चार महिनाअघि गाउँकै चिनजानका पुरुषबाट यौन दुर्व्यवहारमा परेकी सिरहाको नवराजपुर गाउँपालिका– ३ जगतपुरकी एक महिलाको मृत शरीर मंगलबार आफ्नै घरको छानोमा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको छ।
चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहाकी दलित विवाहित महिला मंगलबार आफ्नै घरमा मृत फेला परेकी हुन् । सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलकी मुसहर समुदायकी २४ वर्षीया आनन्दीदेवी सदाय दिउँसो झुन्डिएको अवस्थामा भेटिएकी छन्।
आनन्दीदेवी सदाय (२४ वर्षीया) गत पुस ९ गते बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न गइरहेको बेला जगतपुरकैे पोखरीको डिलमा चिनजानका दुई जना पुरुषले घेरेर शारीरिक सम्पर्क गर्न जबरजस्ती गरेको पीडितकी आमा बिल्टौनदेबी सदायले बताइन् ।
उनले किटान गरेर भनिन्,‘हमर बेटी दिदी घर जाइबेरमे गामेके सञ्जीवकुमार यादव आ ३२ वर्षीय श्यमसुन्दर यादव घेर क जबरजस्ती केलकै(मेरी छोरी दिदीको घर गइरहेको बेला गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले उनलाई घेरा हालेर जबरजस्ती गरेका थिए)। उनका अनुसार आनन्दीलाई उनीहरूले शारीरिक सम्पर्क राख्न प्रस्ताव गर्दा नमानेपछि जबरजस्ती दुवै हात समातेर छेउकै आँप बगैँचामा लगेका थिए । त्यो बेला उनको लुगा समेत च्यातेर शरीरभरि चोटको निसान पारिदिएको बिल्टौनदेवीले सुनाइन् ।
मृतक आनन्दीदेवी सदायकी आमा बिल्टौनदेबी सदायदुई जनाले आनन्दीलाई आँपको बगैँचामै लगेर त्यहीँको परालको (टाल) थुप्रोमा लडाएर कपडा च्यात्दै जबरजस्ती करणी गर्न खोजेको पीडित परिवारको भनाई छ । प्रतिकार गरी उम्केर रुँदै घर आइपुगेकी उनले आमा बिल्टौनदेवीलाई दुबैजनाको नामसहित घटना सुनाएकी थिइन् । त्यसपछि तत्कालै आनन्दीलाई सँगै लिएर आमा बिल्टौन इलाका प्रहरी कार्यालय महेशपुरपत्तारमा जाहेरी दिन गएकी थिइन् ।
दुई वर्षीया छोरीकी आमा आनन्दी पुष ९ गते यौन दुर्व्यवहारमा परेको जानकारी इलाका प्रहरी कार्यालय लक्ष्मीपुरपत्तारीमा गराएकी थिइन् । र, सोही दिन दुई जनाको नाममा किटानी जाहेरी समेत दिएको बिल्टौनदेवीले बताइन् ।
पुष ९ गते नै पीडितले जाहेरी दिए पनि इलाका प्रहरी कार्यालय महेशपुरपत्तारले सो जाहेरी दर्ता भने गरेन । प्रहरीले फागुन २५ गते मात्र जाहेरी जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता गरेको थियो ।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुरपत्तारीले लामो समयसम्म पीडितको जाहेरी मात्र नगरिदिएको होइन जाहेरीमा उल्लेखित आरोपितहरू समेत पक्राउ गर्न सकेन । आरोपितहरू अझसम्म पक्राउ परेका छैनन् ।
यौन दुर्व्यवहार भएको लामो समयसम्म प्रहरीले जाहेरी दर्ता नगरेपछि गाउँकै केही व्यक्तिले मिलापत्र गर्न पीडित पक्षलाई दबाब दिँदै आएका थिए ।
आनन्दीकी श्रीमान् वैदेशिक रोजगारीमा भएकाले उनी एक वर्षदेखि छोरीसहित माइतीमै बस्दै आएकी थिइन् ।
बिल्टौनदेवीका अनुसार गाउँकै केही अगुवाहरू रकम लिएर गाउँमै मिल्न र नमिले उल्टै मुद्दा लगाइदिने धम्की दिँदै आएका थिए । ‘उनीहरूले केही पैसा लिएर मिलिहाल भनेर हामीलाई लोभ्याउँथे, नमिल्ने भनेपछि धम्क्याउँथे,’ उनले भनिन्, ‘हामीले नमान्दा उल्टै मुद्दा लगाउँछु भन्ने गरेका थिए ।’
फागुन २५ गते जाहेरी दर्ता भएपछि फागुन २६ गते सिरहा जिल्ला अदालतबाट आरोपितबिरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर आरोपितहरूलाई पक्राउ गर्न प्रहरी अझसम्म असफल छन् । आरोपितको घरमा प्रहरी पुग्दा उनीहरू फेला नपरेको महेशपुर पतार प्रहरीका प्रमुख प्रहरी निरीक्षक रविनराज मैनालीको दाबी छ । आरोपित पक्षबाट आफूहरूलाई फसाइएको भन्ने कुरा आएपछि जाहेरी दर्ता गर्न समय लागेको प्रहरी निरीक्षक मैनालीको तर्क छ । ‘हामीकहाँ जाहेरी आएपछि आरोपित पक्षबाट अनाहकमा फसाइएको कुरा आयो,’ मैनालीले भने, ‘त्यसपछि अनुसन्धान गर्न थाल्यो । त्यस कारण मुद्दा दर्ता गर्न समय लागेको हो ।’
मृतककी आमा बिल्टौनका अनुसार आरोपितहरू गाउँमै घुमे पनि प्रहरीले पक्राउ गरेनन् । ‘हमसब न्यायके खोजीमे प्रहरीके ढोका ढकढकौली (हामी न्याय माग्न प्रहरीको ढोका ढाकढक्यायौंं लेकिन प्रहरी अमरा सबके मोजरे नै केलकै (तर प्रहरीले हामीलाई गन्दै गनेन),’ उनी भन्छिन्, ‘ दोषीके पक्राउ कर छोइर क प्रहरी हमरे सबके उल्टासिधा कहैमे समय बर्बाद क देलकै(दोषीलाई पक्राउ गर्नुभन्दा पनि हामीलाई नै उल्टासिधा पढाउनमा प्रहरीले समय बर्बाद गर्यो) । दोषीलाई कारबाही नहुँदा हामी समाजमा अत्याचार सहेर र बेइज्जत भएर बस्नुपर्ने स्थिति बनेको उनले सुनाइन् ।’
‘प्रहरी न्याय देबमे अबेर केलाके कारण हमर बेटी प्राण त्याग मजबुर भेलै (प्रहरीले न्याय दिलाउन ढिला गरेकै कारण मेरी छोरी प्राण त्याग्न बाध्य बनेको हो )’ बिल्टौनदेवीले भक्कानिँदै भनिन्, ‘हमर बेटीके जान जाइमे प्रहरीके ओझरी कारण छै( मेरो छोरीको ज्यान जानुमा प्रहरीको आलटाल कारण हो) ।’
‘घटनाको जिम्मेवारी इलाका प्रहरी कार्यालय महेशपुरपतारीले लिनुपर्ने सदाय समुदायका अगुवा एवं अधिवक्ता रामसुफल सदाय भन्छन्, ‘यौन दुर्व्यवहार जस्तो घटनामा पीडितले न्यायका लागि महिनौँ प्रहरीको ढोका ढकढक्याउनुपर्दाको अवस्था कति पीडादायी होला ? उनले भने, ‘यस घटनामा प्रहरीले आरोपितमाथि कानुनी कारबाही गर्न ढिलासुस्ती गर्दा र समाजबाट धाकधम्की र प्रलोभनजन्य पीडा खप्न नसकेर आनन्दीले प्राण त्यागेको देखिन्छ ।’
घटना मुचुल्का गरी शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय महेशपुरपतारले जनाएको छ । प्रहरीका अनुसार घरमा कोही नभएको अवस्थामा आनन्दी छानोमा सल बेरेर झुन्डिएको अवस्थामा भेटिएकी हुन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताए । ‘घटना मुचुल्का गरी शव पोस्टमार्टमका लागि पठाएका छौँ,’ उनले भने, ‘यस विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।’
पीडित पक्षले शव बुझ्न मानेका छैनन् । घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको विश्वस्त आधार नभएसम्म शव नबुझ्ने अडान पीडित पक्षको छ ।
यता, प्रहरीले पीडित पक्षलाई शव बुझ्न दबाब दिइरहेको जनाइएको छ । प्रहरी उपरीक्षक शर्माले भने प्रहरीले दबाब नभई पीडित पक्षलाई शव बुझ्न मात्र भनिरहेको छ । दोषीमाथि कारबाही हुने विश्वास पीडित पक्षलाई दिएका छौँ, उनले भने ।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...