्यसका लागि सरकारले चासो राखोस् भन्ने पनि उद्देश्य हो।’

तीनै वडाका हिन्दु, किराँत, बौद्ध र प्रेमवाद धर्मावलम्बीले महेन्द्रबेंसीमा एकसाथ पूजा र प्रार्थना गरेका छन्। ‘धार्मिक, ऐतिहासिक भूमिलाई चिनाउने अभियान, सबै धर्मको सम्मान’ नारासहित उनीहरूले सम्बन्धित वडाका वडाध्यक्षसमेत भेला गराएका थिए।

वडाध्यक्षहरूले यस क्षेत्रलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलका रूपमा विकास गर्न वडा र स्थानीय सरकारले सघाउने प्रतिबद्धता गरे। सूर्याेदय वडा नं ४ का अध्यक्ष शरण राई, वडा नं ५ का अध्यक्ष उर्गेन बम्जन र वडा नं ६ का अध्यक्ष शिव बस्नेत समेतले त्रिवेणीमा पक्की पुल निर्माण, वारिपारिको सडक स्तरोन्नति र अन्य आवश्यक पूर्वाधार निर्माण गर्न सघाउने प्रतिबद्धता गरे।

‘पर्यटकीय क्षेत्र विकासका लागि सडक, पुल, धार्मिकस्थल, धारो, पार्क, चर्पीलगायत आवश्यक पर्छ’, वडा नं ६ का अध्यक्ष बस्नेतले भने, ‘ती संरचना निर्माणमा तीनवटै वडाका अध्यक्षहरूले संयुक्त रूपमा योजना बनाएर अघि बढ्ने सल्लाह गरेका छौं।’

स्थानीय अगुवा चक्रपाणि घिमिरेले २०१८ सालमा यहाँ सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको बताए। उनका अनुसार २०२२ सालमा पनि यहाँ पुराण आयोजना गरिएको थियो। ‘त्यसयता निकै समय यो ठाउँ सुनासान नै रह्यो’, उनले भने, ‘तर, उहिले नाम चलेका धार्मिक गुरुहरू यो त्रिवेणीमा आएर नुहाउने र अलि माथिल्लो ठाउँमा पूजा गरेर फर्कने गरेको पाइयो।’

स्थानीय तिलविक्रम राईले यो ठाउँलाई बहुधार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने सम्भावना रहेको औंल्याए। वडा नं ६ का यामबहादुर राईले विशेषगरी हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीले यो स्थानलाई पवित्र रूपमा मानेर पूूजापाठ गरेको सुनाए। स्थानीय डिल्ली गजुरेल, युवराज पोख्रेल, दिनेश राई र प्रेमचन्द्र गजुरेल लगायतले यहाँको धार्मिक पर्यटन सम्भावनाबारे जानकारी गराएका छन्।  

स्थानीय कृष्ण घिमिरेले त्रिवेणीमा पुल नहुँदा बर्खाभर वारिपारिका दुई गाउँको आउजाउ बन्द हुने गरेको गुनासो गरे। ‘कतिपयको जग्गा र घरगोठ खोला वारि र पारि रहेकाले बर्खामा आफ्नै बारीमा पुग्नसमेत नसकिने अवस्था छ’, उनले भने, ‘कमसेकम दिनहुँ सयौं मानिसको आउजाउ हुने यो खोलामा पुल भइदिने ठूलो राहत हुने थियो।’

घिमिरे मात्र होइन, स्थानीय धेरैले यहाँ पुल र वारिपारिको सडक सुविधा नहुँदा सास्ती खेप्न बाध्य भएको सुनाए। उनीहरूले हर्कटेबाट यो ठाउँ भएर अन्तुडाँडा जाने सडक र पुल व्यवस्थित बने अहिले तराईका वासिन्दाको अन्तुडाँडा जाने बाटो निकै छोटो पर्ने पनि बताए।

‘कहिले यहाँ पुल बनिसक्यो भन्ने खबर आउँछ, कहिले यो साल पुलका लागि बजेट आयो भन्ने सुनिन्छ, तर अन्तिममा कथामा मात्रै सीमित भइरहेको छ’, एक स्थानीय आक्रोशित भए, ‘जहिल्यै हाम्रो कामचाहिँ नेतालाई भोट दिएर जिताउने मात्रै भएको छ, जितेर गएपछि हाम्रो पीडा कसले सुन्ने?’
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
४४ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस