केटाकेटीलाई भगवान्को रूप मानिन्छ। उनीहरूको भोलापन, निस्कपटा र सरलताका कारण सायद उनीहरूलाई भगवान्सँग तुलना गरिएको होला। त्यसैले होला अहिले भक्तपुरका चोक र गलीहरुमा भगवान् र केटाकेटीहरूको रमाइलो खेल हेर्न पाइन्छ।
माघेसंक्रान्तिदेखि सूर्यमढीबाट सुरु भएको मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रामा केटाकेटीले भगवान्लाई जिस्काउँदै गरेको दृश्यले सिङ्गो सहर रमाएको छ।
श्वेत भैरवको रूपमा देखिने भगवान्ले बच्चाहरुलाई लखेट्दै गरेको दृश्यले होस या बच्चासँग रमाउँदै नाच्दै गरेको दृश्य दुवैले सबैको मन फुरुगं बनाउँछ।
यो जात्रामा केटाकेटीले सिट्ठी बजाएर ‘आ आ आ’ गरेर जिस्क्याउने र देवगणले उनीहरूलाई लखेट्ने गर्छ। लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ।
देवगणले केटाकेटीलाई माछा मान्ने गरेका छन्। बच्चासँग रमाउँदै गरेका भगवान्ले बच्चालाई समाएपछि कानमा हल्का समाएर सजाय दिने चलन छ। हाँस्दै गरेका बच्चालाई देखेर सायद भगवान् पनि खुसी हुन्छन्। किनकि भनिन्छ बच्चाको मुस्कानमा पनि भगवान्को बास हुन्छ।
छ महिनासम्म चल्ने यो अनौठो अनि रमाइलो खेल भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिने छ।
माघेसंक्रान्तीबाट भक्तपुरमा सुरु भएको यो जात्रा आगामी साउन महिनाको भलभल अष्टमीसम्म चल्नेछ। जात्रा हेर्नका लागि अहिले हरेक दिन साँझपख भक्तपुरका भिड लाग्ने गरेको छ।
मकुन्डो लगाएर १९ जना देवगण रहने यो नाचमा १३ मकुन्डो रहने र मकुन्डो लगाएर १२ जनाले नाच्ने प्रचलन छ।
नवदुर्गा अर्थात् माछा मार्ने जात्रामा भैरव, महाकाली, बाराही, गणेश, ब्रह्माण्डीय, कुमारी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव र श्वेतभैरवका रूपमा देवगणले नाच्ने गर्छन्।
केटाकेटी र भगवान्को यो अनौठो खेलमा कसैले हार्देनन। बरु प्राचीन सांस्कृतिक नगरी भक्तपुरको सभ्यताले सदैव जित्ने गर्छ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौंमहानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।
त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...