रुकुम पश्चिमको सोतीगाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या हुने गरेर भएको घटनामा दायर भएका २६ थान पुनरावेदन निवेदनमाथि उच्च अदालत सुर्खेतमा सुनुवाइ भइरहँदा बाहिर प्रदर्शनहरु भइरहेका छन्।
उच्च अदालतमा एक सातादेखि सोती घटनाका विषयमा बहस भइरहेको छ। रजिस्ट्रार विश्वजंग सिजापतिका अनुसार गत सोमबारदेखि सोती घटनालाई हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ भइरहेको छ।
अदालतमा सुनुवाइ भइरहँदा बाहिर मृतकका आफन्त र अधिकारकर्मीहरू निरन्तर प्रदर्शन गरिरहेका छन्। पीडितहरूले जिल्ला अदालतको फैसला विपरित निर्णय आउने सम्भावना देखिएकाले आन्दोलन गर्नुपरेको बताएका छन्।
हत्या गरिएका नवराजकी आमा उर्मिला विकले जन्मकैदको सजाय पाएकाहरू छुटाउने खेल भइरहेको आरोप लगाइन्।
‘भित्र बहस सुन्दा जन्मकैदको सजाय पाएकाहरू पनि छुट्ने अवस्था देखिन्छ,’ उनले भनिन्, ‘यदि जिल्ला अदालतको फैसलाविपरित उच्चले निर्णय गरेमा जस्तोसुकै आन्दोलन पनि गर्न तयार छौं।’
सोती घटनामा मारिएका सञ्जुकी आमा सविताले न्यायालयबाट न्याय पाउनेमा आफूहरू विश्वस्त रहेको बताइन्।
‘तर, अहिले बहस सुनिरहँदा केही शंका पनि लागेको छ,’ उनले भनिन्, ‘भित्र बहस सुन्दै बाहिर खबरदारी गरिरहेका छौं।’
दलित अभियन्ता खगेन्द्र सुनारले उच्च अदालतको फैसला नआउँदासम्म निरन्तर खबरदारी गर्ने बताए। उनले सोती घटनाका पीडकहरु अझै पनि अनुसन्धानको दायरामा आउन नसकेको बताए।
‘जात नमिलेर सामूहिक हत्या गरिएको घटनाका पीडकहरु अझै पनि बाहिर छन्, उनीहरूमाथि पनि अनुसन्धान गरिनुपर्छ,’ उनले भने, ‘हामीले रुकुम पश्चिममा जिल्ला अदालतबाट न्याय पाएका थियौं, अहिले उच्च अदालत सुर्खेतबाट पनि न्याय पाउनेमा आशावादी छौं।’
जातीय विभेदका कारण गाउँलेले हुल बाँधी लखेटेरै रुकुम पश्चिमको सोती गाउँमा ६ जना युवाको ज्यान गएको रुकुम जिल्ला अदालतले ठहर गरेको छ।
न्यायाधीश खडकबहादुर केसीले गत मंसिर १९ मा गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै हुल बाँधी बाटो छेकेर घेरा हाली युवाहरूलाई मारेको ठहर गरेको हो।
प्रतिवादीहरूले एक आपसमा गुट बनाई संयुक्त रुपमा वारदात घटाएको अदालतले भनेको छ। समुहमा बसेर एकले अर्कालाई उकासेर, हौसाएर हात हाल्नु सबै सजायको भागीदार हुनुपर्ने अदालतको ठहर छ।
घटना २०७७ जेठ १० मा भएको थियो। जातीय नरसंहारका रूपमा लिइएको त्यस दिनको घटनामा सोती गाउँका स्थानीयको आक्रमणबाट नवराज विकसहित ६ जनाको ज्यान गएको थियो।
‘हुल बाँधी लखेट्दै हान्दै नवराज बिक, गणेश बुढा, सन्जु बिक, लोकेन्द्र सुनार, टिकाराम नेपाली र गोबिन्द शाहीलाई भेरी नदीको भंगालोसमेत पु¥याई कुटपिट गरेको अदालतको ठहर छ। ‘हुल बाँधी थुनछेक गर्दै बाटो छेक्दै घेरा हाली मृतक नवराज विकसमेतलाई भेरी नदीको भंगालो समेतमा पु¥याई कसैले माथिबाट ढुङ्गा हान्ने कसैले नदीको भंगालोमा पुगी हानी नदीमा बगाई दिएको’, अदालतले भनेको छ, ‘परिणाम स्वरूप नवराज बिक, गणेश बुढा, सन्जु बिक, लोकेन्द्र सुनार, टिकाराम नेपाली र गोबिन्द शाही मृत्यु भएको देखिन्छ।’
‘कसले बढी कुट्यो, कसले कम, कसको प्रहार घातक भयो, कुनै कसैले कुटेन जस्ता तथ्यमा जानुभन्दा पनि ज्यान लिने अथवा सामूहिक कुटपिट गर्ने मनसायले समुहमा बसी एक अर्कालाई उकासी हौसाएर हात हालेर कुटपिट गरेमा सबै प्रतिवादी समान रुपमा सहभागी भएको मानिने र समान सजायको भागीदार हुने’ अदालतले फैसलामा भनेको छ। जिल्ला अदालतले सर्वोच्च अदालतले यस अघिको मुद्दामा भएको नजिर पनि उल्लेख गरेको छ।
सामूहिक सक्रियताका कारण मृतकहरूलाई कर्तव्य गरी मारेको पुष्टि भएको निक्र्यौल गरेको हो। युवाहरूलाई लखेट्दै अपहरण गरी बन्धक बनाई बाँधी मारी नदीमा बगाई दिएको भन्ने विषयमा स्पष्ट भएको छ । कुटपिटबाट नै मृत्यु भएको नवराज बिकको शव परीक्षण प्रतिवेदनमा पनि उल्लेख छ।
बाटो छेकी कुटपिट गर्दै भेरी नदीमा पु¥याई बाध्यतावश नदी पार गर्न खोज्ने क्रममासमेत ढुङ्गा मुढा गरेबाट सोही चोट प्रहारबाट निजहरू पानीमा परी डुबी नदीले बगाएपछि निजहरूको मृत्यु भएको लास जाँच मुचुल्का समेतबाट स्पष्ट खुलेको उल्लेख छ। ‘मृतकहरूलाई कुटपिट गरी भेरी नदीमा बगाएको र सोही कारण मृतकहरूको मृत्यु भएको परिणामको कुनै घटना घटेको’ फैसलामा भनिएको छ।
नवराज बिकलाई अमर्यादित भाषा बोल्दै ‘फेरि किन आइस ? आज त मर्छस् भनी होच्याई असामाजिक व्यवहार गरी परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ ९१० मार्फत फोन गरी बोलाई उक्त वारदात घटाएको तथ्य मिसिल संलग्न टेलिफोन कल विवरणबाट समेत देखिएको’ उल्लेख छ।
२०७७ जेठ ११ मा रुकुमको जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका १९ वर्षीय नवराज विकसहित ६ जना युवाको हत्या भएको थियो।
नवराज बिक लगायत ६ जनाको हत्या भएपछि ३९ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुत मुद्दा जिल्ला अदालत रुकुममा दर्ता भएको थियो। अदालतले केहीलाई जन्मकैद, केहीलाई धरौटीमा रिहा र केहीलाई सफाइ दिएको थियो।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...