प्रविधिको तीव्र विकाससँगै प्राविधिक क्षेत्रमा भइरहेका नयाँ–नयाँ आविष्कारले दैनिक जीवनलाई अझ सरल र सहज बनाउँदै छ। प्रविधिमा आधुनिक उपकरणको प्रयोग बढ्दो क्रममा छ।
नयाँ प्रविधिले उद्योग, शिक्षा, स्वास्थ्य, यातायातजस्ता क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएको छ। नेपाल सरकारले दुई दशकअघि नै सार्वजनिक यातायातका साधनमा जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) लागु गर्ने बताएको थियो। जसले सवारीसाधनको वास्तविक ‘लोकेसन’ पत्ता लगाउन सघाउँछ।
जिपिएसको विकास संयुक्त राज्य अमेरिकाको रक्षा विभागले गरेको थियो। १९९५ अप्रिल २७ देखि यो प्रणाली विभिन्न मुलुकले प्रयोगमा ल्याएका हुन्। जिपिएस प्रयोगले बसमा यात्रा गर्दा यात्रुको समय, सुरक्षा र सुविधा सबैमा सुधार ल्याउँछ। त्यति मात्र होइन, जिपिएस लागु भएको बसमा यात्रा गर्दा जहाँ पायो त्यहीं बस रोक्ने परिपाटीको अन्त्य हुनुका साथै निर्धारित बस रोक्ने स्थान (स्टप) मा यात्रुले सवारीसाधन आवागमनको यथार्थ विवरण थाहा पाउन सक्छन्, जसले गर्दा धेरै समय बस कुर्नुपर्ने बाध्यताको अन्त्य हुन्छ।
कुनै बस आपत्कालीन अवस्थामा छ भने पनि जिपिएसको माध्यमबाट सुरक्षा एजेन्सीलाई तुरुन्त सूचना पठाउन सकिन्छ। जिपिएसले बसको गति ट्र्याक गरेर अत्यधिक गतिमा चलाएको अवस्थामा चालकलाई चेतावनी दिने भएकाले हरेक बसमा यो प्रणाली जडान हुनुपर्ने जानकार बताउँछन्। तर दुई दशकअघि नै बसमा जिपिएस लागु गर्ने भनिए पनि त्यो अहिलेसम्म चर्चामै सीमित छ।
यातायात व्यवसायीले पनि सार्वजनिक यातायातका साधनमा जिपिएस प्रविधि जडानको व्यवस्था गरिदिन यातायात व्यवस्था विभागसमक्ष बारम्बार आग्रह गरिरहेका छन्। सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन जिपिएस लागु गर्नुपर्ने आवाज बलियो बन्दै गएको भए पनि विभागले चासो नदिँदा र सरोकार पक्षबीच आवश्यक समन्वय अभावमा यसलाई कार्यान्वयनमा ल्याउन सकिएको छैन।
सार्वजनिक गाडीहरूमा छिट्टै जिपिएस लागु गरिने यातायात व्यवस्था विभागले जनाएको छ। काठमाडौं महानगरपालिकाले यसको सुरुआत गरिसकेको छ भने विभागले पनि आवश्यक गृहकार्य गरिरहेको छ। विभागले २०७८ सालमै सार्वजनिक सवारीसाधनमा ‘जिपिएस भेहिकल–ट्र्याकिङ सिस्टम’को प्रयोग सुरु गरेको थियो। त्यतिबेलै केही गाडीमा जिपिएस जडान गरेको विभागले त्यसलाई निरन्तरता दिन सकेको छैन।
केही समयअघि सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई प्रतिस्थापन गर्न राष्ट्रिय यातायात नीति, २०८१ को मस्यौदा सार्वजनिक गरेको छ। नयाँ नीतिले यातायात व्यवस्थापन, सञ्चालन र नियमनलाई प्रभावकारी बनाउन नवीनतम प्रविधिमैत्री तथा वैज्ञानिक पद्धति अवलम्बन गर्ने उद्देश्य राखेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा यातायात व्यवस्थापनलाई प्रविधिमैत्री, सुरक्षित र वातावरण अनुकूल बनाउन सार्वजनिक सवारीसाधनमा जिपिएस जडान गर्न प्रस्ताव गरिएको छ।
गृह मन्त्रालयले गत साउन ३० गते विज्ञप्तिमार्फत यात्रुवाहक सार्वजनिक सवारीसाधनमा जिपिएस ट्र्याकिङ प्रणाली र सिसिटिभी जडान गर्न निर्देशन दिएको थियो। सिमलताल घटना अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई १२ बुँदे निर्देशन दिएको थियो। यसको ३ नम्बर बुँदामा सवारीसाधनमा जिपिएस ट्र्याकिङ प्रणाली राख्नुपर्ने उल्लेख छ।
सबै सवारीसाधनमा जिपिएस लागु भए सवारी दुर्घटना पनि केही हदसम्म नियन्त्रण गर्न सकिने ट्राफिक प्रहरीको आकलन छ। गृह मन्त्रालयले सवारीधनीलाई जिपिएस प्रविधि जडान गर्न निर्देशन दिए पनि अहिलेसम्म लागु हुन सकेको छैन। सवारीसाधनमा जिपिएस जडान गरिए यात्रुको सुरक्षा र ट्राफिक व्यवस्थापनमा पनि सघाउ पुग्ने विज्ञहरू बताउँछन्। विकसित देशहरूमा सबै सार्वजनिक सवारीसाधनमा जिपिएस अनिवार्य गरिएको हुन्छ। यसले कुन गाडी कुन समयमा कहाँ पुग्यो भनेर ट्र्याक गर्न सकिने हुँदा यात्रुदेखि सवारीधनी र यातायात सुरक्षामा काम गर्ने निकायहरूलाई पनि निकै सहज हुन्छ।
बस सेवाले चालेको कदम
निजी क्षेत्रको संस्था बस सेवाले यो प्रणाली कार्यान्वयमा ल्याउन पहल थालेको छ। बस सेवाले ६ महिनाअघि सार्वजनिक बसमा जिपिएस जडान सुरु गरेको हो। अहिलेसम्म तीन सयभन्दा बढी सार्वजनिक बसमा यो सेवा जोडिएको छ। यसलाई निरन्तरता दिने बस सेवाले जनाएको छ। जिपिएस प्रविधिले गाडीको ‘स्पिड’ र ‘लाइभ लोकेसन’ पत्ता लाग्ने भएकाले सवारीधनी र यात्रुसँगै ट्राफिक प्रहरीलाई समेत सहज हुन्छ।
बससेवाले नेपालमै पहिलो पटक ग्लोबल पोजिसनिङ सिस्टमको आधुनिक बस ल्याएको दाबी गरेको छ। कतिपय यात्रुले यो सुविधासहितको बससेवा उपभोग गरेका छन्। यस्तो सुविधा हरेक बसमा हुनुपर्ने बताउँदै एक यात्रुले भने, ‘मैले मेरा बाआमालाई अब ढुक्क भएर बससेवाको कुनै पनि बसमा काठमाडौं पठाउन र काठमाडौंबाट धनगढी ल्याउन सक्छु। फोन चलाउन नजान्ने अभिभावकलाई कतै पठाउनुपर्दा पनि बस कहाँ पुग्यो, कति गतिमा गुडिरहेको छ जस्ता कुरा आफैंले ट्र्याक गर्न सकिने हुँदा यो प्रणाली सहयोगी र भरपर्दो छ।’
जिपिएस जडान भएपछि बस कतिबेला आउँछ भनेर बसस्टपमा कुर्नुपर्ने अवस्थाको पनि अन्त्य हुन्छ। ‘अब म बसस्टपमा कुरेर बस्नुपर्दैन,’ ती यात्रुले भने, ‘मैले मेरा आफन्त चढेको बस कहाँ आइपुग्यो भनेर मोबाइलको सहायताले घरमै बसेर हेर्न सक्छु। यसले मेरो समयको बचत भएको छ।’ यदि कुनै आपत्कालीन घटना भयो भने बसको स्थान तुरुन्त थाहा पाइने र आवश्यक सहायता प्रदान गर्न सजिलो हुने भएकाले पनि जिपिएस भएकै बसमा यात्रा गर्न रुचाउनेको संख्या बढ्दो क्रममा छ। नेपालमा सञ्चालन हुने सबै सार्वजनिक यातायातमा जिपिएस जडान गर्नसके दुर्घटनाको जोखिमसँगै यात्रुको समय र पैसाको पनि बचत हुने देखिन्छ।
जिपिएससँगै सार्वजनिक यातायातमा ‘क्यासलेस’ भुक्तानीको व्यवस्था गर्नुपर्ने माग बढ्दै गएको छ। पछिल्लो समय हरेक क्षेत्रमा डिजिटल भुक्तानी फस्टाइरहँदा सार्वजनिक यातायातमा भने अझै नगदमै कारोबार गर्नुपर्ने बाध्यता छ। केही सेवा प्रदायकले ‘वालेट’मार्फत भुक्तानीको व्यवस्था लागु गरे पनि अन्य मुलुकमा जस्तो सदस्यता कार्ड बनाएर त्यसैमार्फत भुक्तानीको व्यवस्था हुन भने सकेको छैन।
यात्रा कार्डको व्यवस्था गर्न सकेमा यात्रु र सवारीसाधनका सहचालकको समय बचत हुने मात्र होइन, खुद्रा पैसाको झन्झटबाट हुने ठगी पनि रोकिन सक्छ। नेपालको सार्वजनिक यातायातमा जिपिएस प्रविधि र यात्रा कार्डको आवश्यकता खट्किएकाले सरोकारवाला निकायले यसमा चासो दिनुपर्ने विज्ञहरूले बताउँदै आएका छन्। दीपक आचार्य/रासस