तत्कालीन विद्रोही माओवादी खोज्दै गाउँ पसेको सेनाले भूमिसरा (नाम परिवर्तन) लाई कुटपिट गर्दै घरनजिकैको जंगलमा पुर्याएर बलात्कार मात्रै गरेन, योनिमा लट्ठीले घोच्यो, निर्घात कुटपिट गर्यो। ‘मरी’ भनेर फालिएकी उनलाई केही घण्टापछि गाउँलेहरूले उद्धार गरे। माओवादी द्वन्द्वका बेला सेनाबाट बलात्कृत उनी पाँच वर्ष स्थानीय तहको नेतृत्वमा रहिन्। स्थानीय सरकारको महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दा पनि आफूजस्तै पीडितहरूको पक्षमा काम गर्न नसकेकोमा उनलाई पछुतो लाग्छ।
सेनाको बलात्कार र कुटपिटका कारण उनको पाठेघर सुन्निन्छ, दुख्छ। ‘सशस्त्र द्वन्द्वको पीडा म आफैले भोगें। त्यो पीडा सबैसामु पोख्न पनि सक्दिनँ,’ उनले भनिन्, ‘स्थानीय सरकारको महत्त्वपूर्ण जिम्मेवारीमा हुँदा पनि आफूजस्तै पीडितहरूको घाउमा थोरै भए पनि मलम लगाउन नसक्दा झन् हीनताबोध हुन्छ।’
उनी कार्यक्रममा हुँदा, छलफलमा हुँदा र कोहीसँग हुँदा द्वन्द्वको पीडा भुल्छिन्। एक्लै हुँदा जुन कुराले पीडा दिन्छ, त्यही नै फेरि उनको मानसपटलमा आइदिन्छ। द्वन्द्वका क्रममा सेनाको कुटाइबाट घाइते भएको केही महिनापछि भूमिसराका पतिको पनि मृत्यु भएको थियो।
माओेवादी द्वन्द्वले गाउँदेखि सहर घेर्दै थियो। रुकुमकी मनकलाको परिवारलाई भने द्वन्द्वको कुनै पर्वाह थिएन। गाउँमा दुःख भए पनि एक छोरा र पतिसँग मनकला खुसी थिइन्। एक दिन माओवादी खोज्दै सेना गाउँ पस्यो। पति घरमा थिएनन्। तीन वर्षीय छोरोकै अगाडि तीन सैनिकले उनलाई पालैपालो बलात्कार गरे। सेनाको बलात्कारबाट पीडामा रहेकी मनकला पतिको सान्त्वना चाहन्थिन् तर उल्टै यातना भोग्न थालिन्।
‘सेनाले बलात्कार गरेको थाहा पाएपछि श्रीमान्ले दिनदिनै पिट्न थाल्नुभयो,’ उनले भनिन्, ‘द्वन्द्वमा सेनाबाट बलात्कृत भएको पीडा एकातिर थियो नै, त्यसमाथि श्रीमान्को दैनिक कुटपिटका कारण सास चले पनि लासजस्तै जीवन बिताइरहेकी छु।’
सशस्त्र द्वन्द्वमा यौन हिंसा र शारीरिक यातना भोगेका पीडितहरूले शान्तिप्रक्रिया सुरु भएको यतिका वर्ष बितिसक्दा पनि आफूहरूले न्याय पाउन नसकेको गुनासो गरेका छन्।
उनीहरूले द्वन्द्वपीडितहरूलाई सान्त्वना दिनुको सट्टा पीडामा नुनचुक छर्ने काम भइरहेको आरोप लगाए। ६ दिनकी सुत्केरी हुँदा सेनाबाट बलात्कृत भएकी ती महिलाले आफूहरूले राज्यबाट न्याय पाउनुको अपमान बेहोर्नुपरेको सुनाइन्। ‘सुत्केरी भएको ६ दिन मात्रै भएको थियो। गाउँमा आएको सेनाले घरभित्रबाट थुतेर आँगनमा ल्याएर बलात्कार गर्यो,’ ती महिलाले भनिन्, ‘न्याय माग्दै सत्यनिरूपण तथा मेलमिलाप आयोगमा उजुरी दिँदा पनि आजसम्म सुनुवाइ भएको छैन्। यसले पीडामाथि झन् पीडा थपिएको महसुस भएको छ।’
बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १९ वर्ष पुगिसक्दा पनि द्वन्द्वप्रभावित महिलाहरू, त्यसमा पनि यौन हिंसापीडितहरूले न्याय पाउन सकेका छैनन्। अधिवक्ता गीता कोइरालाले धेरैले घर र समाजबाट तिरस्कृत हुनुपर्ने डरले आफूले द्वन्द्वकालमा भोगेका हिंसा, अझ विशेष गरेर यौन हिंसापीडितहरूले आफ्ना भोगाइ र पीडाहरू बाहिर ल्याउन सम्बन्धित निकायमा उजुरी गर्न सकेका छैनन्। ‘त्यसकारण अहिले पनि धेरै महिला दिदीबहिनी मानसिक रूपमा विक्षिप्त अवस्था छन्,’ उनले भनिन्, ‘सरोकारवाला निकायमा न्याय माग्दै उजुरी दिएकाहरूले पनि न्याय नपाएको देख्दा खुल्न चाहने, पीडा पोख्न चाहने द्वन्द्वपीडितहरू मनमै पीडा दबाएर राख्न बाध्य छन्।’
अधिवक्ता कोइरालाले राजनीति अस्थिरताका कारण द्वन्द्वका पीडितहरूले न्याय पाउन नसकेको बताइन्। ‘राजनीति माउ नीति हो, राजनीति नै अस्थिर हुँदा द्वन्द्वका पीडितहरू झन्झन् पीडामा पर्दै गइरहेका छन्,’ उनले भनिन्, ‘द्वन्द्वपीडितहरूको न्यायका लागि राजनीतिक स्थिरता जरुरी छ।’