सन् २०२० मा आएको कोरोना भाइरसका कारण अर्थतन्त्र तहसनहस हुन पुग्यो। त्यसको असर उद्योगी व्यवसायीलाई नपर्ने कुरै भएन।
अहिले पछिल्लो समय त झन् उद्योगी व्यवसायीको आर्थिक अवस्था नाजुक छ। यसरी उद्योगी व्यवसायी अप्ठ्यारोमा पर्दा पनि समस्या समाधानका लागि सरकारी निकायले पहलकदमी नलिएको जनाउँदै दबाबका लागि पूर्वको इटहरीबाट मझौला तथा साना व्यवसायी सङ्गठित भएका छन्।
बढी मात्रमा बैङ्कहरूले लागु गरेको नीतिका कारण व्यवसाय सञ्चालन गर्न गाह्रो परेको जनाउँदै नियमनकारी निकायलाई उद्योगी–व्यवसायीको हितमा काम गर्न दबाब दिनका लागि मझौला र साना व्यवसायी सङ्गठित भएको सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिइयो। मझौला तथा साना व्यवसायीहरू सङ्गठित भएर भोलाप्रसाद निरौला संयोजक रहेको समिति गठन गरेका हुन्।
पत्रकार सम्मेलनमा विराटनगरका व्यवसायी शशीकरण साहले राज्यलाई कर तिरेपनि मझौला तथा साना व्यवसायीको समस्या कसैले पनि सुनुवाइ गरेका छैनन्।
‘बैंकबाट व्यवसाय चलेको बेला ऋण लिएका थियौं, तर अहिले व्यवसाय चलेको छैन,’ उनले भने, ‘ऋण घर परिवारका सदस्यको गर्जो टार्न लिएको होइन, व्यापार गर्न लिएको हो, व्यापार चलेको छैन।’ उनले अप्ठ्यारो परिस्थितिमा सरकार र बैङ्कले पनि मार्का बुझनुपर्ने बताए। ‘ऋण लिएपछि तिर्नुपर्छ, तर सहज बनाई दिनुपर्छ,’ उनले भने, ‘बैङ्कहरूको मनोमानी छ।’ एनका अनुसार यति बेला बैङ्कहरूले ब्याजदर बढाएका छन्।
साना तथा मझौला व्यवसायी सञ्चालकलाई सरकार, बैंक, परिवार र समाज कसैंबाट पनि सहयोग प्राप्त नभएको अर्का व्यवसायी तारा कट्वालले गुनासो गरे। उनले भने, ‘यही अवस्थामा धेरै साना तथा मझौला व्यवसायी विदेश पलायन हुनुपर्ने अवस्था छ।’
अर्का निमार्ण व्यवसायी कुमार गिरीले व्यवसायी सखाप भए देशलाई नै नोक्सान हुने बताए। ‘यति बेला बैङ्कहरूले पेशेवर गुन्डाहरूको टिम बनाएर ऋणीलाई धम्क्याउने काम गर्छन्,’ उनले भने, ‘केही दिनअघि मेरै ललितपुर घरमा ऋणको सीमा नाघेको बुझ्न माग्दा घरमा टाँसेर सम्पूर्ण गाउँलेलाई डाकेर सार्वजनिक गरेर गए, अनि छोरी र श्रीमतीलाई धम्क्याए।’
उनले सरकारले साना तथा मझौला व्यवसायीलाई बाँच्ने उपाय दिन अपिल गरे। ‘व्यवसायी सिध्याएर कोमाथि राजनीति गर्ने ?,’ उनले भने।
कार्यक्रममा नागरिक बचाउ अभियान इटहरीका संयोजक एवम् मदिरा व्यवसायी शरत तामाङले सरकारी निकायले प्रभावकारी नीति ल्याउनुपर्ने बताए।
सरकारले यतिबेलाको आर्थिक सङ्कटका बेला व्यवसायीका हकहितसँगै उनीहरुलाई अधिकतम सुविधा दिलाउने र आगामी दिनमा व्यवसायीलाई जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि सहयोग गरेर अघि बढ्ने योजना ल्याउनुपर्नेमा उनले जोड दिए।