राष्ट्रपति रामचन्द्र पौडेलले महिला सहभागिता र सशक्तिकरणका लागि अहिले गरिरहेको प्रशंसा गरेका छन् ।
शीतल निवासमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसंँगको भेटमा उनले महासंघले आर्थिक क्षेत्रमा महिला सहभागिता र सशक्तिकरणका लागि प्रयास गरिरहेकोप्रति खुशी व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले महासंघले आगामी दिनमा महिला उद्यमशीलता वृद्धि र महिला सशक्तिकरणका लागि थप सक्रिय र प्रभावकारी ढंगले काम गर्ने अपेक्षा व्यक्त गरे । उनले भने, 'नेपालको हरेक राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको क्षेत्रमा नेपाली महिला जगतले महत्वपूर्ण योगदान पुर्याएका छन् । त्यही भएर हाम्रो संविधानले राज्यको हरेक निकाय र क्षेत्रमा महिला सहभागितासँगै समावेशीतालाई प्राथमिकता दिएको छ ।'
यहीँ चैत १४ देखि १८ गतेसम्म काठमाडौंमा हुन गइरहेको आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सफलताको शुभकामना दिँदै राष्ट्रपति पौडेलले मेलाले व्यापार व्यवसाय स्थापना, प्रवर्द्धन तथा विस्तार गरी आफूलाई आर्थिक रुपमा सबल बनाउन र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन योगदान दिने विश्वास व्यक्त गरे । उनले भने, 'यस प्रकारका मेलाबाट नयाँ उद्यमीका लागि उत्प्रेरणा जागृत गराउन र व्यावसायिक अनुभव संकलन गरी महिला उद्यमीको ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्नेछ भन्ने विश्वास लिएको छु ।'
भेटमा महासंघ अध्यक्ष शोभा ज्ञवालीले महासंघको कामकारवाहीबारे जानकारी गराउँदै मेला आयोजना गर्नुको उद्धेश्यबारे स्पष्ट पारेकी थिइन् । भेटमा महासंघ पदाधिकारी र सदस्यहरू सहभागी थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढीलासुस्तीले हाम्रो राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताएका छन्।
संसदीय मामिला पत्रकार समाज आवद्ध पत्रकारहरूसंगको भेटमा उनले संसदमा डेडलकको अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसदप्रति जनताको भरोसा जागृत गराउने बताए।
उनले भने, ‘यसतर्फ संसदीय गतिविधिमा अहोरात्र खटिनुभएका तपाईहरूको भूमिका जनप्रतिनिधि, संसदीय संरचना र संसदीय गतिविधिलाई यसैतर्फ प्रेरित गर्ने खालको हुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’
उनले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्दती नै उत्तम व्यवस्था भएको बताए।
राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको भन्दै संसद र यसका समितिमार्फत आवश्यक कानुन बनाउने र जनताका जल्दाबल्दा समस्याबारे जनप्रतिनिधिले गर्ने कामको सूचना सम्प्रेषण गर्ने तथा खवरदारीको भूमिकामा रहने पत्रकारहरूको दायित्व गहन भएको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...