युद्ध जित्न चाहिने तीन चिज हतियार, हतियार अनि हतियार, लेखेको नारा उनको पछाडि टांगिएको थियो। उनी भने हातमा गितार लिएर हजारौँ श्रोताको मन जितिरहेकी थिइन्।
प्रसङ्ग झन्डै दुई दशक अगाडिको हो। त्यति बेला नेकपा माओवादीले वीरगन्जमा आयोजना गरेको बृहत् आमसभामा उनी गितार बजाउँदै थिइन्। यस अवधिमा बागमतीमा धेरै पानी बगिसक्यो। संसार बदल्नु भनेर निस्किएका माओवादी कति आफैँ बदलिए। कति फुटे। कति जुटे। त्यो कथा जस्तै भइसक्यो। तर पनि त्यति बेलाको जेठको महिनामा सङ्गीतले शीतलता प्रदान गरेकी प्रकृतिको यो जेठमा फेरि सम्झना आयो।
पार्टी अन्तर्गतको शिव शारदा साँस्कृतिक कम्पनीकी गितार बाधक 'कमरेड' प्रकृतिलाई दुई दशकपछि सम्झँदा मन-मनमा विभिन्न प्रश्न पनि उठे।
त्यसो त उनले पनि हतियार नउठाएकी हैनन्। काभ्रेका डाँडामा राइफल बोकेर हिँडेको याद उनले त्यति बेला सुनाएकी थिइन्। अहिले काँधमा गितार बोकेकी उनले बन्दुकको भन्दा गितारको बोझ प्यारो हुने सुनाएकी थिइन्। अहिले मनमा प्रश्न उठेको छ– साँच्चै उनी अहिले के को बोझ उठाउँदै होलिन्?
बन्दुकप्रति उनको घृणा थिएन। बस गितारप्रति उनको माया थियो ‘लडाइको मोर्चामा राइफल प्यारो, बाँकी समय गितार’, पार्टीप्रति निक्कै बफादार उनी भन्थिन्, ‘बन्दुक र गितारको फ्युजन नै साँस्कृतिक आन्दोलनको सफलता हो।’ साँच्चै उनको साँस्कृतिक आन्दोलन अहिले कहाँ पुग्यो होला?
उनले जिन्दगीमा गोली पनि निक्कै पड्काएकी रहिछिन्। यसको कर्कश अवाजाबाट को मरे को मरेनन् उनलाई थाहा छैन। तर उनका गितारको धुनले धेरैको मन छोएको थियो। ‘यसमा पनि मेरो मनलाइै गितारकै आवाज प्यारो लाग्यो,’ उनले थपिन्, ‘वर्गीय दुष्मनलाई पराजित गर्ने बन्दुकको आवाजभन्दा सम्पूर्ण मानवमा चेतना जगाउन गितारको आवाज निक्कै सुरिलो।’
साँच्चै यो सुरिलो स्वर अहिले कता गुन्जँदै होला?
कलिलै उमेरकी भए पनि उनले मानव जीवनलाई गितारको तारसँग तुलना गर्न भुलिनन्। ‘मानव जीवन पनि गितारको तार जस्तै हो,’ उनले थपिन्, ‘स्वतन्त्रताको लडाइमा रेटिँदा यसले पनि ऊर्जा दिन्छ।’
साच्चै यत्तिको ऊर्जाशील प्रकृति कता गुनगुनाउँदै होलिन्?