सरकारले एक करोडभन्दा बढी बिगोमा सन्दिग्ध व्यक्तिलाई अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को आशंकामा तान्न थालेको छ। गत चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन भएपछि वित्तीय जोखिम देखिएकालाई अनुसन्धानमा तान्न थालिएको हो। कानुन संशोधन गरेपछि ३९ वटा कसुर गरेको देखिए सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न सक्ने भएको छ। यसअघि ३४ वटा कसुर मात्रै तानिन्थे। हुन्डी कारोबारलगायतलाई पनि यससँग जोडिएको छ।
आतंकवाद तथा संगठित अपराधमा हुने वित्तीय लगानीमाथि प्रहरीले अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ। साथै कुनै अपराध आशंकामा अनुसन्धानका क्रममा सम्पत्ति आर्जन गरेको भेटिए सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन सक्ने व्यवस्था छ। कुनै व्यक्तिका अस्वाभाविक सम्पत्ति भेटियो तर उसमाथि अरू कुनै अपराधमा संलग्न भएको आरोप छैन भने अपराधबाट रकम कमाएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्न सक्ने व्यवस्था छ।
पछिल्लो २०७८/७९ देखि २०८०/८१ सम्मको तथ्यांक हेर्दा सम्पत्ति शुद्धीकरणमा उजुरीको संख्या ह्वात्तै बढेको छ। तीन वर्षअघि जम्मा १३६ वटा उजुरी परेका थिए। आव २०७९/८० मा ७८२ र अघिल्लो वर्ष ७८९ वटा उजुरी विभागमा दर्ता भएका थिए। तीमध्ये तीन वर्षअघि तीन मुद्दामा, दुई वर्षअघि ११ वटा र गत वर्ष १२ वटा मुद्दामा ३९ जनालाई प्रतिवादी अदालतमा दर्ता गरिएको थियो। विभागमा धेरैजसो व्यक्तिगत रूपमा उजुरी दर्ता हुने गरेका छन्।
सम्पत्ति शुद्धीकरण विभागको तथ्यांक हेर्दा हालसम्म १०१ वटा मुद्दा दर्ता गरिएका छन्। अदालतमा दर्ता भएका मुद्दामा राजस्व चुहावट, विदेशी विनिमय, बैंकिङ कसुर, ठगी, मानव बेचबिखन, लागुऔषधको कारोबार, इन्साइडर ट्रेडिङलगायत कसुर छन्। ती मुद्दामा १४ अर्ब २७ करोड २७ लाख रूपैयाँ बिगो रकम दाबी गरिएको थियो। विशेष अदालत काठमाडौंमा दर्ता भएका ती मुद्दामा ९७ थान फैसला भइसकेका छन्। तीमध्ये ७९ थान मुद्दामा सम्पत्ति शुद्धीकरण गरेको मागदाबी ठहर भएको छ। १८ थान मुद्दामा सफाइ ठहरिएको छ। सफाइ भएका मुद्दामा पनि फेरि पुनरावेदनका लागि सर्वोच्चमा मुद्दा दर्ता हुने गरेका छन्।
विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझेर पुनरावेदन गरिएका मुद्दामध्ये सर्वोच्चबाट थप १२ थान मुद्दामा कसुर कायम भएको छ भने तीन थानले सफाइ पाएका छन्। विभागले दर्ता गरेकामध्ये विशेष अदालतबाट मुद्दा ८१ प्रतिशत र सर्वोच्चबाट ८० प्रतिशत मुद्दामा सफलता पाएको तथ्यांकले देखाउँछ। महान्यायाधिवक्ता रमेश बडालले कतै तोकेर नलेखिएको भए पनि करोडभन्दा बढी बिगो देखिए सम्पत्ति शुद्धीकरणसँग जोडेर अनुसन्धानको दायरामा ल्याउन थालिएको बताए। वित्तीय जोखिमको मात्रा बढी देखिए मात्रै अनुसन्धानको दायरामा ल्याइने उनले बताए। सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न अपराध गरेर रकम जम्मा पारेको हुनुपर्छ। ‘कसैको सम्पत्ति बढेको बढ्यै छ। कुनै पनि कसुर देखिएन भने अनुसन्धानको दायरामा जान्छ,’ उनले भने।
सम्पत्ति शुद्धीकरण निवारणका लागि प्रत्येक व्यक्तिको एकीकृत सम्पत्ति विवरण जरुरी रहेको बताए। ‘कुनै व्यक्तिको देशैभरिमा कहाँ कति सम्पत्ति छ? कतिवटा कम्पनी छन्? कति कारोबार भएको छ? कति कर तिरेको छ? सबै जानकारी एकै ठाउँ हुनु जरुरी छ।’ उनले राष्ट्रिय परिचय पत्रमा सर्वोच्चको फैसलासँगै एकीकृत सम्पत्ति विवरणलाई डाटा प्रणालीमा जोड्न बाटो खुला भएको बडालले बताए।
सम्पत्ति शुद्धीकरणको आम दृष्टिकोणमा सुधार गर्नुपर्ने उनको भनाइ छ। ‘प्रहरीलाई झोंक चलेपछि जथाभावी मुद्दा चलाइदिन्छन् भन्ने गलत हो,’ महान्यायाधिवक्ता बडालले भने। सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक सुमन दाहालले सम्पत्ति शुद्धीकरणका विषयको बुझाइमा निकै गाह्रो भएको बताए। ‘सम्पत्ति शुद्धीकरणसँग जोडिन कुनै न कुनै कसुर हुनैपर्छ। समाजमा सयौं कसुर हुन्छन्। सबै समेटिँदैनन्,’ उनले भने। राज्यलाई आघात पुग्ने ३९ प्रकारका कसुरमा मात्रै सम्पत्ति शुद्धीकरणलाई जोडेर अनुसन्धान हुने उनले बताए। विभागमा व्यक्तिगत रूपमा, राष्ट्र बैंकको वित्तीय जानकारी एकाइबाट, राष्ट्रिय अन्तर्राष्ट्रिय निकायबाट, विभागको आफ्नै स्रोतबाट पनि उजुरी पर्ने गरेका छन्। परेका उजुरीमाथि प्रारम्भिक जाँचबुझ गरिन्छ। प्रमाण पुगे मात्रै अनुसन्धान प्रक्रिया अगाडि बढाउँदै मुद्दा दर्ता गरिन्छ।
२०६४ सालमा सम्पत्ति शुद्धीकरण जारी भएको थियो। त्यसपछि कसुर हेर्न थालिएको हो। सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानीको आपराधिक सञ्जाल असीमित दायरामा फैलिएकाले यो काम निकै जटिल भएको विभागले उल्लेख गरेको छ। कसुरको अनुसन्धान र अभियोजनको काम आफैंमा जटिल भएकाले जानकार जनशक्तिको पनि कमी रहेको समस्या विभागले औंल्याएको छ।