पाल्नै गाह्रो भूमि आयोग
२३ चैत्र २०८१
•
३ मिनेट पाठ
पाल्नै गाह्रो भूमि आयोग
भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले गठन गरेको भूमि आयोग महँगो साबित हुने देखिएको छ। आयोगका पदाधिकारी र कर्मचारीको तलबभत्ताका लागि मात्र कम्तीमा वार्षिक ५६ करोड रूपैयाँ चाहिन्छ।




आयोगका प्रवक्ता सनतकुमार कार्कीका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि भूमि व्यवस्था मन्त्रालयले ५५ करोड रूपैयाँ सिलिङ (सीमा) राखेर बजेट तयार गर्न आयोगलाई निर्देशन दिएको छ। ५५ करोड रूपैयाँको सिलिङभित्र रहेर बजेट तयार गर्न नसकिने कार्कीले बताए। ‘५५ करोड रूपैयाँले हामीलाई पुग्दैन। पदाधिकारी तथा कर्मचारीलाई तलबभत्ता खुवाउन मात्र ५५ करोडले पुग्दैन। अरू काम कसरी गर्न सकिन्छ?’ कार्कीले भने, ‘मन्त्रालयले ५५ करोड रूपैयाँभन्दा बढी दिन सक्दैनाै भनेको छ।’

भूमि आयोगले केही दिनअघि देशभरिका जिल्ला आयोगमा एक हजार कर्मचारी भर्ना गरेको छ। ३५ जिल्लामा एकएकजनाका दरले कार्यालय सहयोगी भर्ना गरिएको छ। आयोगले भर्ना गरेका एक हजार कर्मचारीमा ६ सय अमिन र चार सय सर्वेक्षक छन्। केही दिनभित्रै थप ५५ जना कम्प्युटर अप्रेटर भर्ना गर्ने तयारी भएको कार्कीले बताए।

आयोगमा पदाधिकारी मात्र केन्द्रदेखि जिल्लासम्म गरी तीन सय १६ जना नियुक्त गरिएका छन्। त्यसमा केन्द्र र जिल्लामा कार्यरत कर्मचारीसमेत जोड्ने हो भने एक हजार चार सयजति कर्मचारीलाई आयोगले तलबभत्ता दिनुपर्ने हुन्छ। प्रत्येक जिल्लामा ४/४ जनाका दरले पदाधिकारी भर्ना गरिएको छ।

आयोगको केन्द्रीय कार्यालयमा एक सहसचिव, चार उपसचिव, चार नापी अधिकृतसहित करिब ५० जना कर्मचारीको दरबन्दी कायम गरिएको छ।

आयोगका अनुसार केन्द्रमा भूमि आयोगका अध्यक्षले राज्यमन्त्रीसरह, उपाध्यक्षले सहायक मन्त्रीसरह र सदस्यले सचिवसरह तलब–सुविधा पाउने व्यवस्था गरिएको छ। जिल्लामा अध्यक्षले सहसचिवसरह र सदस्यले उपसचवसरह तलब सुविधा पाउने प्रबन्ध मिलाइएको छ।

सोही व्यवस्थाअनुसार उनीहरूले भत्ता तथा दैनिक भ्रमण भत्ता पाउँछन्। आयोगको केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, उपाध्यक्ष सनतकुमार कार्की तथा सदस्यहरू जगत बस्नेत, टेकबहादुर शाह, गोवर्धन कोली, गुन्जबहादुर खड्का, अनिलकृष्ण प्रसाई र आरती भण्डारी छन्।

आयोगका अनुसार अहिलेसम्म १३ लाख ५० हजार सुकुमवासी परिवारले आफू बसिरहेको जग्गाको लालपुर्जा माग गर्दै निवेदन दिएका छन्। प्राप्त निवेदनमध्ये १० लाख ९६ हजार चार सयलाई आयोगले आफ्नो प्रणालीमा दर्ता गरिसकेको छ।

दर्तामध्ये ८६ हजार तीनसय भूमिहीन दलित, एक लाख ६७ हजार सुकमवासी र बाँकी अव्यवस्थित बसोबासी भएको बताइएको छ। आयोगका अनुसार सबैभन्दा बढी निवेदन दिनेमा कैलालीका छन्। कैलालीमा एक लाख ३० हजार परिवारले लालपुर्जा माग गर्दै निवेदन दिएका छन् ।

प्रवक्ता कार्कीका अनुसार आयोगले छुटेकाका लागि फेरि निवेदन माग्ने तयारी गरेको छ। यसअघि केशव निरौलाको अध्यक्षतामा गठन भएको आयोगले निवेदन माग गर्दा एउटा पनि निवेदन नपरेको जिल्लामा समेत अहिले आयोग गठन गरिएको छ।

अहिलेसम्मको तथ्यांकअनुसार हुम्ला र पूर्वी रुकुममा सुकुमवासी र अव्यवस्थित बसोबासी परिवार छैनन्। एउटा पनि निवेदन नपरेका जिल्लामा पनि भूमि आयोग बनाएर अमिन, सर्वेक्षकसहितका कर्मचारी खटाइएको छ।

मन्त्रिपरिषद्को गत कात्तिक १३ गते बसेको बैठकले रिजालको अध्यक्षतामा केन्द्रमा भूमि (सुकुमवासी) समस्या समाधान आयोग गठन गरेको हो। यो २३औं आयोग हो। यो आयोग बनाउन सरकारले भूमि समस्या समाधान आयोग गठन आदेश असोज १४ गते पास गरेको थियो।

यसअघि निरौलाको अध्यक्षतामा २०७८ भदौ २५ गते गठित राष्ट्रिय भूमि आयोगलाई सत्ता गठबन्धन फेरिएपछि पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारले २०८० चैत ८ गते खारेज गरेको थियो। त्यसपछि नयाँ आयोग गठन प्रक्रिया अघि बढाइएको थियो। तर सरकारको उक्त निर्णयविरुद्ध पुरानो आयोगका दुई केन्द्रीय सदस्य गोवर्धन कोली र टेकबहादुर शाहीसहित १७ जनाले २०८० चैत २३ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

सर्वोच्चले २०८० चैत २५ गते नयाँ भूमि आयोग गठन नगर्न र निरौला नेतृत्वको आयोगलाई यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गरेको थियो। त्यसपछि नयाँ भूमि आयोग गठन प्रक्रिया रोकिएको थियो। तर अदालतमा मुद्दा दायर गरेका पुराना सदस्यले मुद्दा फिर्ता लिएपछि नयाँ आयोग बनाउन मन्त्रिपरिषद्ले गठन आदेश पास गरेको थियो।
अर्को समाचार
उद्योगलाई महसुल तिर्न प्राधिकरणद्वारा फेरि ताकेता
२७ भदौ २०८१
•
३ मिनेट पाठ
उद्योगलाई महसुल तिर्न प्राधिकरणद्वारा फेरि ताकेता
लामो समयदेखि पेचिलो बनेको डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले फेरि महसुल तिर्न उद्योगीलाई पत्राचार गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा लाइन काटेका उद्योगमा लाइन जोड्न निर्देशन दिएपछि भदौको दोस्रो साता लाइन जोडेको प्राधिकरणले फेरि कात्तिक ८ गतेभित्र महसुल बुझाउन पत्र पठाउन सुरु गरेको हो।




उद्योगीले तिर्नुपर्ने बक्यौता करिब साढे ६ अर्ब रहेको प्राधिकरणको दाबी छ। संसद्को सार्वजनिक लेखा समितिमा पुगेर अल्झिएको विवाद विधिवत रूपमा नटुंगिएपछि प्राधिकरणले पत्राचार गरेसँग थप बल्झिने देखिएको छ। डेडिकेटेड’ लाइन विवादमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप चल्दै आएको छ।

प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको सुविधा बापत लिएबापतको बक्यौता रकम तिर्न ताकेता गर्दै वितरण केन्द्रहरू मार्फत कात्तिक ८ गतेभित्र बक्यौता तिर्न आग्रह गरेर बुधबार पत्राचार गरेको छ।

प्राधिकरणले गत असार १० गते ६१ वटा उद्योगलाई बक्यौता रकम १५ दिनभित्र बुझाउन पत्र काटेको भए पनि उद्योगीले रकम तिर्न मानेनन्। प्राधिकरणले असार २६ देखि २८ गतेसम्म अर्घाखाँची सिमेन्ट, जगदम्बा सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, जगदम्बा सिन्थेटिक, हुलास स्टिल र घोराही सिमेन्ट उद्योगको लाइन काटेपछि विवाद चर्किएको थियो। ६ अर्ब ६० करोड ७८ लाख रूपैयाँको बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काटेको लाइन जोड्न निर्देशन दिएपछि प्राधिकरण सञ्चालक समितिले गत साउन ८ गते उद्योगको लाइन जोडेको थियो। प्राधिकरण सञ्चालक समितिले तीन महिनामा बक्यौता उठाउने लाइन जोड्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहमत भएका थिए।

प्राधिकरण र उद्योगीबीच नौ वर्षदेखि जारी ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद सुल्झाउन सरकारले पहल गरे पनि अझै टुंगो लाग्न सकेन। सरकारले गठन गरेको लाल आयोगको प्रतिवेदन अनुसार उद्योगी विद्युत् महसुल तिर्न तयार रहेको बताए पनि प्राधिकरणले लाइन काटेको उद्योगी बताउँछन्।

आयोगले उपभोक्ता हित संरक्षणसम्बन्धी निर्देशिका, २०८० अनुसार निर्देशिकाको दफा १३ को उपदफा १० बमोजिम गुनासो समाधान हुनुअघि उपभोक्ताको विद्युत् आपूर्ति विच्छेद गर्न नपाइने कानुनी व्यवस्थालाई टेकेर बिजुली जोड्न निर्देशन दिएको थियो।

डेडिकेडेट फिडर र ट्रंक लाइनमार्फत वितरण गरिएको विद्युत् महसुल दरको भुक्तानीलाई लिएर २०७५ सालदेखि विद्युत् प्राधिकरण र उद्योगीहरूबीच विवाद हुँदै आएको छ। प्राधिकरणले यही विषयमा पटक पटक लाइन काट्दै जोड्दै आएको छ।

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद सुल्झाउन सरकारले आयोग गठन गरेको थियो। उद्योगीहरूले ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ विवाद सम्बन्धमा अध्ययन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक आयोगको सिफारिस कार्यान्वयन गर्न माग गर्दै आएका छन्।

लाल आयोगले २०७२ साउनदेखि पुससम्म तथा २०७५ वैशाखपछि थप महसुल तिर्नु नपर्ने सिफारिस गरेको छ। आयोगले डेडिकेटेडका हकमा २०७२ माघदेखि र ट्रंक लाइनका हकमा २०७३ साउन १ देखि कानुन अनुसार प्रमाण पुर्‍याएर महसुल उठाउन सिफारिस गरेको थियो।

मन्त्रीपरिषद्ले आयोगको सिफारिस अनुसार महसुल उठाउन निर्देशन दिएको थियो। उद्योगीहरूले आफूले बिजुली प्रयोग गरेको प्रमाण दिन प्राधिकरणलाई आग्रह गर्दै आएका छन् ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस