दुलाहा भन्छन्–हामीले फूल किन चुँड्ने भनेर माला पनि लगाएनौँ । फूलजस्तै हाम्रो माया फक्रिने छ।सिन्दूर घरैबाट ल्याएको, पोते भाउजूसँग मागेको, माला मन्दिरमै भेटेको, गुरुलाई दक्षिणा रुपैयाँ १(एक) मात्र,’ नेपाल प्रहरीको समाचार कक्षमा कार्यरत असई सञ्जय गौतम र रिमला बस्नेतको मितव्ययी विवाहको चर्चा गर्दै सामाजिक सञ्जालमा मनोज गजुरेल लेख्छन्, ‘यस्तो मितव्ययी विवाहको बारेमा तपाईँको विचार के छ ?’
दुलही भन्छिन्– गाउँघरमा विवाह पछि परिवारले भोग्नु परेको आर्थिक अभाव राम्ररी बुझेकी छु । त्यसैले मलाई सुनका तिलहरीले लोभ्याएन ।
‘माया करोडको’, गजुरेलकै करोड भन्ने शैलीमा सामाजिक सञ्जालमा वसन्त पराजुली लेख्छन्, ‘फजुल खर्च रोकेर गरिने यस्ता विवाहले समाजलाई समृद्धितर्फ लैजान्छ ।’
उपत्यका प्रहरीको समाचार कक्षमा कार्यरत असई सञ्जय गौतम र लक्की बस्नेत(रिमला) मितव्ययी विवाहको सामाजिक सञ्जालमा निकै चर्चा छ ।


उनीसँग विवाह गर्न पाएकोमा लक्की आफूलाई भाग्यमानी ठान्छिन् । ‘मैले खोजेजस्तो केटा पाएको महसुस भएको छ,’ उनले भनिन्, ‘त्यस अर्थमा म आफूलाई भाग्यमानी ठान्छु ।’ गाउँघरमा विवाहपछि परिवारले भोग्नु परेको आर्थिक अभाव राम्ररी बुझेकी उनले त्यो पिडा कसैलाई पनि नपरोस् भन्ने आफ्नो चाहना रहेको सुनाइन् ।
‘रिन धन गरेर विवाह त गर्छन्,’ उनले भनिन्, ‘तर परिवार जिन्दगीभर किस्ता बुझाउँदैमा समस्यामा पर्छ ।’ माया आफैमा अमूल्य हुने बताउँदै उनले फजुल खर्च रोक्नु पर्ने सुझाइन् । ‘हाम्रो विवाह एक रुपैयाँको हो,’ उनले भनिन्, ‘तर हामीबिचको माया अनमोल छ ।’
सम्भवतः नेपालकै मितव्ययी विवाह गरेका छन् । यो नौलो प्रयोगले धेरैलाई उत्प्रेरित बनाओस् । वैवाहिक समारोहमा हुने तडक–भडक र फजुल खर्चको चलन पनि घटोस् । सुखद दाम्पत्य जीवनको मंगलमय कामना ।
विशाल क्षेत्री भन्छन्, ‘विवाह जतिसुकै सस्तो भए पनि सम्बन्ध कहिल्यै सस्तो नबनोस् वैवाहिक जीवनको दुवै जनालाई शुभकामना!’
