सुनसरीको धरान उपमहानगरपालिका-६ पानवारी क्षेत्रमा आइतबार दिउँसो चारकोसे जङ्गलभित्र एक जनाको सडेको अवस्थामा शव फेला परेको छ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुग्दा शव पूर्ण रूपमा सडिसकेको अवस्थामा भेटिएको थियो।
शव पुरुष हो वा महिला भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।
‘चारकोसे जङ्गलभित्र शव फेला पर्नु गम्भीर विषय भएकाले इलाका प्रहरी कार्यालय धरानको टोलीलाई गहिरो अनुसन्धानका लागि खटाइएको छ,’ उनले भने। प्रहरीले शवको पहिचान खुलाउने र घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ।