जसले कन्यादान गर्न रक्तदान गर्नुपर्ने शर्त राखे
०७ फागुन २०८१
•
५ मिनेट पाठ
जसले कन्यादान गर्न रक्तदान गर्नुपर्ने शर्त राखे
सुर्खेतको वीरेन्द्रनगरका प्रवाशकुमार शाक्यकी छोरीको हात माग्न २०७८ सालतिर एक परिवार उनको घर पुग्यो। छोरीको हात माग्न आएको परिवारलाई प्रवाशले सोधे, ‘केटाले के काम गर्नुहुन्छ ?’




केटाकी आमाले छोरा इन्जिनियर भएको सगौरव सुनाइन्। प्रवाशलाई ‘इन्जिनियर’ ले चित्त बुझेन। केटालाई सोधे, ‘तपाईंले रक्तदान गर्नुभएको छ ?’ प्रवाशको अप्रत्याशित त्यो प्रश्नले केटी माग्न आएकाहरु अच्चममा परेँ। प्रश्नको उत्तर आएन। अनि भने, ‘रक्तदान गर्नुभयो भने मात्र कन्यादान दिन्छु।’

छोरी माग्न आएको परिवार केही नभनी फर्कियो। केटाले केही दिनपछि रक्तदान गरेको तस्बिर प्रवाशको म्यासेन्जरमा पठाए। म्यासेन्जरमै भने, ‘तपाईंले रक्तदान गर्नुभयो, अब मैले हजुरलाई कन्यादान गिदन्छु, रक्तदान जारी राख्नुहोला।’ प्रवाशले छोरीको विवाह धूमधाम गराइदिए। ज्वाइँले पनि रक्तदानलाई जारी राख्ने सर्त फेरि पनि दोहोर्‍याए।

प्रवाश तिनै व्यक्ति हुन्, जसले आफ्नो जीवनमा ८५ औं पटक रक्तदान गरिसकेका छन्। उनीसँग मिल्ने रगत आवश्यक परे कुनै समय र व्यस्तताले रोक्दैन, बस स्वास्थ्यले साथ दिनुपर्छ।

वीरेन्द्रनगर–९ लाटीकोइली निवासी प्रवाशको रक्तदान कथा लामो छ। उनी २०३४ सालमा बाँकेको नेपालगन्जको घरबारी टोलमा जन्मिए। प्राथमिक तहको विद्यालय शिक्षा सुरु गर्ने बेलामा उनको परिवार सुर्खेत उक्लियो। परिवारको कान्छो छोरा। बुवा पत्रकारिता सँगसँगै सामाजिक सेवामा सक्रिय थिए। आफूलाई रक्तदानमा निरन्तर रहन बुवालेनै प्रेरित गरेका हुन्।

२०५४ सालतिरको कुरा हो। एक दिन पसलमा बसिरहेका बेला उनका साथी लक्ष्मण कँडेल (हाल सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष) आइपुगे।

कँडेलले एकछिन काम छ भन्दै मोटरसाइकलको पछाडि बस्न भने। मोटरसाइकल बजार परिक्रमा गरेर नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्त सञ्चार केन्द्रको गेटमा पुगेर रोकियो। केही दिनअघि उनले रेडक्रसको त्यहीँ भवनको गेटमा पेन्ट गरेका थिए। त्यहाँ पुगेपछि रक्तसञ्चारका प्राविधिक प्रकाश श्रेष्ठले तिम्रो रगत तान्नुपर्ने भयो भने। त्यसो भन्दा उनी डराए।

‘उसले रक्तसञ्चार केन्द्रमा पुर्‍याएपछि म आपत्‌मा परेँ, मलाई त्यतिबेलासम्म रक्तदान गरे भने दुब्लाएर मरिन्छ भन्ने लाग्थ्यो,’ विगत सम्झँदै उनले भने, ‘सुरुमा बोलाउनु भएको प्रकाश श्रेष्ठले सम्झाएर रगत दिन कर गरेपछि मैले डराउँदै रगत दिएको थिएँ।’

रक्त सञ्चारका प्राविधिक श्रेष्ठ (हाल दिवङ्गत) ले मलाई रक्तदानका लागि प्रेरित गर्नु भएको थियो। ‘तिमी दुब्लो/पातलो भएर के भो ? तिम्रो शरीरमा रगत छ त्यसैले तिमीले रक्तदान गर्दा केही हुँदैन, तिम्रो शरीरलाई नै राम्रो हुन्छ,’ उहाँले यसो भनेपछि मलाई पनि केही आँट र हौसला मिल्यो। मैले त्यस दिनदेखि रक्तदान गर्न सुरु गरेको हुँ।

रक्तदान गरेको कुरा सुरुमा बुवालाई गएर सुनाए। त्यो सुनिसकेपछि बुवाको अनुहारमा छाएको खुसी देखेर उनी छक्क परे। उनले केही बोल्न नपाउँदै उनका बुवाले भने, ‘जिन्दगीमा पहिलोपटक पुण्य काम गरिस्।’

बुवाले रक्तदान गर्न नछोड्न पनि सुझाए। त्यसपछि उनले रक्तदानका विषयमा लेखिएका सामग्री खोजीखोजी पढ्न थाले। यसैका विषयमा व्यक्ति संस्थासँग बुझ्न थाले। रक्तदान र दान गरिएको रगतको बारेमा धेरै कुरा बुझे।

‘रगत यस्तो चिज रहेछ, न अस्पतालमा किन्न पाइन्छ, न अन्त कतै,’ उनले भने, ‘त्यति बुझेपछि मैले रक्तदानका अभियानमा सरिक हुँदै गएँ, अहिले अरूलाई पनि रक्तदान गर्न र यसको महत्वका बारेमा भन्दै हिँड्छु।’

मानिसले मानिसको ज्यान बचाउन दिने रगतको महत्वका विषयमा चर्चा गरी नसकिने उनी बताउँछन्। उनी आफैंले जीवनमा कम्तीमा पनि एक सय पटक रक्तदान गर्ने योजना बनाएका छन्। ‘मैले आफ्नो जीवनमा लक्ष्य पूरा नगरेपनि छोरालाई रक्तदान निरन्तर गर्न भन्छु,’ उनले भने।

रक्तदानको सिलसिलामा आफू भारतमा पुगेको र त्यहाँको रक्तदानमा प्रयोग हुने प्रविधि देखेर लोभिएको अनुभव सुनाए। कोभिडको बेला लकडाउनको अवस्था आउँदा पनि उनले बिरामीका लागि चाहिने रगत परिपूर्तिका लागि हिँडडुल गर्न छोडेनन्। पत्रकारितासँग पनि आबद्ध भएकाले आफूलाई त्यही बहानामा रगत जुटाउन कोभिडका बेला हिँडडुल गर्न सहज भएको उनले बताए।

‘कोभिडमा न यातायात चल्थे न त मानिस नै हिँडडुल गर्न पाउँथे, यस्तो बेलामा रगत नपाएका कारण कसैको ज्यान जानु नपरोस् भन्ने मेरो मनमा लागेको थियो,’ उनले भने, ‘पत्रकारको परिचयपत्र लगाएर कहिले अस्पताल त कहिले कतै जान सहज भयो, जे भएपनि त्यो परिचयपत्र मैले कसैको हितकै लागि उपयोग गरेको थिएँ भन्ने लाग्छ।’

एकपटक कर्णाली प्रदेश अस्पतालमा भर्ना भएकी एक जना महिलाका लागि पोजिटिभ र नेगेटिभ दुवै किसिमको रगत आवश्यक परेको रहेछ। प्रवाशलाई मध्यरातमा एक जना महिलालाई रगत आवश्यक परेको भनेर फोन आयो। दुर्लभ रगत चाहिएको भनेपछि उनी पनि आपतमा परे। राति उठेर जान खोजेपछि प्रवाशलाई श्रीमतीले रोक्न खोजिछन्। उनले सम्झाएर श्रीमतीलाई लिएर अस्पताल पुगेर रगतको जोहो गरे।

केही दिनपछि तिनै महिला प्रवाससँग बाटोमा भेटिइन् र भनिन्, ‘तपाईँ त्यो राती नआइदिएको भए आज म यो संसारमा हुने थिएन सायद। त्यो कुराले मलाई थप हौसला दिएको थियो,’ उनले भने।

प्रवाश जतिबेला भेटेपनि साथीहरूलाई एउटै कुरा भन्छन्– रक्तदानचाहिँ गर्नुपर्छ है।

उनको नेतृत्वमा सुर्खेतमा स्वयंसेवी रक्तदाता समाज नामक संस्था बनेको छ। यसको उनी केन्द्रीय सदस्य पनि हुन्। यो संस्थालाई सुर्खेतका स्थापना गरेको उनैले हो।

संस्थामार्फत प्रदेशभर रक्तदानको क्षेत्रमा काम गरिरहेका छन्। कर्णालीमा दानमा दिएका रगतलाई सरकारले बिरामीलाई निःशुल्क दिनुपर्छ भनेर उनले संस्थामार्फत पैरवी गर्दै आएका छन्। संस्थाले रक्तादाताहरुको विवरणसहितको फेसबुक र ह्वाटएप ग्रुप बनाएको छ।

त्यसैमार्फत रक्तदाताहरुको विवरण अद्यावधिक गरिएको छ। सुर्खेतमा मात्रै होइन, अहिले देशभरिबाट रगत चाहियो भने प्रवाशलाई फोन आउँछ। ‘मलाई आउने अधिकांश फोन रगतकै लागि हुन्छन्,’ उनले भने, ‘चौबीसै घण्टा मेरो फोन अन रहन्छ, जहाँबाट फोन आए पनि सकेको सहयोग गर्छु।’

प्रजातन्त्र दिवसको अवसर पारेर कर्णाली प्रदेश सरकारले उनलाई सम्मान पनि गरेको छ। प्रदेश सरकारले ‘रक्तदान जीवनदान’ को सेवा भावलाई आत्मसाथ गर्दै हालसम्म ८५ पिन्ट रक्तदान गरेको भन्दै बुधबार उनलाई सम्मान गरेको हो।

अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३६ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस