पूर्वकै सबैभन्दा बढी कैदी बन्दी रहेको झुम्का कारागार सुनसरीले अस्पतालमा पैसा बाँकी राखेर बिरामीको उपचार गर्दै आएको छ । कारागारका बिरामीका लागि सरकारले भरणपोषण र स्वास्थ्यमा ठुलै रकम खर्च गरेता पनि झुम्कामा भने पैसा अभाव हुँदा अस्पतालसँग पैसा बाँकी राखेर उपचार गर्ने गरिएको हो ।
झुम्का कारागारमा औषधी उपचारका लागि चालु आर्थिक वर्ष २०८१/८२ लागि २५ लाख रुपैयाँ बजेट पठाइएको थियो । अहिलेसम्म सो बजेट सकिएर अब ९३७ रुपैयाँ मात्र बाँकी छ । कारागार प्रशासनले भने १७ लाख २५ हजार रुपैयाँ पैसा चार वटा अस्पताललाई तिर्न बाँकी छ । कारागार प्रशासनका अनुसार विराट नसिंह विराटनगरमा दुई लाख २५ हजार, नोबेल अस्पताल विराटनगरमा सात लाख, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन लाख र जिल्ला अस्पताल इनरुवामा पाँच लाख रुपैयाँ तिर्न बाँकी छ । यी अस्पतालले कारागार प्रशासनलाई पैसा तिर्नका लागि थुप्रै पटक ताकेता गरी सकेता पनि भुक्तानी भएको छैन ।
पछिल्लो समय यहाँका अस्पतालमा उपचार सम्भव नभएपछि पाँच जना ब्रेन हेमरेजका बिरामीलाई थप उपचारका लागि काठमाडौं केन्द्रीय कारागार नै स्थानान्तरण गरिएको छ । यहाँ भएका अन्य थुप्रै बिरामी गम्भीर खालका छन् ।
‘कैदी बन्दीको उपचार गर्नमा जेल प्रशासन गम्भीर छ । तर, सीमित बजेट हुँदा व्यवस्थापन गर्न गाह्रो परेकाले गर्दा अस्पताल प्रशासनसँग पैसा बाँकी राखेरै सहज ढंगले उपचार गर्न सम्झौताका लागि पहल भइरहेको छ,’ झुम्का जेलका जेलर उपसचिव सुभाषचन्द्र लामिछाने भने । उनका अनुसार पहिला पहिला व्यक्तिको नाममा पेस्की लिएर उपचार गर्न पठाउने गरिएको रहेछ, त्यसलाई अब भने कारागारकै नाममा विल काट्न लगाउन थालिएको छ ।
‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अञ्चल अस्पताल विराटनगरसँग जतिसुकै बेला बिरामी लग्दा पनि बाँकी राखेर उपचार गर्ने सहमतिका लागि पहल भइरहेको छ,’ जलेर लामिछानेले भने, ‘दुई वटै सरकारी अस्पताल भएकाले गर्दा सम्झौता हुनेमा आशावादी छौँ ।’
झुम्का कारागारका ब्लक ‘ए’ र ब्लक ‘बी’ मा गरी एक हजार आठ सय कैदी बन्दी छन् । यी कैदीबन्दीमध्ये बिरामीलाई आवश्यकता अनुसार तीन जना हेल्थ अस्सिटेन्ट महमद अफजल, विनोद नेपाल र सुमन खतिवडाले स्वास्थ्य चेकजाँच गर्ने गर्छन् । तर, जटिल खाले बिरामीलाई भने अस्पताल पटक पटक लाने र ल्याउने गर्दा उपचारसँगै यातायात खर्चको भार बढी हुँदा समस्या बेहोर्नु परेको छ ।
झुम्का कारागारमा अहिले ४४७ जना कैदी बन्दी बिरामी छन् । जसमा थाइराइडका १० जना, ब्लड प्रेसरका १३०, सुगरका १५२ जना, दमका २२ जना, मानसिक रोगी ५६ जना, किडनीका २२ जना, मुटुका १६, कोलस्टोलका २५, ग्यास्ट्रिकका तीन, प्रोस्टेटका सात जना, टिभीका तीन र एक जना क्यान्सरका बिरामी छन् । यीमध्ये आठ जना निकै सिकिस्त छन् ।
कारागार ऐन २०७९ मा कारागार कार्यालयले सबै बन्दीलाई सरकारी चिकित्सकद्वारा कम्तीमा दुई महिनामा एक पटक नियमित रुपमा र आवश्यकताअनुसार निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गराउनुपर्नेछ भनिएको छ । केन्द्रीय कारागारमा कैदी बन्दीलाई फास्ट ट्रयाकबाट उपचार सेवा दिन ‘क्यासलेस सिस्टम’ सुरु गरी सकेको अवस्थामा झुम्कामा पनि एमबिबिएस दरबन्दीको चिकित्सक व्यवस्था गरे अस्पतालमा खर्च गर्ने ठुलै रकम बचत हुने जानकारी दिइयो । एमबिबिएस दरबन्दीका चिकित्सक व्यवस्था गर्न कारागार व्यवस्थापन विभागको पटक पटक ध्यानाकर्षण गराइ सकिएको छ ।