अटो रिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनमा परि मोटरसाइकलमा सवार ठाकुरबाबा नगरपालिका–३ का ६० वर्षीय दरवारीया थारुको बिहीबार मृत्यु भएको हो।
ठाकुरबाबा नगरपालिका–३ बगनाहास्थित भुरिगाउँबाट बनकट्टीतर्फ जाँदै गरेको मोटरसाइकललाई बिहीबार साँझ ७ बजेर २० मिनेटको समयमा अटो रिक्साले ठक्कर दिएको प्रहरीले जनाएको छ। सोही ठाउँका ६० वर्षीय माक्खु थारुले चलाएको भे १२ प ११०८ नम्बरको मोटरसाइकलको पछाडि देवारिया थारु सवार थिए।
दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए। घाइते दुवै जनालाई प्रहरीले तत्काल उपचारका लागि नगर अस्पताल भुरिगाउँ पुर्याइएको थियो। चेकजाँच गर्दा पौने ८ बजे देवारीया थारुको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए।
मोटरसाइकल चालक माक्खु थारुलाई थप उपचारका लागि नर्सिङहोम नेपालगञ्ज पठाएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा राति १० बजे ठाकुरबाबा नगरपालिका–२ का ४७ वर्षीय धनिराम थारुले चलाएको भे १ स ८६३२ नम्बरको अटो रिक्साले ठक्कर दिएको खुलेपछि अटो र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।