काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ। आज बिहान काठमाडौँको वायु प्रदूषण १७६ एक्यूआई मापन गरिएको छ।
यसको मापन विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरले गरेको हो।
यस्तै दक्षिण एसियाली मुलुक बंगलादेशको ढाका पहिलो स्थानमा रहेको छ। बिहानसम्म ढाकाको वायु प्रदूषण २०४ एक्यूआई मापन गरिएको छ। भने, भारतको नयाँ दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ। १९९ एक्यूआईसहित नयाँ दिल्ली दोस्रो स्थानमा रहेको हो।
त्यस्तै तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ। यसको वायु प्रदूषण १९२ एक्यूआई मापन गरिएको छ।
काठमाडौं प्रदूषित सहरहरुको सूचिमा सातौं नम्बरमा परेको छ। युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले बिहीबार अपरान्ह सार्वजनिक गरेको विश्वको प्रदूषित सहर सूचकाङ्कमा काठमाडौं सातौं स्थानमा देखिएएको हो। आईक्यूएयरका अनुसार बिहीबार अपराह्न १२ः१९ बजे काठमाडौँको वायु प्रदूषणको मात्रा १५५ आईक्यूआई छ ।
पूदूषित सहरको पहिलो स्थानमा पाकिस्तानको लाहोर (४७७ आईक्यूआई) र दोस्रोमा भारतको दिल्ली (४३७ आईक्यूआई) रहेका छन्। इजिप्टको कायरो, नर्थको म्यासेडोनिया स्कोप्ज, काजकिस्तानको अस्तान, पाकिस्तानको कराँची पनि बढी वायु प्रदूषण हुने सहरको सूचिमा परेका छन्।
स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने वातावरण विभागले जनाएको छ । यस्तै, सो सूचकाङ्क १५१–२०० पुगेमा अस्वस्थ, २०१ – ३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ ।
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन आग्रह गर्दै विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूवाँ धूलोको नियन्त्रण गरी सावधानी अपनाउन आग्रह गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...