जमुनाहबाट मात्रै दैनिक पाँच हजार बढी हिन्दु धर्मावलम्बीहरू महाकुम्भ प्रस्थान
१६ माघ २०८१
•
३ मिनेट पाठ
जमुनाहबाट मात्रै दैनिक पाँच हजार बढी हिन्दु धर्मावलम्बीहरू महाकुम्भ प्रस्थान
भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा सुरु भएको हिन्दु धर्मावलम्बीको महाकुम्भ मेलामा पश्चिम नेपालको प्रमुख नाका मानिने जमुनाहबाट दैनिक ठूलो संख्यामा तिर्थयात्रीहरु जाने गरेका छन् । पुस २९ गतेबाट सुरु भई फागुन १४ सम्म (महाशिवरात्रिका दिनसम्म) सञ्चालन हुने विश्वकै सबैभन्दा ठूलो मेलामा जमुनाह नाकाबाट मात्रै दैनिक पाँचदेखि सात हजार हिन्दु धर्मावलम्बीहरू कुम्भमेलाका लागि जाने गरेका हुन् ।




प्रयागराजमा तीन नदीहरू गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वतीको संगम रहेको मानिन्छ । यो त्रिवेणी संगममा स्नान गर्नाले पापको प्रायश्चित भई पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष हुने धार्मिक मान्यता छ । जसको धार्मिक विश्वासका कारण पश्चिम नेपालबाट पनि यस मेलामा हजारौँ हिन्दु धर्मावलम्बीहरू महाकुम्भमा पुगेका छन् । नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा भिडभाड बढेको छ ।

जमुनाहबाट तीन सय ८५ किलोमिटर दुरीमा रहेको प्रयागराजमा महाकुम्भ मेलाका लागि मात्र रुपैडियाबाट दैनिक १० भन्दा बढी यात्रुबहाक गाडी सञ्चालन हुन्छन् । ती सबै गाडीमा धर्मावलम्बीहरू भरिभराउ हुने रुपैडायास्थित रुपैडिया डिपो (बसपार्क) ले जनाएको छ । रुपैडियास्थित डिपोबाट दैनिक बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म गाडी सञ्चालन हुन्छन् । यहाँ पुग्न रुपैडियाबाट प्रतियात्रु चार सय ८६ रुपैयाँ गाडी भाडा लाग्छ । रुपैडियाबाट प्रयागराज पुग्न करिब आठदेखि नौ घण्टासम्म लाग्ने बताइएको छ । नेपालगन्ज र रुपैडियाबाट रिजर्भ गाडीहरू पनि उत्तिकै जान्छन् । रिजर्भ गाडीमा ओहोरदोहोर गरेको १२ देखि १४ हजारसम्म र जानेका लागि मात्रै १० देखि १२ हजार रुपैयाँसम्म यातायात व्यवसायीले लिने गरेका छन् । जसका लागि भारतीय गाडीहरू सीमा क्षेत्रमा लस्करै देखिन्छन् ।

कयौँ वर्षपछि लाग्ने यो मेला आफ्नो जीवनकालमा लागेकाले यस्तो महत्त्वपूर्ण अवसर सदुपयोग गर्न महाकुम्भ मेला जान थालेको रुपैडियामा भेटिएका दाङका जीवलाल आचार्यले बताए । ‘यो महाकुम्भ मेलामा नगए म बाचुन्जेल सहभागी हुन पाउँदैन,’ उनले भने, ‘महाकुम्भ मेला धर्म, संस्कृति र आत्मखोजको प्रतीक भएकाले पनि जाने खोजेका हौँ ।’ यस्तो उत्तम अवस्था १२ वटा कुम्भ पर्वपछि अर्थात् १४४ वर्षपछि आएको छ । त्यसैले पनि नेपाली हिन्दु धर्मावलम्बीहरू ठूलो संख्यामा महाकुम्भ मेलामा सहभागी हुन गइरहेका छन् । गाडीमा जाँदा भाडा सस्तो हुँदा पनि पश्चिम नेपालका धर्मावलम्बीहरू यहाँ पुग्न खोजिरहेका छन् ।

जमुनाह नाका हुँदै दैनिक पाँचदेखि सात हजारभन्दा बढी नेपाली हिन्दु धर्मावलम्बीहरू महाकुम्भमा जाने गरेका इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले जानकारी दिए । ‘दैनिक ठूलो संख्यामा नेपाली गइराख्नु भएको छ,’ उनले भने, ‘उहाँहरुको सुरक्षाका लागि सीमा क्षेत्रमा थप सुरक्षा व्यवस्था कडा पारिएको छ ।’

कुम्भमेलाको आरम्भको कथा समुद्र मन्थन गर्दा उत्पन्न अमृतको घडा (कुम्भ)का लागि देवता र दानवहरूबिच युद्ध भएको पौराणिक प्रसङ्गसँग जोडिएको बीबीसीले जनाएको छ । अमृत पिएर अमर हुन पाउने लोभमा देवासुर संग्राम हुँदा उक्त कुभ्मबाट केही थोपा प्रयागराज, हरिद्वार, उज्जैन र नासिक गरी चार स्थानमा खसेको किंवदन्ती छ । बीबीसीका अनुसार उक्त युद्ध १२ देव वर्षसम्म चलेको थियो र प्रत्येक देव वर्षको अवधि पृथ्वीमा १२ वर्षसम्म हुने गर्छ । कुम्भमेला चार सहरहरूमा प्रत्येक १२ वर्षमा मनाइने गरिन्छ । दुइटा कुम्भमेलाको बिचमा अर्धकुम्भमेला पनि आयोजना गरिन्छ ।

चारवटै सहरमा कुम्भमेलाको आयोजना गर्ने गरिएको भए पनि सबैभन्दा प्रयागराजमा आयोजित हुनेलाई महाकुम्भ मानिन्छ । त्यहाँ पुग्ने श्रद्धालु र पर्यटकहरूको संख्या प्रत्येक पटक बढ्दै गएको पाइन्छ । यसपालि करिब ४५ करोड भक्तजन यहाँ पुग्ने अनुमान गरिएको छ ।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
४ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस