नेपालकै एक मात्र घुमन्ते समुदाय हो, राउटे। एकै ठाउँमा नबस्ने, लेखपढ नगर्ने र खेतीपाती नगर्ने राउटे समुदायका बारेमा आम मानिसका अनेकथरी धारणाहरू छन्।
हामीले राउटेको रीति, रिवाज, संस्कृति र जीवनशैलीका बारेमा बेला–बेलामा जानकारी दिने गरेका छौं। यो पटक हामी राउटेले नयाँ वर्षलाई कसरी मनाउँछन् भन्ने बारेमा जानकारी दिँदैछौं।
राउटे समुदायको नयाँ वर्ष पनि वैशाख एक गतेबाट सुरु हुन्छ। नयाँ वर्षलाई उनीहरु चार दिनसम्म मनाउँछन्। सुरुका तीन दिन दिउँसो बस्तीमा पुरुषहरू हुँदैनन्।
बराहताल–८ स्थित राउटे बस्तीमा वैशाख २ गते पुग्दा महिला मात्रै थिए। तस्बिर: नगेन्द्र उपाध्याय/नागरिकबिहान उज्यालो नहुँदै पाँच वर्षमाथिका पुरुषहरू सिकार खेल्न जानुपर्छ। उनीहरु रात परेपछि मात्रै बस्तीमा फर्किन पाउँछन्।
वृद्ध उमेरका र हिँड्न नसक्ने राउटे पुरुषहरूलाई बोकेर भएपनि बस्ती नदेखिने ठाउँमा लगेर राख्ने गरिन्छ। जहाँ महिला र बालिकाहरू जाँदैनन्। तीन दिनसम्म श्रीमान्–श्रीमतीबिच बोलचाल हुँदैन।
‘राति खाना खाँदा पनि इसाराको प्रयोग हुन्छ,’ मुखिया सूर्यनारायण शाहीले भने, ‘तीन दिन नबोल्यो भने वर्षभरी झगडा नहुने भएकाले यसो गरेका हौं।’
नयाँ वर्षमा सिकार (बाँदर) पर्यो भने वर्षभरी सिकार पाइन्छ भन्ने मान्यता राउटे समुदायमा छ। ‘नयाँ वर्षको सुरुमा सिकार पर्यो भने वर्षभरी सिकार पाइन्छ,’ मुखिया सूर्यनारायणले भने, ‘तीन दिन पाँच वर्षमाथिका सबै पुरुषहरू अनिवार्य शिकार जानुपर्ने नियम पुर्खादेखिकै हो।’
यो तीन दिन राउटेले मदिरा सेवन गर्दैनन्। ‘सिकार खेल्न जानुपर्ने भएकाले रक्सी (मदिरा) खान मिल्दैन,’ उनले भने, ‘खाएर गएपछि बाँदरलाई लखेट्न सकिँदैन।’
पुजारीकै घरमा हुन्छ बास
वैशाख १ गते राति पाँच वर्ष मुनिका बालबालिका र आमाहरू पुजारीको घरमा बास बस्नुपर्ने नियम राउटे समुदायमा छ। रातभर पुजारीले बालबालिकालाई मन्त्र गर्ने र विभिन्न विधिहरू सिकाउने गर्छन्।
यो नयाँ वर्षमा राउटे समुदाय दुई ठाउँमा बाँडिएका छन्। बराहतालमा रहेको राउटे बस्तीमा लालबहादुर शाही र वीरेन्द्रनगरमा रहेको राउटे बस्तीमा भक्तबहादुर शाही पुजारी छन्।
‘नयाँ वर्षको दिन बिहानै पाँच वर्षमुनिका बालबालिका भएको घरदेखि पुजारीको घरसम्म बाटोसमेत लिपपोत गर्ने र बालबालिका भएका घरमा लिपपोत गरेर खरले बार्ने गरिन्छ,’ उनले भने, ‘राति आमा र पाँच वर्षमुनिका बालबालिकाहरू पुजारीकोमा गएर बस्ने प्रचलन छ।’
पुजारीले बालबालिकाको लामो आयुको कामना गर्दै पूजा गर्छन् त्यो राति पुजारी आफैले खाना पकाएर बालबालिकाहरूलाई खुवाउँछन्।
पाँच वर्षमुनिको बच्चा हुनेको खरले बारिएको घर । तस्बिर: नगेन्द्र उपाध्याय/नागरिकराउटे समुदायमा पाँच वर्षमुनिका बालबालिकालाई गाडी चढाउने चलन छैन। नयाँ वर्षको राति पुजारीले पाँच वर्ष पुगिसकेका बालबालिकालाई गाडी चढ्नका लागि अनुमति प्रदान गर्छन्। पाँच वर्ष पूरा भएर १६ वर्ष पूरा नहुँदासम्म राउटे बालबालिकाले फल दिने रुख–बिरुवा काट्न पाउँदैनन्।
पाँच वर्षमुनिका छोराछोरी हुने आमा–बुवा समुदाय र बाह्य समुदायसँग पनि बोलचाल गर्दैनन्। ‘अरुसँग बोल्यो भने बच्चाको आयु घट्ने, सिकार खेल्न नसक्ने हुन्छ भन्ने मान्यता उनीहरुमा छ,’ राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले भने, ‘तीन दिन बस्तीमा पुरुष हुँदैनन्, पाँच वर्ष मुनिका आमाहरू पनि कसैसँग बोल्दैनन्।’
चौथो दिन होली
हामीहरू फागु पूर्णिमामा होली बनाउँछौँ। तर, राउटे समुदाय वैशाख ४ गते होली मनाउँछ। तीन दिनसम्म सिकार गरेपछि चौथो दिन एक–अर्कालाई रंग दल्ने र खानपिन गरेर रमाइलो गर्ने चलन राउटे समुदायमा छ।
होली खेलेर नयाँ वर्ष मनाउँदै राउटे समुदाय। तस्बिर: नगेन्द्र उपाध्याय/नागरिकचौथो दिनबाट श्रीमान्–श्रीमतीबिच र बाह्य समुदायसँग पनि बोलचाल सुरु हुन्छ। ‘एक–अर्कामा रंग दलेपछि बोलचाल खुल्छ,’ मुखिया वीरबहादुर शाहीले भने, ‘त्यसपछि खानपिन गर्ने र नाचगान गरेर होली मनाउने गछौं।’
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...