धनाहरू 'फरक अनुहार' मात्रै हुन् ?
३० फागुन २०८१
•
३ मिनेट पाठ
धनाहरू 'फरक अनुहार' मात्रै हुन् ?
गत बुधबार सामाजिक सञ्जाल फेसबूकमा धना परियारले लेखिन्- 'अनुहार हेरेर भोट दिने समय हो रे यो। मैले फरक अनुहार बोकेर तपाईंहरूसँग मुकाबिला गर्ने हिम्मत गरेकी छु, साथ दिनुहोस् है!'




धनाले आसन्न चैत ५ गतेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको सन्दर्भमा यो लाइन लेखेकी थिइन्। यो लाइनले पङ्क्तिकारलाई छोयो र इन्बक्स गर्‍यो- 'धनाजी, तपाईंको छोटो स्टाटसले कस्तो छोयो हौ, थप कुरा लेखिपठाउनुस् न बरु।'

धनाले तत्काल आफू एक कार्यक्रममा रहेको र साँझ पठाउने जानकारी गराइन्। मैले जवाफमा हुन्छ भनेँ। साँझ टर्‍यो, ढिलागरी पठाएकामा क्षमा-याचना गर्दै धनाले थप कुराहरू लेखिपठाइन्। त्यसबाट यो सामग्री थप अगाडि बढेको छ।

यो पङ्क्तिकार दैलेखकी धनाको जीवनका उतारचढावबारे धेरथोर जानकार छ। प्रत्यक्ष भेटघाट भएको छैन तर, परोक्ष चिनजान पनि अहिलेको होइन। केही साल बितेका छन्। धना र म फेसबूकमा निकै पहिलेदेखि साथी छौँ। उनका पोस्टहरू देखिरहन्छु, पढिरहन्छु। ती समाज र समयसापेक्ष लाग्छन्। उनका सामाजिक तथा राजनीतिक चेतहरू सन्तुलित लाग्छन्।

यी सबैको सुरुवात धनाले अहिले होइन, निकै साल पहिले गरेकी हुन्। मेरो आग्रहमा उनले लेखिपठाएकी छन्, '२०७७ सालमा चौकुने गाउँपालिका वडा नं. १ को नेपाल राष्ट्रिय माध्यामिक विद्यालयले गरेको अनियमितता, बेथिति र भ्रष्टाचारविरुद्ध आवाज उठाइ त्यहाँका विद्यार्थीहरूलाई नि:शुल्क शिक्षाको लागि पहल गरेकी थिएँ।'

अहिले धना काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्यनरत छिन्। नानीमै लागेको बानी, अहिले पनि उनी निरन्तर सामाजिक कार्यमा छिन्। उनले लेखिपठाएकी छन्, 'सामाजिक कार्यमा निरन्तर छु। महिनावारी सचेतना कार्यक्रम ०७७ सालदेखि अहिलेसम्म निरन्तर नै छ। अपाङ्गता भएका विद्यार्थी तथा व्यक्तिहरूको समतासहितको अधिकारको मुद्दामा मेरो बहस र विद्रोह जारी नै छ।'

जातीय, लैङ्गिक तथा वर्गीय रूपमा हुने विभेदका विरुद्ध उनको एक 'सिग्नेचर' सङ्कल्प छ। जुन कुरा उनले लेखिपठाएकी पनि छन्- 'कि मृत्यु, कि मुक्ति'।

कास, स्ववियु निर्वाचनमा उम्मेदवारसम्म बन्ने प्रेरणा धनालाई यिनै सिग्नेचर सङ्कल्पले दिएको हो। अहिलेका लागि उनी रत्न राज्यलक्ष्मी क्याम्पसमा प्रत्यक्ष सदस्यको उम्मेदवार हुन्। जित्छिन् वा पराजित हुन्छिन्, त्यो एउटा सामान्य प्रक्रिया हो, सन्दर्भ हो। तर, यति भन्नै मन लाग्यो, धनाले जित्दा जातीय, लैङ्गिक र वर्गीय रूपमा हुने विभेद थोरै मात्रै भए पनि मुक्तितिर कसो नलम्किएला, हगि ?

धना शारीरिक रूपमा आम मान्छेभन्दा फरक छिन्। सानैमा जलन खेप्नुपरेको उनलाई जिन्दगीका अरु खाले 'जलन'हरूले छुँदैन पनि। मैले कुनै सन्दर्भमा पढेको हुँ, आफू 'फरक अनुहार'को हुनुकै परिणाम; बुवासँग उनको त्यति राम्रो बोलचाल पनि छैन। खैर, यो बढ्दा पारिवारिक हुनसक्छ। तर, यसले त्यो पनि बताउँछ कि धनाहरू कुन धरातलमा उभिएर सामाजिक, लैङ्गिक तथा वर्गीय समानताका लागि सरिक हुँदैछन्।

जहाँसम्म स्ववियु निर्वाचन र त्यहाँ धनाको उम्मेदवारीको प्रसङ्ग छ। यो निकै गजब कुरा छ। राजनीति र तिनका सञ्चालकका प्रति खासगरी आम युवामा अविश्वास  बढिरहँदा त्यहाँ धनाहरूको सहभागिताभन्दा सुन्दर के हुँदो हो ? यो पनि भनिहालौँ, धनाहरू 'फरक अनुहार'का मात्रै होइनन्, फरक साहसका, फरक जोशका, फरक जाँगरका, फरक मस्तिष्कका र फरक भविष्यका हुन्। फेरि यहाँ अनुहार र कर्मको मिल्ती कहाँ छ ? कहिले थियो र कहिले हुनेछ ?

एक हिसाबले भन्दा स्ववियु नेताहरूको राजनीतिक यात्राको 'फाउन्डेसन' हो। अझ धनाहरूझैँ उच्च राजनीतिक चेत राख्ने युवाका लागि त यो त्योभन्दा बढी हो। यसर्थ, धनाहरू यहाँ हुनुले एउटा फरक स्थितिको प्रतिनिधित्व गर्दछ।

यहाँ मैले धनाको छोटो स्टाटसले छोएपछि यति लेखेँ। ठूलो वा लामो कुरा छैनन्, आफूलाई लागेको कुरा लेखेँ। अहिलेलाई उनका फेसबूक स्टाटसले छोयो। भविष्यमा उनका जितहरूले, उनले गरेका परिवर्तनहरूले, उनले लडिरहेको लडाइँहरूले छोलान्। थप कुर त्यतिबेलै लेखौँला।

मैले केही लेखिपठाउनुस् भनेर गरेको आग्रहको पछिल्तिर धनाले लेखेकी छन्- 'मैले धेरै केही सोच्नै सकिनँ, बुदाँमा यति नै पठाएँ, बाँकी तपाईंको जिम्मामा छाडेँ।'

म पनि तपाईंहरू (पाठक) लाई त्यही भन्छु- केही सोच्नै सकिनँ, बाँकी तपाईंहरूको जिम्मामा छाडेँ। तर, यतिचाहिँ दोहोर्न मन लाग्यो- धनाहरू फरक अनुहार मात्रै होइनन्, फरकका पनि फरक हुन्।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस