धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ले दिएको अभिव्यक्तिप्रति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले निन्दा गरेको छ।
प्रतिष्ठानको मुल गेट पश्चिम तर्फको ग्रिनबेल्ट क्षेत्रमा धरान उपमहानगरपालिकाद्वारा पालिका स्तरीय तरकारी बजारको शिलान्यास गरेको विषयमा रजिष्ट्रार प्राध्यापक डाक्टर सूर्यप्रसाद संग्रौलाले साम्पाङ्सँग कुरा राख्न अनुरोध गर्दा कर्मचारीले जनप्रतिनिधिसँग कुरा गर्ने हैसियत नभएको भनि दिएको अभिव्यक्तिप्रति निन्दा गरेको हो। प्रतिष्ठानका रजिष्ट्रार संग्रौलाद्वारा जारी विज्ञप्तिमा साम्पाङको अभिव्यक्ति सामान्य मानवीय व्यवहार अनुरुपको पनि नभएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘धरान उपमहानगरपालिका प्रमुख स्वयं प्रतिष्ठानको सञ्चालक परिषद्को पदेन सदस्य रहेकाले गर्दा प्रतिष्ठानको संरक्षण र सम्वर्द्धनमा भूमिका निर्वाह गर्नुपर्नेमा एउटा सदस्यले अर्को सदस्यमाथि जुन खाले व्यवहार गरियो, त्यसप्रति निन्दा प्रकट गरिएको छ।’ सरकारबाट प्रतिष्ठानको नाममा नामसारी भइ अहिलेसम्म आफ्नो स्वामित्वमा रहेको जमिन हस्तक्षेप नगर्न र अतिक्रमण नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ। यदि अतिक्रमण नरोकिए कानुनी उपचार खोजिने जनाइएको छ।
धरान उपमहानगरपालिकाको आफ्नै जग्गामा तरकारी बजार नभएको भन्दै मेयर भिजन कोष अन्तर्गतको बजेटबाट साम्पाङ्ले बिहीबार भवन शिलान्यास गरेका थिए। प्रतिष्ठानको ग्रीन बेल्ट क्षेत्रमा भएको भन्दै रजिष्ट्रार संग्रौलाले प्रतिष्ठानको जग्गा भएको जनाउँदै नबनाउन आग्रह गरेका छन्।