संविधानविद् डा. भीमार्जुन आचार्यले गत शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसा र सरकारको बल प्रयोगको घटनामा निष्पक्ष छानबिनको माग गरेका छन्।
उनले निहत्था नागरिकलाई गोली हानेर मारिएको भिडियो फुटेज सार्वजनिक भएको र पत्रकार सुरेश रजकको मृत्युमा रहस्य देखिएको भन्दै सरकारले आफ्नै गृह प्रशासनमाथि तत्काल छानबिन गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल एक्समा डा. आचार्यले लेखेका छन्, 'सरकारले प्रदर्शनमा संलग्न केहीलाई गिरफ्तार गरेर आफ्नो काम सकिएको भान पार्न खोजेको देखिन्छ। बाटोमा फर्कँदै गरेको निहत्था नागरिकलाई गोली हानेर मारिएको भिडियो फुटेज सार्वजनिक भएका छन्। सरकारले अब आफ्नै गृह प्रशासनमाथि यो घटनाको छानबिन गरोस्।' उनले थपे, 'पत्रकार सुरेशजीको मृत्युबारे पनि थुप्रै रहस्य बाहिर आएका छन्। सरकारले यी दुई घटनाको अविलम्ब छानबिन गरोस्। यो समाज अझै पूरै मृत भइसकेको छैन, यो पनि हेक्का राखोस्।'
चैत १५ गते दुर्गा प्रसाईं र नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै तीनकुनेमा प्रदर्शन भएको थियो। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो। प्रहरीको अश्रुग्यास र रबरको गोली प्रयोगका क्रममा कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो भने एभिन्यूज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजक आगजनीमा परेर मृत्यु भएको थियो।
प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरालगायतलाई पक्राउ गरेको छ। प्रदर्शनका नेतृत्वकर्ता दुर्गा प्रसाईं फरार छन्।
हुम्ला। जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
कृषि विकास कार्यालय हुम्लाका अनुसार यस वर्ष जिल्लामा पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ। कूल ६९० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउमध्ये एक हजार ३७७ दशमलव छ मेट्रिक टन जिल्ला बाहिर बिक्रीका लागि पठाइएको कार्यालय प्रमुख चूडामणि पन्तले बताए।
गाउँपालिकागत रूपमा सबैभन्दा बढी सर्केगार्डबाट ५०० मेट्रिक टन स्याउ निकासी भएको छ। त्यस्तै, सिमकोटबाट ४००, खार्पुनाथबाट २००, चङ्खेलीबाट १४०, ताँजाकोटबाट ६७ दशमलव छ, नाम्खाबाट ५० र अदानचुलीबाट २० मेट्रिक टन स्याउ जिल्ला बाहिर गएको छ।
काँचो स्याउको निकासी रोक्न गत साउनदेखि गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको थियो। तर, सिफारिसबिना पनि स्याउ बाहिर गएको सूचना प्राप्त भएकाले वास्तविक कारोबार अझै बढी हुन सक्ने प्रमुख पन्तको भनाइ छ। व्यक्तिगत रूपमा खरिद गरी पठाइएको र जिल्लाभित्रै खपत भएको स्याउको विवरण भने यसमा समावेश नगरिएको बताए।
सडक सञ्जाल विस्तारसँगै हुम्लाको स्याउले जिल्ला बाहिरको बजार पाउन थालेको हो। गत वर्ष करिब रु चार करोडको स्याउ निकासी भएकोमा यस वर्ष कारोबार दोब्बरभन्दा बढी पुगेको छ। स्याउ बिक्रीबाट आम्दानी हुन थालेपछि किसानमा खेतीप्रति उत्साह बढेको स्याउ खरिद बिक्री कारोबार गरिरहेका अदानचुली–३ का अर्जुन फडेराले बताए।
यस वर्ष हुम्लामा ए ग्रेडको स्याउ प्रतिकेजी ६०, बी ग्रेडको ५० र सी ग्रेडको रु ४० मा बिक्री भएको थियो। हुम्लाबाट पहिलोपटक आठ मेट्रिक टन फुजी स्याउसमेत जिल्ला बाहिर बिक्री भएको कृषि विकास कार्यालय हुम्लाको तथ्याङ्कमा उल्लेख गरीएको छ।
यता हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकाबाट मात्रै ११ ट्रक स्याउ निकासी भएको र अबको पाँच वर्षमा कम्तीमा वार्षिक ५५ ट्रक स्याउ निकासी गर्ने गरी स्याउ जोन बनाइएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...