इटहरीमा एक महिलाको सुनको सिक्री लुटेर निलेको आरोपमा ११ वर्षीय बालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। लुटिएको सिक्री निलेका बालक प्रहरीको निगरानीमा रहेका छन्।
शनिबार इटहरी-३ की ४७ वर्षीय वेदकुमारी खड्काको सुनको सिक्री लुटिएको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्ज-२० का २२ वर्षीय सुनिलकुमार राय र सोही ठाउँका ११ वर्षीय बालकलाई नियन्त्रणमा लियो। अनुसन्धानका क्रममा बालकले सिक्री निलेको खुल्न आयो।
बालकले लुटिएको सिक्री निलेको बताएपछि प्रहरीले उनलाई तुरुन्तै इटहरीस्थित वेदान्त अस्पतालमा भर्ना गर्यो। एक्स-रे गर्दा करिब एक तोलाको सिक्री पेटमै रहेको पुष्टि भयो।
चिकित्सकहरूको अनुसार सिक्री प्राकृतिक रूपमा निस्किने सम्भावना भएकाले उनलाई प्रहरीको निगरानीमा राखिएको इटहरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।