उपप्राध्यापकको परीक्षामा बदनियत: विशेषको सफाइविरुद्ध अख्तियार सर्वोच्चमा
०५ चैत्र २०८१
•
३ मिनेट पाठ
उपप्राध्यापकको परीक्षामा बदनियत: विशेषको सफाइविरुद्ध अख्तियार सर्वोच्चमा
विशेष अदालतले सफाइ दिएका मध्यपश्चिम विश्वविद्यालयका तत्कालीन परीक्षा समितिका संयोजक एवं मानविकी र सामाजिक शास्त्र संकायका सहायक डिन कमलेश डिसी र सहप्राध्यापक डा. विनयकुमार दासविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।




विशेष अदालतले २०८० माघ २५ गते गरेको फैसलामा डिसी र दासमाथि अख्तियारले लगाएको आरोप पुष्टि हुन सक्ने अवस्था नदेखिएको भन्दै सफाइ दिएको थियो।

अख्तियारले विशेष अदालतको फैसला चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरेको बताएको छ।

‘परीक्षा समितिका संयोजक एवं सहायक डिन कमलेश डिसी र सहप्राध्यापक दासलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा सजाय माग दाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेका थियौं,’ अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले भने, ‘विशेष अदालतले मागदावी नपुग्ने भन्दै फैसला गरेपछि त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका हौं।’

विश्वविद्यालयको मानविकी र सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयद्वारा मिति २०७७ माघ १९ र मिति २०७७ फागुन ५ मा आंशिक तथा करार उपप्राध्यापकहरूको पदपूर्तिका लागि प्रकाशित गरिएको विज्ञापनमा २०७७ चैत ४, ५ र ६ गते सञ्चालन भएको लिखित परीक्षाको उत्तर पुस्तिकामा पटक–पटक केरमेट गरेर घटबढ गर्ने कार्यमा संलग्न रहेको भन्दै डिसी र दासविरुद्ध अख्तियारले अनुसन्धान गरेर विशेषमा मुद्दा दायर गरेको थियो।

‘उत्तर पुस्तिकामा संकेत जनिने गरी देब्रेपट्टि माथिल्लो कुनामा उम्मेदवारको सिम्बोल नम्बर लेखी केरमेट गरिएको देखिएको, उक्त संकेत के कुन समयमा लेखिएको हो भन्ने सम्बन्धमा अङ्ग्रेजी विषयका विज्ञले लिखित परीक्षामा सफल चार जना उम्मेदवारकै उत्तर पुस्तिका अन्तरवार्ता सुरु हुनु अगावै माग गरी सबै उत्तर पुस्तिकाको माथिल्लो भागको बायाँ कुनामा सम्बन्धित उम्मेदवारको सिम्बोल नम्बर लेखी केरमेट गर्ने कार्य विज्ञ डा. विनयकुमार दासले गर्नुभएको भनी शिक्षक छनौट समितिका संयोजक कमलेश डिसीले बयानमा लेखाई दिएकोमा उक्त कुरा प्रतिवादी विनयकुमार दासले आफ्नो बयानमा स्वीकारसमेत गरेको देखिरहेको,’ सर्वोच्चमा दायर गरिएको पुनरावेदनमा भनिएको छ, ‘यस्ता तथ्यहरूतर्फ अनदेखा गरी प्रतिवादीहरूलाई सफाइ पाउने गरी भएको फैसला त्रुटिपूर्ण रहेको छ।’

डा. दासले उत्तर पुस्तिका जाँच गर्ने क्रममा अङ्क प्रदान गर्दा अनुत्तीर्ण हुने प्रकृतिको उम्मेदवारलाई पटक–पटक अङ्क केरमेट गरी बढाएर उत्तीर्ण गराएको र उत्तीर्ण हुने प्रकृतिको उम्मेदवारको उत्तर पुस्तिकामा दिएको अङ्कलाई पटक–पटक केरमेट गरी घटाएर अनुत्तीर्ण गरे/गराएको देखिनुका साथै अन्तरवार्ताको क्रममा अन्तरवार्ता अगावै सहभागी उम्मेदवारहरूका उत्तर पुस्तिका माग गरी सम्बन्धित उत्तर पुस्तिकामा सम्बन्धित परीक्षार्थीको सिम्बोल नम्बर राखेर अङ्क प्रदान गरेको अख्तियारले गरेको अनुसन्धानमा पाइएको छ।

अख्तियारले उत्तीर्णलाई अनुत्तीर्ण र अनुत्तीर्णलाई उत्तीर्ण गराउन बदनियत पूर्वक कार्य गरी उत्तीर्ण हुन सक्नेलाई वैकल्पिक उम्मेदवार बनाई परीक्षाको परिणामलाई फेरबदल गरेको पुष्टि भइरहेकोमा विशेष अदालतले अनदेखा गरी सफाइ पाउने ठहर गरेको फैसला त्रुटिपूर्ण रहेको उल्लेख गरेको छ।

सर्वोच्चमा अख्तियारले दिएको पुनरावेदनमा डिसीले अङ्ग्रेजी विषयको उत्तर पुस्तिका सम्परीक्षणको जिम्मेवारी प्राप्त भएकोमा विज्ञबाट पटक–पटक दिएको अङ्क केरमेट गरी संशोधन गरिएकोसमेत अनदेखा गरी स्वीकार गरेको, अन्तरवार्ताको क्रममा परीक्षण भइसकेको उत्तर पुस्तिका माग गर्दा उपलब्ध गराएको, उम्मेदवार पहिचानका लागि परीक्षण भएका उत्तर पुस्तिकामा परीक्षार्थीको सिम्बोल नम्बर लेखी केरमेट गर्न सहमति जनाएको, उत्तर पुस्तिका सम्परीक्षण गर्दा विज्ञबाट बदनियत साथ भएको अङ्क थपघट गरेको गैरकानुनी कार्यलाई समर्थन जनाई संस्थाको गरिमा र गुणलाईसमेत आँच आउने कार्य गरी भ्रष्टाचार गरेको पुष्टि भइरहेकोमा आरोप दाबीबाट सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण उल्लेख गरेको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२० मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस