कपिलवस्तु सदरमुका तौलिहवामाको बजारको केन्द्रमा रहेको ऐतिहासिक र पुरातात्विक महत्व बोकेको शिव मन्दिर हो तालेश्वर नाथ महादेव मन्दिर । करिब २ सय वर्ष पहिले यहाँ ठाउँठाउँमा बगैंचा रहेको थियो । त्यही बगैंचामा कृषकहरुले गाईबस्तु चराउँदा शिवलिंग फेला परको किवंदन्ती छ । शिवलिंग भेटिएपछि पुरी थरका परिवारले मन्दिर स्थापना गरेका थिए ।
बुद्ध जन्मेपछि यही मन्दिरमा दर्शन गराएर बल्लन तिलौराकोट दरबार लगिएको बताईन्छ । गोलाकार रुपमा रहेको यो शिवलिंगलाई सम्राट अशोकले तत्कालीन अवस्थामा गाडेको शिवलिङ समेत हुन सक्ने स्थानीय बताउँछन । लुम्बिनी, निलागकिोट र गोहिटवामा रहेको अशोक स्तम्भसँग मेलखाने भएकाले फेला नपरेको अशोकस्तम्भ समेत हुन सक्ने केहीले अनुमान गरेका छन् ।
हिन्दुहरुको आस्थाको केन्द्र र धामको रुपमा विकसित भएको छ अहिले तौलेश्वरनाथ महादेव मन्दिर । यसलाई सम्भवतः नेपालमै सबैभन्दा अग्लो र ठुलो शिवलिङ मन्दिरका रुपमा लिइन्छ । पुरी परिवारको नाममा रहेको जग्गा अहिले भने मन्दिरको नाममा नामसारी भएको छ ।
मन्दिरमा नित्यपूजाअर्चना र साँझकालीन आरती हुनेगर्छ । श्रावण महिना र महाशिवरात्रीमा मन्दिरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट मन्दिरको दर्शन गर्न श्रद्धालु भक्तजनहरु आउने गरेका छन् । पानी नपरेका बेला असार र साउन महिनामा वर्षाको माग गर्दै जल र दूधसमेत शिवलिंगमा अपर्ण गर्ने गर्छन् । श्रावणी मेलामा भक्तजनहरुले ४ किलोमिटर उत्तरमा रहेको प्राचिन भागीरथी मन्दिरमा स्नान गरी जर्लापर्ण गर्ने गरेका छन् । साउनमा भागीरहथी मन्दिरमा घस्रेर हजारौ भक्तजनहरुले जलापर्ण गर्ने गरेका छन ।
‘मन्दिर प्रति भक्तजनहरुको आस्था र विश्वास बढदै गएको छ, हरेक वर्ष भक्तजनहरुको संख्या निरन्तर बढदै गएको छ,’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार गुप्ताले भने ‘यसको विकासका लागि स्थानीय निकायले समेत चासो दिनुपर्छ ।’