बर्दिया एक साता नपुग्दै फेरि अर्को भाले हात्ती पनि मृत अवस्थामा फेला परेको छ। बुधबार ठाकुरबाबा नगरपालिका–३ झरसल्वा सामुदायिक वनमा भाले हात्ती मृत अवस्थामा फेला परेको हो।
झरसल्वा सामुदायिक वनमा मृत अवस्थामा फेला परेको भाले हात्ती अन्दाजी करिब १५ वर्षको हुनसक्ने डिभिजन वन कार्यालयका सुचना अधिकारी राम कुमार चौधरीले बताए।
‘आज फेला परेको हात्तीको मृत्यु करिब पाँच दिन अघि भएको अनुमान छ,’ उनले भने, ‘मृत हात्तीको अहिले नापजोख हुदैछ।’ पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने सुचना अधिकारी चौधरीले जानकारी दिए।
गत शनिबार ठाकुरबाबा नगरपालिका–४ खैलार गाउँ स्थित खेतबारीमा करिब ३० वर्षको भाले हात्ती मृत अवस्थामा फेला परेको थियो।