बुद्धस्थलहरूको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘बुद्ध ज्ञान साइकिल यात्रा’ टोली प्राचीन कपिलवस्तु आइपुगेको छ।
साइकिल सिटी भैरहवाको आयोजनामा रुपन्देहीको भैरहवाबाट सुरु भएको यो यात्रा कपिलवस्तुको प्रमुख ऐतिहासिक तथा बौद्धस्थलहरूमा पुगेको हो।
साइकिल यात्राका क्रममा टोलीले मानव निर्मित जगदिशपुर ताल, सग्रहवा, राजा शुद्धोधनको प्राचीन दरबार तिलौराकोट, केहीन्द बुद्धले ज्ञान प्राप्त गरेको स्थल गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा र भगवान बुद्धले आफ्नो छोरासँग पहिलो पटक भेट गरेको स्थान निग्रोधराम को भ्रमण गर्यो।
जगदिशपुर तालमा जगदिशपुर जलाशय बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङ नेतृत्वको टोलीले यात्रालाई फूलमालासहित स्वागत गरेको थियो। अध्यक्ष गुरुङले बुद्धस्थलसहित तीन जिल्लाका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धनमा यो अभियानले सकारात्मक प्रभाव पारेको बताए।
शुक्रबार सुरु भएको दुई दिने ‘बुद्ध ज्ञान साइकिल यात्रा’ पहिलो दिन नवलपरासीको रामग्राम हुँदै रुपन्देहीको देवदह, बुद्ध मावली भवानीपुर, बौद्धकालीन पाकरी रुख, तिलोत्तमा नगरपालिकाको बनबाटिका, बुटवलको जितगढी किल्ला हुँदै साँझ भैरहवा पुगेको थियो।
दोस्रो दिन यात्रा बसडिलवा शिव मन्दिरबाट सुरु भई शुद्धोदन गाउँपालिकास्थित बुद्धकालीन भुवनेश्वर मन्दिर, गैडहवा ताल, यशोधरा पार्क हुँदै कपिलवस्तु पुगेको हो।
दुई दिने यात्रामा सबैभन्दा कम उमेरका साइक्लिस्ट ८ वर्षीय किस्टोफर श्रेष्ठ र ११ वर्षीया आस्वानी खरेल थिए। जेष्ठ सहभागीमा भारत उत्तराखण्डका ७६ वर्षीय कमल जित दिमन र ७१ वर्षीया बिस्हु दिमन रहेका छन्।
यात्रामा नेपाल, भारत र जर्मनीका १०३ जना साइकिल यात्री सहभागी थिए। प्रसिद्ध विश्व साइकिल यात्री पुष्कर शाह समेत यो यात्रामा सहभागी थिए।
साइकिल सिटी भैरहवाको आयोजनामा हरेक वर्ष सञ्चालन हुने ‘बुद्ध ज्ञान साइकिल यात्रा’ लुम्बिनी पुगेर समापन भएको छ।
आयोजक संस्थाका अध्यक्ष सूर्य कुमार सारु मगरका अनुसार, नेपाल, भारत तथा अन्य देशका सहभागीहरूले पहिलो दिन करिब ८५ किलोमिटर र दोस्रो दिन ९० किलोमिटर यात्रा तय गरेका थिए।
कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले लुम्बिनीको पर्यटन प्रवर्द्धन, स्वास्थ्य, वातावरण संरक्षण तथा व्यापार व्यवसाय वृद्धि गर्नका लागि गत वर्षदेखि ‘बुद्ध ज्ञान साइकिल यात्रा’ आयोजना गरिएको बताए।