काठमाडौं महानगरको २२ र २५ वडामा भूमिगत पानी पुनर्भरण प्रणाली स्थापना र हस्तान्तरण
०४ जेष्ठ २०८२
•
३ मिनेट पाठ
काठमाडौं महानगरको २२ र २५ वडामा भूमिगत पानी पुनर्भरण प्रणाली स्थापना र हस्तान्तरण
काठमाडौँ उपत्यकाका बासिन्दाहरूको खानेपानीको प्रमुख स्रोत पहिलेदेखि नै भूमिगत पानी रहेको छ । उपत्यकाका हरेक कुनामा ढुङ्गेधारा, इनार र कुवाहरू जस्ता प्राकृतिक पानीका स्रोतहरू देख्न सकिन्छ । तर गत दुई दशकदेखि अत्यधिक भूमिगत पानी निकाल्ने, अव्यवस्थित भवन निर्माण र सडक निर्माणले उपत्यकामा भूमिगत पानीको स्तरमा उल्लेखनीय कमी आएको छ । 




छोटो अवधिमा अत्यधिक वर्षा हुने र वर्षाको प्रणालीमा आएको परिवर्तनले पनि भूमिगत पानी पुनर्भरणको प्राकृतिक प्रक्रियामा असर पारेको छ । यी समस्याहरूलाई सम्बोधन गर्न र कृत्रिम भूमिगत पानी पुनर्भरण पहलहरू मार्फत भूमिगत पानीलाई पुनर्भरण गर्न, शहरी पानी व्यवस्थापनमा सार्वजनिक÷निजी÷साझेदारी (पिपिपि) मोडेल प्रदर्शन गर्दै, बोटलर्स नेपाल लिमिटेड (बिएनएल) र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट सीआइयुडी) ले २०८१ मा काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ र २५ मा भूमिगत पानी पुनर्भरण परियोजना कार्यान्वयन गरेको छ । 

छनौट गरिएका स्थानहरूमा भूमिगत पानीको स्तर बढाउने, कम लागतको भूमिगत पानी पुनर्भरण प्रविधिको प्रदर्शन गर्ने र स्थानीय सरकार र समुदायहरूलाई यस्तै उद्देश्यहरू दोहोर्‍याउन र बढाउन प्रेरित गर्ने प्रमुख उद्देश्यका साथ, यस परियोजनाले वडा २५ मा ६ र वडा २२ मा ५ पुनर्भरण प्रणालीहरू स्थापना गरेको छ । प्रत्येक प्रणालीमा एउटा पुनर्भरण कुवा र एउटा फिल्टर चेम्बर रहेको छ । कुवाको औसत गहिराई २० फिट रहेको छ ।

परियोजना सफलतापूर्वक सम्पन्न भएपछि, सीआइयुडी र बिएनएलले संयुक्त रूपमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, वडा सदस्यहरु र स्थानीय समूहहरूको उपस्थितिमा वडा २२ र वडा २५ का अध्यक्षहरूलाई भूमिगत पानी पुनर्भरण प्रणालीहरू हस्तान्तरण गरे। उक्त अवसरमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, “काठमाडौँमा पानी रिचार्जको आवश्यकता भएकोले, हामी काठमाडौँका धेरै क्षेत्रमा पानी रिचार्ज प्रणालीका लागि सीआइयुडी र बोटलर्स नेपालसँग काम गरिरहेका छौं र यसका सकारात्मक प्रभावहरू पनि देखिरहेका छौं । आज, काठमाडौंको मुख्य क्षेत्र मानिने वडा २२ र २५ मा यो परियोजना कार्यान्वयन गर्न सक्षम भएकोमा हामी धेरै खुसी छौं । जतिबेला यस परियोजनाको प्रत्यक्ष प्रभाव यस क्षेत्रका समुदायहरूले अनुभव गर्नेछन्, निश्चित रूपमा हामी परियोजनाको वास्तविक सफलता त्यतिबेला मनाउनेछौं ।”  

यी प्रणालीहरूले वार्षिक रूपमा लगभग ८,६२४ किलो लिटर पानी पुनर्भरण गर्न मद्दत गर्ने र त्यसद्वारा हस्तक्षेप क्षेत्रको भूमिगत पानीको तहलाई स्थिर पार्ने अनुमान गरिएको छ । परियोजना वडा २२ र २५ का दुवै सदस्यहरूसँग निकट सहकार्यमा कार्यान्वयन गरिएको थियो, साथै संकटा क्लब, ग्वाहाली दाबु, आर्यावलोकितेश्वर जस्ता विभिन्न सुधार समूह, केल अचाजु गुठी र मछिन्द्र क्लब जस्ता महत्वपूर्ण समुदायिक समूहहरूले पनि परियोजनामा आफ्नो महत्वपूर्ण योगदान गरेका थिए । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३ को रानीबारी, ठिमी नगरपालिकाको युसिइपि, ललितपुर महानगरपालिकाको लगनखेलको राजदल आर्मी ब्यारेक र काठमाडौँ महानगरपालिकाको वडा १६ को बालाजु पार्कमा

यो परियोजना सफल कार्यान्वयन हुनुबोटलर्स नेपाल लिमिटेड, सीआइयुडी र वाटरएड नेपालको त्रिपक्षीय सहकार्यको निरन्तरता हो । यो साझेदारीले अघिल्ला परियोजनाहरूमार्फत वार्षिक रूपमा लगभग १,५६,००० किलो लिटर भूमिगत पानी पुनर्भरण गरिरहेको छ । 
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस