साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान सुरु भएको छ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा सुनुवाई भइरहेको छ। अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले रविको बयान आजै सकिएमा थुनछेक बहस हुने जानकारी दिएका छन्।
उक्त सहकारीको रकम हिनामिना गरेको अभियोगमा लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता भएको थियो। व्यक्तिबाहेक छ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ।