मेची राजमार्ग चुँडिएर आउँदो बर्खामा इलाम यातायात सम्पर्कबाट टुट्ने निश्चितझैं रहेकै बेला जिल्ला सदरमुकामको खानेपानीको अवस्था पनि उही छ। बर्खाको भेलबाढीले बगाएको खानेपानीको मर्मत चार महिनासम्म अन्योल रहँदा आउँदो बर्खामा इलाम खानेपानीबाटसमेत वञ्चित हुने निश्चितजस्तै छ।
सदरमुकामसमेत रहेको इलाम नगरपालिकाको इलाम बजारसहित यहाँका चार वडामा ल्याइएको पानी गत असोजको बर्खाले दर्जनौं ठाउँ क्षति गरेको छ। ४१ किलोमिटरमा रहेको मुहानदेखि उपभोक्ताको धारासम्म पानी आउने लाइनको दर्जनौं ठाउँ पहिरो गएको छ भने पाइप चुँडिएर, फुटेर क्षति भएको छ। कतिपय स्थानमा आयोजनाको पाइपलाइन नै भेटिने अवस्था छैन। बर्खा लाग्नेबित्तिकै पहिरोको जोखिम अझ बढी हुने भएकाले इलाम बजार खानपानीबाट पूर्ण रूपमा वञ्चित हुने देखिएको हो।
दुई वर्षअघि ५७ करोड ९५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आयोजनाबाट एक वर्षयता उपभोक्ताले पानी उपभोग गर्न पाएका थिए। तर, भेलबाढीले करिब तीन करोड रुपैयाँ क्षति गरेपछि यसको मर्मत कसले कहिले गर्ने भन्ने अन्योल छ। खानेपानी व्यवस्थापनको जिम्मा लिएको इलाम नगरपालिकाले खानेपानी मर्मत गर्न नसक्दा उपभोक्ताले आउँदो बर्खामा पिउने पानीको हाहाकार हुनुपर्ने अवस्था आउन लागेको छ।
मेयर केदार थापाले नगरले मर्मतका लागि लगानीको स्टिमेट संघीय सरकारको खानेपानी विभागमा प्रस्ताव पठाएको जानकारी दिए। ‘खानेपानी मर्मतमा ठूलो रकम खर्चिनुपर्ने अवस्था छ, नगरले यो खर्च गर्नसक्ने अवस्था छैन, संघीय सरकारबाट बजेट आएन भने इलामका उपभोक्तालाई खानेपानीको हाहाकार हुने सम्भावना छ,’ उनले भने, ‘नगरले सकेजति पहल गरिरहेको छ तर विभागले यसमा खास चासो नदेखाउनु दुःखद छ।’
अरूतिर स्रोत नभएकाले संघीय सरकारलाई नै गुहार्नुपर्ने अवस्था आएको मेयर थापा बताउँछन्। ‘ठूलो लगानीमा बनेको आयोजनाबाट इलामका लागि खानेपानी पुग्ने अवस्था थियो तर बाढीले क्षति गरेपछि सबैलाई चिन्तित बनाएको छ,’ उनले भने, ‘माथिबाटै बजेट आएन भने इलाम बजारसहित मुख्य बसोबास रहेको क्षेत्रमै पानीको हाहाकार हुनेछ।’
आयोजना निर्माणका लागि ५७ करोड ९५ लाख रुपैयाँमा ठेक्का लागेकामा ७० प्रतिशत रकम एसियाली विकास बैंक (एडिबी)ले बेहोरेको थियो। अनुमानित रकमको पाँच प्रतिशत उपभोक्ताबाट संकलन गरिएको थियो। २५ प्रतिशत रकम नगरले नगर विकास कोषबाट ऋण लिएको थियो। आयोजनाले २० वर्षसम्म इलामलाई खानेपानी पुग्ने अनुमान थियो।
आयोजनाका लागि चार इन्टेक, एक हजार तीन सय ९२ घनमिटरका नौ ट्यांकी र चार हजार एक सय निजी धारा निर्माण गरिएका थिए। अहिले अस्थायी व्यवस्था गरी खानेपानी प्रबन्ध गरिएको छ भने चौबीसै घन्टा आउने भनिएको पानी बिहान र बेलुका मात्र आइरहेको छ।
असोजको भेलबाढीले इलाम नगरकै राजदुवालीमा मेची राजमार्ग चुँडाएको थियो। अहिलेसम्म त्यसको पनि मर्मत हुन सकेको छैन भने भरपर्दाे विकल्प व्यवस्था गरिएको छैन। त्यसैले आउँदो बर्खामा सडक र खानेपानीबाटै वञ्चित हुनुपर्ने भय स्थानीयलाई छ।