होलीमा जबरजस्ती रङ्ग नलगाउन प्रहरीको आग्रह
२८ फागुन २०८१
•
१ मिनेट पाठ
होलीमा जबरजस्ती रङ्ग नलगाउन प्रहरीको आग्रह
फाइल तस्बिर
प्रहरीले रङ्गहरूको पर्व होलीलाई सभ्य, शान्त र मर्यादित बनाउन जबरजस्ती कसैलाई पनि रङ्ग, अबिर नहाल्न आग्रह गरेको छ ।




रङ्ग नलाउन नचाहने, बाटोमा हिडने बटुवालाई दुःख र सास्ती हुने किसिमले रङ्ग अबीर नलगाउन आग्रह गर्दै अटेर गरेको पाइए कारबाही गरिने प्रहरीले जनाएको छ । प्रहरीले सूचना जारी गर्दै मिलनको पर्व होलीलाई मर्यादित, सभ्य र अनुशासित बनाउन आग्रह गरेको हो ।

जबरजस्ती लोला हान्ने, रङ्ग र फोहर पानी छ्याप्ने, होहल्ला गर्ने, मदिरा सेवन गरी झैझगडा गर्ने  लगायतका क्रियाकलाप नगर्न प्रहरीले अपिल गरेको छ । अश्लील र ठुलो आवाजमा डिजे बजाउन र बाटो र राजमार्ग समेत अवरोध हुने गरी होली नखेल्न प्रहरीले सूचना जारी गरेको हो । कानुन विपरीत कार्यहरू गरिएको पाइए प्रचलित कानुन अनुसार कारबाही गरिने जनाइएको छ ।

प्रहरी उपरीक्षक निरंजन दत्त भट्टले सभ्य मर्यादीतरुपमा हाली खेलेर शान्ति सुरक्षा कायम गर्न अपिल गरेका छन् । उता होलीमा हुन सक्ने सम्भावित घटना रोक्न र शान्ति सुरक्षाका लागि प्रहरीले होली विशेष सुरक्षा रणनीति लागु गरेको छ । होलीका दिन एक हजार  प्रहरी परिचालन गरिने भएको छ । होलीका दिन ट्राफिक सहित एक हजार प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक भट्टले बताए । प्रहरीहरू २ सिफ्टमा परिचालन हुने छन् । ठाउँ ठाउँमा मोबाइल गस्ती, पट्रोलिङ समेत गर्ने योजना छ । 
अर्को समाचार
होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा ५२ जना नियन्त्रणमा
३० फागुन २०८१
•
१ मिनेट पाठ
होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा ५२ जना नियन्त्रणमा
होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले ५२ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै १ सय २२ मोटरसाइकललाई कारबाहीमा समेत गरेको छ ।




होलीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने होहल्ला गर्ने, इच्छा विपरीत रङ्ग चल्ने, स्टन्ट देखाउने, मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने , उत्तेजना देखाउनेलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए ।

सबै भन्दा बढी चन्द्रौटा, तौलिहवा र पिपरामा मानिस र मोटरसाइकल कारबाहीमा परेको उनले बताए । नियन्त्रणमा लिइएका व्यक्ति र सवारी साधनलाई ट्राफिक नियम अनुसार कारबाही गरिएको उनले  बताए । सम्भावित घटना र दुर्घटना रोक्न नै प्रहरीले होलीमा यो अभियान चलाएको बताए ।

होली आउन १५ दिन देखि नै आफूहरूले मादक पदार्थ सेवन गरी सवारी नचाउन, २ जना भन्दा बढी नराख्न सूचना जारी गरेको उनले बताए । अटेर गर्नेलाई कारबाही गरिएको उनले बताए । होलीका अवसरमा जिल्लामा अप्रिय घटना भने नभएको प्रहरी उपरीक्षक निरंजनदत्त भट्टले बताए । नियन्त्रण लिइएका व्यक्तिलाई कसुरको मात्र हेरी कारबाही गरिने उनले बताए । 
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock १ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस