कपिलवस्तुको ६ पालिकामा छैन दमकल
२६ चैत्र २०८१
•
२ मिनेट पाठ
कपिलवस्तुको ६ पालिकामा छैन दमकल
हावाहुरीको मौसमसँगै कपिलवस्तुमा आगलागीका घटना बढेका छन् । गहुँ काट्ने बेलामा अहिले गहुँ खेतमा समेत आगलागी हुँदा कृषकहरूले लाखौँको गहुँ जलेर नष्ट भएको छ । तर आगो निभाउन आवश्यक दमकल नहुँदा आगलागी समय मै नियन्त्रण हुन नसकेकाे स्थानीयबासीको गुनासो छ । १० पालिका रहेको कपिलवस्तुमा६ पालिकामा दमकल नै छैन ।




कपिलवस्तु, बाणगंगा, शिवराज र कृष्णनगर नगरपालिकामा मात्र दमकल छन् । यस्तै बुद्धभुमी र महाराजगंज नगरपालिका तथा यशोधरा, मायादेबी, बिजयनगर र सुद्धोदन गाउँपालिकामा दमकल नै छैन । गर्मी सिजन सुर भए पछि बिजयनगर, सुद्धोदन र यशोधरा गाउँपालिकामा आगलागीका घटना बढी भएको प्रहरीले जनाएको छ । 

कपिलवस्तु नगरपालिकाका दमकल चालक मैसाद पठानले एक साता यता सुद्धोदन, मायादेबी र यशोधरा गाउँपालिकामा आगलागीका घटन बढी भएको बताए । कपिलवस्तु नगरपालिको दमकलले यशोधरा, मायादेबी, सुद्धोदन गाउँपालिका तथा महाराजगंज र बुद्धुभुमी नगरपालिका सम्म समेत सेवा दिन परेको उनले बताए । 

आगलागीका घटना बढेकोले अहिले आफू समय मै पुग्न निकै गाह्रो परेको बताए । दिनहुँ हुने आगलागीका घटनाले गर्दा कपिलवस्तु नगरपालिको एक मात्र दमकललाई अहिले आगो निभाउन भ्याई नभ्याई छ । हावाहुरीको मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै गएका छन्  । दमकल चालक पठानले दिनहुँ हुने आगलागीको घटनाले गर्दा अहिले भ्याई नभ्याई भएको बताए । ‘ एक ठाउँमा जाँदा अर्को ठाउँबाट फाेन आउँछ, त्यसले समयमै घटना स्थल पुग्न निकै गाह्रा परेको  छ ’ उनले भने ‘ हाम्रो बाध्यतालाई कसैले बुझ्दैनन्, हामीलाई नै गैर जिम्मेवार भनेर दोष लगाउने गर्छन् ’  घटना स्थल नजिक भए दमकल चाँडो पुग्ने गर्छ  तर टाढा भए दमकललाई समयमै घटना स्थलमा पुग्न मुस्किल पर्ने उनले बताए ।

सुद्धोदन गाउँपालिकाको सिसहनीय र मुरफुटवान गहुँ खेतमा लागको आगो निभाउन आफुले भरपुर प्रयास गरेको बताए । त्यहाँ पुग्न  अलि समय लागकोले केही समस्या भएको उनले बताए । एक साता यता कपिलवस्तुको सुद्धोदन गाउँपालिका, यशोधरा, कृष्णनगर र बिजयनगरमा लागको आगलागीबाट मात्र ३० लाख बढी मूल्यका गहुँ बाली जलेर नष्ट भएका छन् । यस्तै बिजयनगरमा १५ दिन भित्र २ स्थानमा भएको आगलागीबाट मात्र २० लाख बढीको धनमाल जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय अनुसार गर्मी सिजन सुरु भए यता मात्र कपिलवस्तुमा एक दर्जन बढी स्थानमा आगलागीका घटना भएका छन् ।

कपिलवस्तु नगरपालिकाले दमकल सञ्चालन गर्न गाह्रो भएको जनाएको छ । कर्मचारीलाई तलब, तेल मर्मतमा अत्यावश्यक सेवाका रुपमा रहेको दमकल सञ्चालन गर्न गाह्रो परको नगरपालिकाका लेखा अधिकृत बलराम न्यौपानेले बताए । उनले दमकल संचालनका लागि छिमेकी पालिकाले समेत रकम उपलब्ध गराउनु पर्ने बताए । सरकारले दमकल खरिदका  अनुदान समेत दिने गरे पनि  खरिद गर्न तत्परता देखाइँदैन । उता बुद्धुभुमी नगरपालिकाले दमकल खरिदका लागि आवश्यक प्रकृया अघि बढाएको जनाएको छ ।  जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले सबै पालिकाले दमकलेका व्यवस्था गर्नु पर्ने बताए । यस बारे बारम्बार बिपद व्यवस्थापन समितिका कुरा उठ्ने गरेको र पालिका प्रमुखहरूले किन्ने प्रतिबद्धता जनाउने गरेको बताए । उनले दमकल नभएका ६ पालिकालाई दमकल किन्नकालागि पुन: आग्रह गर्ने उनले बताए । 
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १५ सेकेन्ड अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
यो पनि पढौँ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस