दुर्लभ रेडपान्डाबारे जनचेतना जगाउन महोत्सव
१९ चैत्र २०८१
•
२ मिनेट पाठ
दुर्लभ रेडपान्डाबारे जनचेतना जगाउन महोत्सव
विश्वकै दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) संरक्षणबारे चेतना जगाउँदै पर्यटन प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ । इलामको सन्दकपुर गाउँपालिकामा दोस्रो सन्दकपुर रेडपान्डा महोत्सव सुरु भएको हो ।




चार दिनसम्म चल्ने महोत्सवको उद्घाटन इलाम क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले गरे । रामसार सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय स्थल माइपोखरीमा आयोजित समारोहमा महोत्सव उद्घाटन गर्दै बस्नेतले रेडपान्डाका माध्यमबाट पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बताए । ‘इलाम त्यसै पनि पर्यटकीय छ, जुन सिजनमा पनि इलाम पर्यटकका लागि आकर्षक ठाउँ हो,’ उनले भने, ‘अझ, विश्वकै दुर्लभ वन्यजन्तुको वासस्थान रहेको ठाउँ भएकाले जिल्लाका लेकाली क्षेत्र निकै संवेदनशील र आकर्षक पर्यटकीय स्थल हुन् ।’

उनले सन्दकपुरको जैविक विविधता, परम्परागत संस्कृति र अर्ग्यानिक उत्पादन धेरै पर्यटकका लागि आकर्षण रहेको पनि बताए । ‘यहाँ उचित पदमार्ग निर्माण गरी देश–विदेशका पर्यटकलाई लोभ्याउन सकिने ठाउँ छन्,’ उनले भने, ‘तर, जैविक विविधतालाई असर नहुने गरी पूर्वाधार तयार गर्नुपर्छ ।’

कोशी प्रदेशसभा सदस्य खगेश्वरी पौडेल अधिकारीले इलामका पर्यटकीय क्षेत्रमध्ये सन्दकपुर गाउँपालिका जैविक विविधतामा धनी रहेको बताइन् । उनले इलाममा पर्यटक आकर्षित गर्न सबैले सहकार्य गर्नुपर्ने बताइन् । सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले पर्यटन विकासका लागि कुनै एक व्यवसायी, एक ठाउँ, एक क्षेत्र मात्रैले सम्भव नहुने बताए । ‘पर्यटन भनेकै आपसी सहकार्य हो, एउटा मात्रै स्थानीय तहको प्रयासले पनि पर्यटन सम्भव छैन, सबै पालिकासँग हातेमालो गरी अघि बढ्नुपर्छ,’ उनले भने, ‘विभिन्न मेला, महोत्सवहरूले सहकार्य र समन्वयको ढोका खुलाउँछन्, हामीले पनि त्यही प्रयास गरेका हौँ ।’

उद्घाटन अवसरमा रेडपान्डा पदमार्गसमेत उद्घाटन गरियो । र, गाउँपालिकाको वार्षिक पर्यटन पात्रो विमोचन गरियो । महोत्सवका सहभागीले यो पदमार्गमा चारै दिन पदयात्रा गर्ने कार्यक्रमसमेत रहेको सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि लुंगेलीले बताए । ‘रेडपान्डा पदमार्ग चाहिँ सम्भवतः देशमै पहिलो रहेछ हाम्रो,’ उनले भने, ‘हामीले त रेडपान्डा महोत्सव नै दोस्रो पटक गरिरहेका छौँ ।’

सन्दकपुर गाउँपालिकामा रामसार क्षेत्र माइपोखरी, जिल्लाकै अग्लो पर्यटकीय स्थल सन्दकपुर, मेची क्षेत्रकै अग्लो टोड्के झरना, छिन्टापु, गोरुवाले, रेडपान्डा पाइने क्षेत्र चोयाटार वनलगायत दर्जनौँ महत्त्वपूर्ण पर्यटकीय स्थल छन् । त्यति मात्र होइन, सयौँ किसिमका चरा पाइने हाँगेथाम वनदेखि धार्मिक र सांस्कृतिक हिसाबले पनि सन्दकपुर गाउँपालिका जिल्लाको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र मानिन्छ । 
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
५२ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस