कर्मचारी सरुवामा चरम बेथिति
०३ जेष्ठ २०८२
•
३ मिनेट पाठ
कर्मचारी सरुवामा चरम बेथिति
निजामती सेवाभित्र नियमबाहिर गएर कर्मचारीलाई सरुवा गरिएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको ६२औं प्रतिवेदनमा गत आर्थिक वर्ष २०८०/८१ मा ७५.३९ प्रतिशत सरुवा नियमबाहिर गएर गरिएको तथ्यांक छ।




निजामती सेवा नियमावली २०५० को दफा ३६ मा निजामती कर्मचारीलाई सरुवा गर्नुपरेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ १ देखि मसान्तसम्म मन्त्रालयस्तरमा, केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १ देखि १५ गतेभित्र र क्षेत्रीयस्तरका निकायहरूले प्रत्येक वर्षको असोज १६ गतेदेखि मसान्तसम्म खटनपटन गरिसक्नुपर्ने व्यवस्था छ।

दफा ३६ मा तोकिएको समयतालिका बाहेक सरुवा गर्नुपरेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति लिनुपर्छ। काज सरुवामा भने मन्त्रालयको सहमति लिन आवश्यक नपर्ने व्यवस्था छ। यही व्यवस्थाको गलत फाइदा उठाउँदै मन्त्रालयहरूले बेरीतपूर्वक कर्मचारी सरुवा गर्दै आएका छन्।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार आव २०८०/८१ मा दुई हजार ७७ जना कर्मचारीको सरुवा भएको छ। जसमध्ये भदौमा ६४ जना राजपत्रांकित र चार सय ४७ जना राजपत्रअनंकितसमेत पाँच सय ११ जनाको मात्र सरुवा भएको छ भने अन्यलाई मनपरी सरुवा गरिएको छ। कुल सरुवामध्ये २४.६१ प्रतिशत नियावलीले तोकेको समयमा र बाँकी ७५.३९ प्रतिशत सरुवा मनपरी भएको छ।

नियमावलीअनुसार सामान्यतया दुई वर्ष अवधि तोकेर सरुवा गर्नुपर्ने हुन्छ। तर अधिकांश सरुवा दुई वर्ष नपुग्दै गरिएको छ। न्यूनतम अवधि नपुगी सरुवा गर्दा सरुवा भ्रमण खर्च भुक्तानी गर्नुपर्ने भएकाले खर्च समेत बढेको प्रतिवेदनमा उल्लेख छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले सरुवा विषयमा महालेखा परीक्षकको प्रतिवेदनको रिपोर्टमाथि आइतबार गम्भीर समीक्षा गर्ने र दिइएका सुझाव कार्यान्वयन गर्ने बताए।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा पनि गम्भीर बेथिति हुने गरेको पाइएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ (४) मा कानुनबमोजिम प्रमुख प्रशासकीय अधिकृत नियुक्त नभएसम्मका लागि नेपाल सरकारले निजामती सेवाका कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्न खटाउने व्यवस्था छ।

प्रतिवेदन अनुसार मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा प्रमुख प्रशासकीय अधिकृतका रूपमा एक हजार चार सय १७ जना कर्मचारीलाई स्थानीय तहमा खटाएको छ। एउटै कर्मचारीलाई एकै वर्षमा दुईभन्दा बढी स्थानीय तहमा खटाइएको छ।

राष्ट्रिय विकास समस्या समाधान समितिको २०७९ चैत ३ गते बसेको बैठकले प्रदेश र स्थानीय तहमा पर्याप्त जनशक्ति नहुँदा काम गर्न कठिनाइ भएकाले प्रदेश तथा स्थानीय तहका लागि संघबाट खटाइएका कर्मचारी कम्तीमा एक वर्ष खटाएको स्थानीय तहमा बस्नुपर्ने निर्णय गरेको थियो।

उक्त निर्णय पनि कार्यान्वयन नभएको प्रतिवेदनमा जनाइएको छ। प्रमुख प्रशासकीय अधिकृतहरूको पटकपटकको सरुवाले सेवा प्रवाहमा असर परेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार संघमा १० हजारभन्दा बढी र प्रदेशमा १५ हजार भन्दा बढी कर्मचारीको दरबन्दी रिक्त छ। राष्ट्रिय किताबखानामा २०८१ भदौ २० गतेसम्म अद्यावधिक विवरणअनुसार संघमा ५१ हजार नौ १७, प्रदेशमा १७ हजार दुई सय ९७ र स्थानीय तहमा ६५ हजार पाँच सय ५६ दरबन्दी छ। मन्त्रालययका प्रवक्ता पराजुलीले ठुलो संख्यामा कर्मचारीको दरबन्दी रिक्त विषयमा पनि समीक्षा हुने बताए।
अर्को समाचार
कर्मचारी सरुवामा बेथिति:चार दिनमै दुईपटक सरुवा
१६ साउन २०७९
•
३ मिनेट पाठ
कर्मचारी सरुवामा बेथिति:चार दिनमै दुईपटक सरुवा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९ साउन ८ गते जिल्ला समन्वय समिति (जिसस) सप्तरीका कर्मचारी ललनकुमार यादवलाई सप्तरीकै छिन्नमस्ता गाउँपालिकामा सरुवा गर्‍यो। साउन ११ गते बिहान उनले उक्त गाउँपालिकामा हाजिर गरे। तर त्यसै दिन साँझ मन्त्रालयले सरुवाको अर्को चिठी पठायो। उनलाई छिन्नमस्ताबाट पुनः जिसस सप्तरीमै पठाइयो। तर छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले उनलाई सरुवा भएको कार्यालयमा जान रमाना दिएनन्। यादव हाल छिन्नमस्तामै छन्। उनी भन्छन्, ‘मलाई चार दिनमा दुईपटक किन सरुवा गरियो भनेर म आफैं अचम्ममा परेको छु।’




संघीय मामिला मन्त्रालयले चूर्णबहादुर कार्कीलाई म्याग्दीको मंगला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरी पठायो। तर उक्त गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोका मन्त्रालयले पठाएका कर्मचारीलाई हाजिरी गराउन तयार भएनन्। कार्कीलाई  हाजिरी गराउन नसकिने भन्दै अध्यक्ष रोकाले साउन १३ गते मन्त्रालयलाई चिठी पठाए। खटाइएको ठाउँमा हाजिरी गर्न नपाएपछि कार्की पुनः मन्त्रालयमा फर्किएका छन्। अहिले उक्त गाउँपालिकामा राजेन्द्र आचार्यले निमित्त भई काम गरिरहेका छन्।  

साउन लागेयता मन्त्रालयले बिनामापदण्ड प्रमुख प्रशासकीय अधिकृतलगायत विभिन्न तहका कर्मचारी धमाधम सरुवा गरिरहेको छ। मन्त्रालयले मापदण्ड नबनाई सरुवा गर्दा चरम बेथिति देखिएको छ। मन्त्रालयका अनुसार साउन लागेयता अहिलेसम्म डेढ सयभन्दा बढी कर्मचारीको सरुवा भइसकेको छ। तीमध्ये पाँच दर्जनभन्दा बढी प्रमुख प्रशासकीय अधिकृत छन्।

मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख रघुराम विष्टले संघीय निजामती सेवा ऐन नआएकाले कर्मचारी सरुवामा मापदण्ड निर्माण गर्न नसकिएको स्वीकार गरे। तर सरुवामा बेथिति नभएको उनको दाबी छ। मन्त्रालयकै अर्का एक उच्च कर्मचारीका अनुसार सरुवासम्बन्धी निर्देशिका र मापदण्ड नहुँदा पहुँचका आधारमा कर्मचारीहरूको सरुवा भइरहेको छ। ती कर्मचारीका अनुसार केही कर्मचारीको हकमा टिपेक्स लगाउँदै सरुवा सूची फेरबदल गर्ने गरिएको छ।  

सामान्य प्रशासन मन्त्रालय परिसरमा अहिले सरुवा हुन चाहने कर्मचारी, विभिन्न पार्टीसँग निकट कर्मचारी संघसंगठनका कर्मचारी नेता तथा राजनीतिक दलका प्रतिनिधिहरूको दिनहुँ भिड लाग्ने गरेको छ। आफ्नो पालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्न या कार्यरत कर्मचारीलाई थमौती गर्न नगर प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मन्त्रालय धाउने गर्छन्। मन्त्रालयका एक उपसचिव भन्छन्, ‘स्थानीय तहमा भर्खरै नयाँ नेतृत्व आएको छ। कोही आफ्नो पालिकामा प्रमुख प्रशासकीय अधिकृत फेर्न त कोही अहिले काम गरिरहेका कर्मचारीलाई थमौती गर्न मन्त्रालयका माथिल्लो तहका कर्मचारीहरूलाई विभिन्न किसिमबाट दबाब दिने गरेका छन्।’

ती उपसचिवका अनुसार शाखा अधिकृतसरहका कर्मचारीहरूका लागि प्रमुख प्रशासकीय अधिकृत सबैभन्दा आकर्षक पद हो। किनभने शाखा अधिकृतसरहको कर्मचारी स्थानीय तहमा गयो भने त्यहाँ उसले ‘हाकिम’ हुने मौका पाउँछ। नगरपालिकामै गए पनि निमित्त भई प्रशासन चलाउन पाउँछ। तर सहसचिवसरहका कर्मचारीहरूका लागि प्रमुख प्रशासकीय अधिकृत पद आकर्षक होइन। सहसचिवसरहका कर्मचारीहरू स्थानीय तहमा सकेसम्म जान चाहन्नन्। गए पनि थोरै समय काम गरेर अर्को कार्यालयमा सरुवा मिलाउँछन्। यसैगरी उपसचिवसरहका कर्मचारीहरूका लागि पनि प्रमुख प्रशासकीय पद त्यति आकर्षक पद होइन। तर सुगम ठाउँका स्थानीय तहमा भने उपसचिवसरहका कर्मचारी सरुवा हुन चाहन्छन्।

उपमहानगर र महानगरपालिकामा सहसचिवसरह, नगरपालिकामा उपसचिवसरह तथा गाउँपालिकामा शाखा अधिकृतसरहका कर्मचारी प्रमुख प्रशाकीय अधिकृत हुने कानुनी व्यवस्था छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रमुख प्रशासकीय अधिकृत सीघय सरकारमातहत रहने व्यवस्था छ। त्यसैले पालिकाका प्रमुखहरूले चाहेर पनि आफ्नो ठाउँमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्न सक्दैनन्। त्यसैले उनीहरूले प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गर्न या थमौती गर्न मन्त्रालयमा दिनहुँजसो डेलिगेसन लिएरै जाने गर्छन्। मन्त्रालयका अनुसार प्रमुख प्रशासकीय अधिकृतहरूको सामान्यता एकएक वर्षमा सरुवा गर्ने गरिएको छ। सामान्यतः साउन, भदौ र असोज कर्मचारी सरुवाको मौसम हो। मन्त्रालय स्रोतका अनुसार साउन लाग्नेबित्तिकै कर्मचारी सरुवामा चरम चलखेल हुने गर्छ। खासगरी आकर्षक कार्यालयमा कर्मचारीको सरुवा सूची मन्त्रालयबाहिर बन्ने गरेको आरोप लाग्ने गरेको छ ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस